News Portal

  • नगर प्रमुखको नेतृत्वमा भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन गरिनुपर्ने

    निशा कुस्माभक्तपुर, २७ भदौ २०८०
    ६४० पटक
    भक्तपुर, २७ भदौ २०८०

    भक्तपुर क्यान्सर अस्पतालको व्यवस्थापन समिति नगर प्रमुखको नेतृत्वमा हुनुपर्ने भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले सुझाव दिएका छन् । भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश परिमार्जन गर्ने विषयमा स्वास्थ्य तथा आयोजिक बैठकमा उपस्थिति जनाउदैं मेयर प्रजापतिले उक्त सुझाव दिएका हुन् ।

    कार्यक्रममा प्रमुख प्रजापतिले सरकारी अस्पतालको रुपमा रहेको भक्तपुर क्यान्सर अस्पताल लाई नेपाल अर्वुद रोग निवारण संस्थाले आफ्नो निजीझै संचालन गरी व्यापक अनियमितता गरेको कारण नगरपालिकाले त्यसको संरक्षण गर्नुपर्ने अवस्था आएको बिगत स्मरण गर्दै नगरपालिका प्रमुखलाई अस्पताल बिकासको नेतृत्व दिनुपर्ने बताए । आफूहरुको सदिक्षाबाट नै नेपाल सरकारले गठन आदेश मार्फत अस्पताललाई सरकारको स्वामित्वमा ल्याएकोले अस्पताल विकास समिति नगर प्रमुखको अध्यक्षतामा गठन भए जनतालाई प्रभावकारी सेवा पुर्याउने प्रतिवद्धता पनि उनले प्रकट गरे ।

    नगरपालिकाले नेतृत्व नपाएपनि नेपाल सरकारको सम्पत्ति गैर सरकारी संस्था(एनजिओ)को बनाउन नदिने तथा अस्पताललाई हानीनोक्सानी पुर्याउने र जनतालाई सेवा नदिने कार्य स्वीकार्य नहुने उनको भनाइ छ ।

    ”भक्तपुर क्यान्सर अस्पतालमा विगतमा भएको आर्थिक अनियमिता र भ्रष्टाचार रोक्न भक्तपुर नगरपालिकाले पटक पटक प्रयास गरेको छ र अहिले पनि आर्थिक अनियमितता गर्ने छुट दिईने छैन ।” उनले भने ।

    तत्कालीन भक्तपुर नगरपालिकाले भक्तपुर क्यान्सर अस्पतालको भौतिक पूर्वाधार निर्माणमा ५ रोपनी ४ आना जग्गा उपलब्ध गराएको स्मरण गर्दै त्यस पछि पनि नगरपालिकाले थुप्रै आर्थिक सहयोग गर्दै आइरहेका नगर प्रमुख प्रजापतिले प्रष्ट पारे ।

    उहाँले नेपाल सरकारलाई मुद्धा हाल्ने नेपालअर्वुद रोग निवारण संस्थाले विनाशर्त मुद्धा फिर्ता लिई अस्पताल विकासमा सहयोग गर्नुपर्ने विचार व्यक्त गरेका थिए ।

    उक्त अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले भक्तपुरलाई स्वास्थ्य क्षेत्रको उत्कृष्ट गन्तव्यस्थलको रुपमा विकास गर्ने सरकारको उद्देश्य रहेको बताएका छन् । भक्तपुर क्यान्सर अस्पतालको व्यवस्थापन तथा सेवा वृद्धि गर्ने विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको उनको भनाइ छ ।

    भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश परिमार्जन गर्दा सुझावहरुलाई ध्यान दिइने र व्यवस्थापन र सेवालाई सुद्रिढ गरिने उनले जिकिर गरेका छन् ।

    कार्यक्रममा नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठ, भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष एवम् अस्पताल विकास समितिका सदस्य रबिन्द्र ज्याख्व स्वास्थ्य तथा जनसंख्यामन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव दिपेन्द्र रमण सिंह, र विकास देवकोटा, नीति योजना तथा अनुगमन महाशाखाका कृष्ण पौडेल, नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रीय महासचिव विमलहोडा, संस्थाका बद्री बस्नेत, भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देश्क विष्णुदत्त पौडेल, भक्तपुर क्यान्सर अस्पतालका डा. उज्ज्वल चालिसे लगायतले भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन तथा चुनौतीहरुबारे आ आफ्नो धारणा राखेका थिए ।

    नेपाल अर्बुद रोग निवारण संस्था नामक गैरसरकारी संस्थाले सञ्चालन गर्दै आएको भक्तपुर क्यान्सर अस्पतालमा अनियामितता र भ्रष्टाचार भएको भन्दै भक्तपुर नगरपालिकाले २०७७ सालमा हस्तक्षेप गरेपछि व्यवस्थापन बिबाद बढेको थियो । तत्कालिन मन्त्रिपरिषदले भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश २०७७ स्वीकृत गरी स्वास्थ्य सेवा विभागका महानिर्देशकको नेतृत्वमा ११ सदस्यीय अस्पताल विकास समितिलाई व्यवस्थापनको जिम्मा दिएर बिबाद साम्य पारेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...