News Portal

  • सूर्यविनायकमा पहिरोको जोखिम नियन्त्रणका लागि पूर्वमन्त्री बस्नेतको पहल

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १२ भदौ २०८०
    १०३९ पटक
    भक्तपुर, १२ भदौ २०८०

    संघीय सरकारका पूर्वमन्त्री एवं भक्तपुर-२ बाट निर्वाचित पूर्व  सांसद महेश बस्नेतले पहिरो नियन्त्रणमा पहल लिएका छन् । स्थानीय सरकार प्रमुख र प्रदेश सरकारको सरोकारवाला कार्यालय संग समन्वय गरि उनले पहिरो नियन्त्रणका लागि पहल गरेका हुन् ।

    पूर्व सांसद बस्नेतको आफ्नै गाउँ सूर्यविनायक-७ गुण्डुमा पहिरोको जोखिम बढेपछि त्यसको रोकथाम र नियन्त्रणमा बस्नेत लागिपरेका उनका स्वकीय सचिव दिनेश थापाले बताए । गुण्डुको मगरगाउँ र भिमसेन्स्थान मन्दिरको पहिरो रोक्ने ब्यवस्था मिलाउन उनी पहिरो निरीक्षण र समाधानका लागि नगरप्रमुख बासुदेव थापा, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय भक्तपुरका प्रमुख विनय मिश्र लगायतलाई लिएर पहिरो जोखिम क्षेत्रतर्फ गएका छन् । मंगलवार उनको नेतृत्वमा गएको टोलीले  सूर्यविनायक-१० चित्तपोलको दुलाल टोल र बस्नेत टोलमा गएको पहिरो पनि अवलोकन गरेको छ ।

    अवलोकनमा वडा नम्बर ७ का वडा अध्यक्ष रविन्द्र सापकोटा र १० का शिवराम राउत, वडा सदस्यहरु र सम्बन्धित वडाका प्रबिधिकहरु समेत सहभागी रहेका थिए । स्थलगत निरीक्षण पछि सो क्षेत्रमा थप क्षति हुन नदिन तत्काल अति आवश्यक ठाउँहरुको पहिचान गरी काम थाल्न पूर्व सांसद बस्नेतले आग्रह गरे । नगरपालिका र जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय भक्तपुरबाट तत्काल बजेट निकासा गरी काम सुचारु गर्ने प्रतिवद्धता प्राप्त भएको पूर्व मन्त्री बस्नेतका स्वकीय सचिव थापाले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...