News Portal

  • भक्तपुर प्रहरी प्रमुख केसीको कार्यकाल : फैसला कार्यान्वयनमा रेकर्ड ब्रेक

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, २६ भदौ २०८०
    २५३६ पटक
    भक्तपुर, २६ भदौ २०८०

    जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख रहेका एसपी प्रजित केसीको कार्यकालमा अदालतको फैसला कार्यान्वयनले रेकर्ड ब्रेक गरेको छ । एसपी केसीको कार्यकालमा १ सय ९९ फरार अपराधीलाई भक्तपुर प्रहरीले पक्राउ गरी अघिल्लो रेकर्ड ब्रेक गरेको हो ।

    सोमबार बिदाई कार्यक्रममा पत्रकारसंग कुराकानी गर्दै उनले फैसला कार्यान्वयनमा सर्वाधिक उपलब्धि हासिल भएको जानकारी गराएका हुन् । अघिल्लो नेतृत्वमा फैसला कार्यान्वयनको अवस्था २८ रहेकोमा ५३४ प्रतिसत वृद्धि गर्न सफल भएको उनले प्रष्ट पारे । अदालतबाट सजाय भएपनि अपराधी फरार हुँदा न्यायको अनूभूति नहुने र अपराधीको मनोबल बढ्ने हुँदा अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन फैसला कार्यान्वयनका लागि विशेष टास्क फोर्स बनाई काम गरिएको र सफलता प्राप्त भएको उनको भनाइ छ ।

    त्यसैगरी उनले संवेदनशील क्षेत्रमा १ सय १८ वटा सीसीटीभी थप गरिएको जानकारी गराए । प्रहरी आफैले प्रत्यक्ष मनिटरिङ्ग गर्नेगरी ती सीसीटीभी थप गरिएको उनले जानकारी गराएका हुन् । त्यसका अलावा पनि दर्जनौ सीसीटीभी नगरपालिका र बैंकहरुसंग सहकार्य गरी जडान गरिएका उनले जनाएका छन् । जिल्लामा जंगल क्षेत्र बढी हुँदा अपराधीलाई भाग्न सजिलो हुने देखिएपछि स्मार्ट पुलिसिङ्लाई प्रभावकारी बनाइएको उनले बताए । चोरी, सिक्री लुटेरा र नक्कली डलर देखाइ ठगी लगायतका अपराध नियन्त्रणमा उल्लेख्य प्रगति गरिएको परिसर प्रमुख केसीले जिकिर गरेका छन् ।

    भक्तपुरको बिस्का: जात्रामा हुने झडप र क्षती नियन्त्रण गर्न समेत एसपी केसीको कार्यकाल सफल देखिएको छ । त्यसका लागि आफ्नो टोलीले बिस्का लाई शान्तिपूर्ण सम्पन्न गर्न ३ महिना अघि देखि काम गरेको उनले खुलासा गरेका छन् । ‘प्रहरीले खोज्न थालेपछि अघिल्लो बिस्कामा ढुंगा हान्नेहरु भागेर पोखरा पुगेका थिए ।” उनले खुलासा गरे ।

    एसपी केसीको कार्यकालमा निर्वाचन समेत परेको थियो । निर्वाचन क्षेत्र नम्बर २ लाई त्यतिबेलाा निकै संवेदनशील मानिएको थियो । तर, निर्वाचनलाई शान्तिपूर्ण सम्पन्न गर्न प्रहरी सफल भएको थियो । उनको कार्यकालमा बिट थप गर्ने, प्रभागहरुको जग्गा प्राप्ती र भवन निर्माणका काम मात्र भएनन्, तल्लो दर्जाका प्रहरीका साना साना खुशीमा समेत एसपी केसी जोडिएर हौसला प्रदान गर्ने परिपाटी प्रारम्भ गरेका छन् ।

    राजनीतिक नेतृत्वको चाकरी नगर्ने स्वभावका केसीको १३ महिना ९ दिनको कार्यकाल अत्यतिर आइपुग्दा भने बिबादरहित बन्न सकेन । भदौ ४ गते सानोठिमीको बाल सुधार गृह ब्रेक गरी त्यहाँस्थित बालबिज्याइकर्ताले बिद्रोह गरेको घटनाले देशमै सनसनी मच्चीयो । यद्यपी, उनीहरुलाई सुधार गृहमा फर्काउन भने प्रहरी सफल रहेकाले फेस सेभको अवस्था रह्यो । मानव अधिकार र बाल अधिकार संग जोडिएको उक्त घटनामा बिना हतियार तैनाथ प्रहरीको कमजोरी नरहेको एसपी केसीले जिकिर गरेका छन् । छानबिन समितिले पनि सो घटनामा सुधार गृह प्रशासनको जिम्मा पाएको युसेप नेपालको कमजोरी रहेको उल्लेख गरेको छ । आफ्नो कार्यकालमा जिल्लाको शान्ति सुरक्षाको स्थिति संतोषजनक रहेको, होटल ब्यवसायलाई रातिको समयमा अनावश्यक दुख नदिइएको, प्रहरी संग स्थानीय डराउने गरि प्रस्तुत नरहेको र मानव अधिकार हननका कुनै पनि घटना नभएको एसपी केसीले जनाएका छन् ।

    सोमबार नै भक्तपुरको नयाँ प्रहरी प्रमुखमा एसपी बेद बिष्टले पदभार ग्रहण गरेका छन् । पत्रकारसंग कुराकानी गर्दै एसपी बिष्टले भक्तपुरको शान्ति सुरक्षा र अपराध नियन्त्रणमा सबैसंग मिलेर अघि बढ्ने उल्लेख गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    ताथलीस्थित महायज्ञमा मेयरको उद्घोष : २०८२ साललाई धार्मिक पर्यटन वर्ष मनाइने

    चाँगु नारायण नगरपालिकाका मेयर जीवन खत्रीले आगामी २०८२ साललाई धार्मिक पर्यटन बर्ष मनाउने तयारी गरिएको...

    मध्यपुर थिमिमा सिंहावलोकनको नयाँ शुरुवात

    madhyapur thimi municipality thimi

    मध्यपुर थिमि नगरपालिकाले वार्षिक प्रगतीको समीक्षा गर्ने प्रचलन शुरु गरेको छ । नगरपालिकाले चागु आवको...

    ताथलीमा महायज्ञको उद्घाटन : सांसद थापाले गरे आयोजक बालयोगेश्वर विजयमूर्तिको प्रशंसा

    भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले राज्यले गर्नुपर्ने काम बालयोगेश्वर विजयमूर्ति...

    बेहुली झैं बन्यो ताथली : भक्तजन संगै तानिए टिकटकर

    भक्तपुरको चाँगुनारायण ९ ताथलीमा बिहीबारबाट सुरु हुने श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञको तयारी सम्पन्न...

    Municipality welcomes the first group to enter Bhaktapur city

    bhaktapur welcomes

    On the occasion of World Tourism Day, the first group to enter Bhaktapur has been...