News Portal

  • नेशनल प्याब्सन भक्तपुरको नेतृत्वमा पुन: संजय खड्का, यस्तो बन्यो जिल्ला कार्यसमिति

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, ३० भदौ २०८०
    ८८८ पटक
    sanjay khadkaभक्तपुर, ३० भदौ २०८०

    राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (नेशनल प्याब्सन) भक्तपुरको अध्यक्षमा पुन: संजय खड्का निर्वाचित भएका छन् । शनिवार सम्पन्न छैठौं जिल्ला अधिवेशनबाट मदरल्याण्ड स्कूलका संचालक/प्रिन्सिपल संजय खड्काको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित भएको हो ।

    अधिवेशनले वरिष्ठ उपाध्यक्षमा शिव कृष्ण कवां र उपाध्यक्ष राम प्रसाद खाताखाेलाई निर्वाचित गरेको छ भने सचिवमा कुमार थापा मगर र सहसचिवमा दिनेश शाक्य निर्वाचित भएका छन् । त्यसैगरी कोषाध्यक्षमा बिक्रम थापा र सह-कोषाध्यक्ष- रत्नबहादुर राई निर्वाचित भएका बताइएको छ ।

    कार्यसमिति सदस्यहरुमा भने रमेश प्रसाद सिटौला, प्रतिमा माक, सुमन शिल्पकार, शर्मिला खड्का, कमल सुवाल र अशोक श्रेष्ठ रहेका छन् । अधिवेशनको बन्द सत्रबाट कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

    शनिवार बिहान नगरकोट स्थित हिमालयन ग्लासियरमा नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमालले जिल्ला अधिवेशन उद्घाटन गरेका थिए । उद्घाटन सत्रलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष हमालले नेशनल प्याब्सनले विद्यालय संचालकका समस्याहरु समाधान गर्न र देशमा शिक्षाको जग बलियो बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको जिकिर गरेका थिए । उनले भक्तपुर जिल्ला शाखामा सबै एकताबद्ध रहेको प्रति सन्तोष व्यक्त गर्दै एकतामा नै बल हुने बताए । सदस्यहरुको समस्या र शिक्षाको समस्या सामाधान गर्न जिल्लालाई केन्द्रले सहयोग गर्ने बताउदै उनले केन्द्र पनि आफ्ना शाखा र सदस्यहरुको सक्रियताले नै सक्षम र जीवन्त बन्ने बिचार व्यक्त गरेका थिए ।

    उद्घाटन सत्रमा नेशनल प्याब्सनका केन्द्रीय उपाध्यक्षहरु शम्भु अधिकारी र डम्बर कार्की त्यसैगरी सचिव, कोषाध्यक्षका साथै बागमती प्रदेश अध्यक्ष नारायण खड्का, काठमाडौं जिल्ला अध्यक्ष र ललितपुरका उपाध्यक्षले समेत मन्तब्य राखेका थिए ।  कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव संजीप घिमिरे शुभचिन्तकको पनि आतिथ्यता रहेको थियो ।

    उक्त अवसरमा भक्तपुरका सास्कृतिक सम्पदा संरक्षण विद रविन्द्र पुरीलाई विशेष सम्मान समेत गरिएको थियो भने सदस्य विद्यालयहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

    राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपालको सदस्यता नवीकरण गरेका पैतिस विद्यालयका प्रतिनिधिहरु अधिवेशनको बन्द सत्रमा सहभागी रहेका थिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...