News Portal

  • गणेशमान बाटिका भक्तपुरबासीका लागि गौरव र भाग्यको विषय भएको राष्ट्रपतिको भनाइ

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, २ ासोज २०८०
    ३७८ पटक
    भक्तपुर, २ ासोज २०८०

    भक्तपुरको सूर्यविनायक नगरपालिका-५ कटुन्जेस्थित १ सय ७५ रोपनी क्षेत्रफलमा फैलिएको गणेशमान सिंह स्मृती बाटिकामा लौह पुरुष गणेशमान सिंहको पूर्ण कदको प्रतिमा स्थापना गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलवार पूर्ण कदको प्रतिमा अनावरण गरेका हुन् । गणेशमानको प्रतिमा १२ फिट अग्लो रहेको छ । १ हजार २ सय किलो ढलोटले निर्माण गरिएको प्रतिमा आकर्षक देखिन्छ ।

    प्रतिमा अनावरणपछि आयोजित सभालाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गणेशमानको नाममा वाटिका बन्नु भक्तपुरबासीका लागि गौरव र भाग्यको विषय भएको बताए । उनले उपत्यकाबासीका लागि स्वच्छ वातावरणमा रम्ने उपयुक्त स्थलको रुपमा रहेको यो बाटिका गणेशमानको नाममा बिकसित भएकोमा सन्तोष व्यक्त गर्दै यसलाई आन्तरिक पर्यटनको एउटा गन्तव्य बनाउन सकिने विश्वास व्यक्त गरे । गणेशमान समकालीन राजनीतिमा मात्र नभई हालसम्मकै नेताहरु मध्ये सर्वमान्य नेताको रुपमा सबैले स्वीकार गरेका बताउँदै राष्ट्रपति पौडेलेले गणेशमान बाटिका बनाएको प्रति चित्त नदुखाउन सुझाव समेत दिए ।

    ‘गणेशमान सिंहलाई म सर्वमान्य नेताको रूपमा मान्छु । वामपन्थी र कांग्रेस सबैले मानेको नेता उहाँ नै हो,” राष्ट्रपति पौडेलेले प्रष्ट पारे । प्रजातन्त्रका लागि कुनै सम्झौता नगरेका सिंहले राजाले प्रधानमन्त्री पदको लोभ दिंदा पनि दुत्कारेका स्मरण गर्दै उनले राष्ट्र निर्माणका लागि आवश्यक समर्पण, आदर्श, त्याग र निष्ठा नेता गणेशमान बाट सबैले सिक्नुपर्नेमा जोड समेत दिए ।

    कार्यक्रममा अर्थमन्त्री डा. रामशरण महतले वाटिकाको गुरुयोजना अनुसारको कार्य गर्न सरकारले आवश्यक बजेट उपलब्ध गराउने विश्वास दिलाए । त्यस्तैगरी नेपाली कांग्रेसका नेता, गणेशमान सिंहका छोरा एवं गणेशमान फाउण्डेसनका संरक्षक प्रकाशमान सिंहले कटुञ्जेमा गणेशमानको नाममा वाटिका निर्माण तथा पूर्ण कदको प्रतिमा राख्न स्व. रामेश्वर प्रसाद ढुंगेल लगायतको योगदानको स्मरण गरे ।

    भक्तपुर क्षेत्र नं. २ का सांसद एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले देश र जनताको लागि जीवन बलिदान गर्ने नेताको स्मरणमा निर्माण गरिएको वाटिका भक्तपुरको गौरब र सबैको सम्पत्ति भएको भन्दै संरचनाको गुरु योजना अनुसारको निर्माण कार्यमा तीनै तहका सरकारले सहयोग गर्नुपर्ने आवश्यकता औल्याउदै यसका लागि आफूले समन्वय गर्ने बताए ।

    सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले गणेशमान सिंहलाई राजनेताको रुपमा स्मरण गर्दै राजनीतिमा सबैलाई मिलाएर नेतृत्व गर्न सक्ने खुवी गणेशमानमा रहेको स्मरण गरेका थिए ।

    गणेशमान सिंह वाटिका एवम् प्रतिमा निर्माण, संरक्षण समितिका अध्यक्ष माथवरसिंह बस्नेतले शिलान्यासको लामो समयपछि प्रतिमा निर्माण सम्पन्न गरी राष्ट्रपति बाट अनावरण गर्न पाउदा सन्तोष व्यक्त गरे ।

    कार्यक्रममा राष्ट्रपति पौडेलले समितिले प्रकाशन गरेको स्मारिका विमोचन गर्नुका साथै वाटिकाका परिकल्पनाकार एवम् समितिका संस्थापक अध्यक्ष संविधान सभा सदस्य स्व. रामेश्वर प्रसाद ढुंगेललाई मरणोपरान्त र गणेशमानको प्रतिमा निर्माण गर्ने मुर्तीकार महेश तुलाधारलाई सम्मान पत्र प्रदान गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    ताथलीस्थित महायज्ञमा मेयरको उद्घोष : २०८२ साललाई धार्मिक पर्यटन वर्ष मनाइने

    चाँगु नारायण नगरपालिकाका मेयर जीवन खत्रीले आगामी २०८२ साललाई धार्मिक पर्यटन बर्ष मनाउने तयारी गरिएको...

    मध्यपुर थिमिमा सिंहावलोकनको नयाँ शुरुवात

    madhyapur thimi municipality thimi

    मध्यपुर थिमि नगरपालिकाले वार्षिक प्रगतीको समीक्षा गर्ने प्रचलन शुरु गरेको छ । नगरपालिकाले चागु आवको...

    ताथलीमा महायज्ञको उद्घाटन : सांसद थापाले गरे आयोजक बालयोगेश्वर विजयमूर्तिको प्रशंसा

    भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले राज्यले गर्नुपर्ने काम बालयोगेश्वर विजयमूर्ति...

    बेहुली झैं बन्यो ताथली : भक्तजन संगै तानिए टिकटकर

    भक्तपुरको चाँगुनारायण ९ ताथलीमा बिहीबारबाट सुरु हुने श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञको तयारी सम्पन्न...

    Municipality welcomes the first group to enter Bhaktapur city

    bhaktapur welcomes

    On the occasion of World Tourism Day, the first group to enter Bhaktapur has been...