News Portal

  • श्री पद्म माविमा शनिवार नि:शुल्क स्वास्थ्य शिविर

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २२ भदौ २०८०
    ४४७ पटक
    भक्तपुर, २२ भदौ २०८०

    भक्तपुरको दरवार क्षेत्रमा रहेको श्री पद्म माध्यमिक विद्यालयमा नि:शुल्क स्वास्थ्य जाँच गरिने भएको छ । शनिवार विद्यालयको स्वास्थ्य इकाई समितिले सबैका लागि नि:शुल्क स्वास्थ्य जाँच कार्यक्रम आयोजना गरेको हो ।

    विद्यालयका प्राचार्य राम हाडाले धुलिखेल अस्पतालको प्राविधिक सहयोगमा शनिवार स्वास्थ्य शिविर संचालन गरिने बताएका हुन् । शनिवार बिहान ९ बजेदेखि शुरु हुने शिविर बेलुकी ४ बजेसम्म संचालन हुने उनको भनाइ छ । उक्त अवसरमा मुटु रोग, स्त्रीरोग, हाडजोर्नीको साथै सामान्य चिकित्साका परीक्षण समेत गरिने प्राचार्य हाडाले जानकारी गराए ।

    विद्यालयका प्राचार्य हाडाले शिविरमा सहभागी भई स्वास्थ्य परीक्षण गराउन समेत सबै विद्याथी, शिक्षक, अभिभावकका साथै आम जनसमुदायलाई अपिल गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...