News Portal

  • अख्तियारको कर्मचारी भएको भन्दै धम्क्याएको आरोपमा दुई जना पक्राउ

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, १९ भदौ २०८०
    ४५३ पटक
    भक्तपुर, १९ भदौ २०८०

    अख्तियारको कर्मचारी भएको भन्दै व्यापारीहरुलाई धम्क्याएको आरोपमा प्रहरीले जनकपुरमा दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा हंसपुर नगरपालिका ३ घर भै जनकपुरधाम उपमहानगरपालिका–७ बस्ने अनिल सिंह र राहुल सिंह रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रहेका डीएसपी बेदप्रसाद गौतमले सिंहद्वयलाई पक्राउ गरिएको जानकारी दिएका हुन् ।

    प्रहरॆअक अनुसार उनीहरुले रकम असुल गर्ने उद्देश्यले व्यापारीलाई धम्क्याएको पाइएको छ । ‘हामी अख्तियारको कर्मचारी हौं, पसलका कागजातहरू देखाउनुस्, पसलको खानतलासी गर्छौ, तपाईको पसल सिल गर्छौं’ भन्दै धाक धम्की दिई नगद रुपैयाँ असुल गर्ने तथा ठगी गर्ने गरेको पाइयो,’ डिएसपी गौतमले भने ।

    उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भैरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...