News Portal

  • भक्तपुरको नापतौल डोरमा ६ सय ६४ व्यवसायी लाभान्वित

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २७ भदौ २०८०
    ४११ पटक
    भक्तपुर, २७ भदौ २०८०

    भक्तपुर उद्योग वाणिज्य संघ अन्तर्गत प्रशासन, प्रचार प्रसार तथा अनुगमन समितिको पहलमा जिल्लामा सञ्चालन गरिएको नापतौल कार्यक्रमबाट ६ सय ६४ जना व्यवसायीहरुले सेवा प्राप्त गरेका छन् ।

    जिल्लाका उद्योगी, व्यवसायी तथा व्यापारीहरुले प्रयोग गर्दै आएको नापतौलका सामग्रीहरुको नयाँ दर्ता तथा नवीकरणका लागि गुणस्तर तथा नापतौल कार्यालय, बालाजुबाट खटिएको कर्मचारीहरुको टोलीले भक्तपुर जिल्लाका ६ स्थानमा कार्यालय राखेर नापतौल डोर कार्यक्रम सञ्चालन गरेको हुन ।

    भक्तपुर नगरपालिकाको टौमढी स्थित बुल्चापार्टीमा कार्यालय राखेर गत बिहीबारदेखि नापतौल डोर कार्यक्रम सुरु गरिएको थियो । पहिलो दिन डोर कार्यक्रममा १ सय ५ जना व्यापारी तथा व्यवसायीहरुले आ–आफ्ना नापतौलका सामग्रीहरु दर्ता तथा नवीकरण गरेको संघका सचिव एवं संघ अन्तर्गत प्रकाशन, प्रचारप्रसार तथा बजार अनुगमन समितिका संयोजक विश्वराम दुवालले बताए । सचिव दुवालका अनुसार दोस्रो दिन कमलविनायक चोकमा कार्यालय राखेर सञ्चालन गरिएको नापतौल डोर कार्यक्रममा १ सय १८, तेस्रो दिन सूर्यविनायक स्थित शुभकामना पार्टी प्यालेसबाट १ सय ९०, चौथौं दिन नयाँठिमीस्थित शंखधर पार्टी प्यालेसबाट ८० जना व्यवसायी तथा व्यापारीले सेवा लिएका थिए । यसैगरी, पाँचौं दिन पुरानो ठिमीस्थित मध्यपुर बैंक्वेटमा कार्यालय राखेर सञ्चालन गरिएको नापतौल डोर कार्यक्रममा ८५ र छैटौं दिन कौशलटारचोकबाट ८६ जना व्यवसायी तथा व्यापारीले नापतौलका सामग्रीहरुको दर्ता तथा नवीकरण गराएको उनले जानकारी दिए ।

    यसैबीच, संघले एक कार्यक्रमको आयोजना गरी नापतौल डोर कार्यक्रममा सहभागी गुणस्तर तथा नापतौल कार्यालय, बालाजुका कर्मचारीहरुलाई धन्यवाद ज्ञापनसहित सम्मान गरेको छ । संघका अध्यक्ष शिवप्रसाद मानन्धरले कर्मचारीहरुलाई खादा ओढाएर सम्मान गरेका हुन् । कार्यक्रममा अध्यक्ष मानन्धरले डोर कार्यक्रमबाट जिल्लाका व्यापारी, व्यवसायीहरु आफ्नै घरआँगनमा नापतौलका सामग्रीहरुको दर्ता तथा नवीकरण गराई लाभान्वित भएको बताए । डोर कार्यक्रमले जिल्लाका व्यापारी तथा व्यवसायीहरुलाई लाभसँगै देशको राजश्व संकलनमा समेत टेवा पुगेको उनको भनाइ छ ।

    संघकी वरिष्ठ उपाध्यक्ष रोशनीमैयाँ धौबञ्जाले नापतौलका सामग्रीहरु व्यापारी तथा व्यवसायीहरुको लागि महत्वपूर्ण सामग्री रहेको जनाउँदै आफ्नै जिल्लामा नापतौलका सामग्रीहरुको दर्ता तथा नवीकरण गराउन पाउँदा अत्यन्तै खुशी लागेको बताइन् । गुणस्तर तथा नापतौल कार्यालय, बालाजुबाट जिल्लामै डोर टोली खटाउँदा उद्योगी, व्यवसायी तथा व्यापारीहरु समय खर्चेर दर्ता तथा नवीकरणका लागि बालाजु पुग्नुपर्ने झन्झटबाट मुक्त भएको उनको भनाइ छ । उनले नापतौल डोर कार्यक्रममा सहभागी गुणस्तर तथा नापतौल कार्यालयका कर्मचारीहरुको टोली, कार्यक्रम बारे प्रचारप्रसार गरी सहयोग गर्ने जिल्लाका भक्तपुर नगरपालिका, मध्यपुर थिमी नगरपालिका, सूर्यविनायक नगरपालिका र चाँगुनारायण नगरपालिकाका साथै नापतौल डोर कार्यालय राख्न स्थान एवं भौतिक सामग्री उपलब्ध गराउने सम्पूर्ण संघ संस्थालाई धन्यवाद दिइन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...