News Portal

  • भक्तपुरमा पनि मनाइयो निजामती सेवा दिवस, सबैको अपनत्व हुनेगरी ऐन आउनुपर्नेमा जोड

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, २२ भदौ २०८०
    ७२१ पटक
    भक्तपुर, २२ भदौ २०८०

    भक्तपुर जिल्लामा पनि २० औँ निजामती सेवा दिवस उत्साहका साथ् मनाइएको छ । ‘व्यवसायीक र सृजनशील प्रशासन : विकास, सम्वृद्धि र सुशासन’ भन्ने नाराका साथ् देशभर मनाइएको निजामती सेवा दिवस भक्तपुरमा पनि उत्साहका साथ् मनाइएको हो ।

    प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले शुक्रबार बिहान कार्यालय परिसरमा सरसफाई र वृक्षारोपण गरी शुरु गरिएको निजामती सेवा दिवस अन्तरक्रिया र पुरस्कार वितरण लगायतका विभिन्न कार्यक्रम गरी सम्पन्न गरिएको थियो ।

    शुक्रवार जिल्ला प्रशासन कार्यालयमा आयोजित जिल्ला समारोहमा जिल्लास्थित कार्यालयका प्रमुख एवं प्रतिनिधि त्यसैगरी कर्मचारीका बिभिन्न संघसंगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

    उक्त अवसरमा सहभागीहरुले निजामती सेवा ऐनको मस्यौदा पढ्न समेत नपाउनु अन्यायपूर्ण भएको बताएका थिए । मस्यौदा बन्द कोठामा तयार हुने र सरोकारवालाहरूलाई नै बेखबर बनाइ ऐन ल्याउदा अपनत्व नहुने उनीहरुको गुनासो रहेको छ । उनीहरुले निजामती सेवालाई थप प्रभावकारी बनाउन प्रशासनिक नेतृत्व सक्षम हुनुपर्ने र राज्यले निजामती कर्मचारीलाई अपनत्व जागृत गराउन सक्नुपर्नेमा जोड दिए ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले कुनैपनि सरकार वा व्यवस्थाका लागि कर्मचारी तन्त्र अपरिहार्य भएको भन्दै सरकार वा व्यवस्थाको सफलता वा असफलता कर्मचारीमा निर्भर रहने उल्लेख गरे । वर्तमान व्यवस्था रक्षाको लागि कर्मचारी वर्गले जनमुखी सेवा प्रवाह गर्न उनले सुझाव समेत दिए । भक्तपुरमा पछिल्लो समय सुशासनको प्रत्याभूति हुँदै गएको उनको भनाइ छ ।

    कार्यक्रमलाई सम्बोधन गर्दै भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले कर्मचारीतन्त्रको बिकल्प सुधारिएको कर्मचारीतन्त्र नै भएको भन्दै कर्मचारी बिनाको राज्य कल्पना गर्न नसकिने बताए । कर्मचारी तन्त्र राज्यको हात खुट्टा मात्र नभई मष्तिस्क समेत भएको उनको भनाइ छ । उनले राज्यमा सुशासन, बिकाश र सम्बृद्धिका लागि कर्मचारीहरुले नि:स्वार्थ सेवा गर्नुपर्नेमा जोड दिंदै भक्तपुरका कर्मचारीलाई आदर्शको पर्याय भएर जनताको सेवा गर्न निर्देशन समेत दिएका छन् । काममा आलटाल गर्ने, अनियमितता गर्ने, भ्रष्टाचार गर्ने आरोप कर्मचारी वर्गले झेल्नुपरेको बताउदै प्रजिअ रिजालले भक्तपुरले त्यस्ता खाले आरोपलाई खारेज गर्नेगरी जनताको चाहना बमोजिम सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।

    उनले सरकारले ल्याउन लागेको निजामती सेवा ऐन सचिव देखि कार्यालय सहयोगी सम्मलाई अपनत्व हुनेगरी सबै कर्मचारीको साझा हितमा रहने बिश्वास समेत व्यक्त गरे । प्रजिअ रिजालले निजामती सेवा दिवस मनाउँदा सेवा प्रवाहमा अवरोध हुनसक्ने भएकाले यो दिन सरकारी बिदा हुनुपर्ने समेत बताएका छन् ।

    साथै, निजामती सेवा दिवस, २०८० काे अवसरमा जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा बिमल कुमार काफ्ले लाई आ.व.०७९/८० काे उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत समेत गरिएको कार्यालयकी प्रशासकीय अधिकृत उर्मिला खतिवडाले जानकारी गराएकी छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...