News Portal

  • काभ्रे सिडिओमा शर्मा

    राजेशमान मानन्धर / भक्तपुरपोस्ट भक्तपुर, १३ भदौ २०८०
    १२९४ पटक
    CDO rudradevi sharmaभक्तपुर, १३ भदौ २०८०

    गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मा काभ्रेपलान्चोक जिल्लाको सिडिओमा सरुवा भएकी छन् । मन्त्रालयले उनलाई मंगलबार काभ्रे पठाउने निर्णय गरेको हो ।

    शर्मा मन्त्रालय जानु अघि भक्तपुर र गुल्मी लगायतका जिल्लामा सिडिओ रही आफ्नो कार्यकाल बिबादरहित सम्पन्न गरेकी थिइन् । बाग्लुङ घर भएकी शर्मा गृह प्रशासनमा काविल प्रशासक हुन् ।  काभ्रेमा उनको सरुवा भए संगै काभ्रेले दोश्रो महिला सिडिओ प्राप्त गरेको छ । हाल सुनसरी सिडिओ रहेकी हुमकला पाण्डेले काभ्रेमा पहिलो महिला सिडिओको जिम्मेवारी पाएकी थिइन् ।

    शर्मालाई काभ्रे सरुवा गरेको मन्त्रालयले त्यहाँका सिडिओलाई धनकुटा र धनकुटाको सिडिओलाई मन्त्रालय सरुवा गरेको मन्त्रालय श्रोतले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...