News Portal

  • सिडिओ रिजालको बिदाई

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ४ असोज २०८०
    १३७४ पटक
    khagendra prasad rijalभक्तपुर, ४ असोज २०८०

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई बिदाई गरिएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिहिबार उनलाई बिदाई गरेको हो ।

    यस अघि प्रमुख जिल्ला अधिकारी रिजाललाई जिल्लाका चारैवटा स्थानीय सरकारले बेग्लाबेग्लै बिदाई गरेको थियो । प्रजिअ रिजाल प्रष्ट वक्ता, कुशल व्यवस्थापक र समन्वयकारी प्रशासक रहेको प्रति स्थानीय सरकारका प्रमुख एवं उपप्रमुखहरुले खुलेर प्रशंसा गरेका थिए ।

    गत माघमा प्रजिअको जिम्मेवारी सम्हाल्न आइपुगेका रिजालले ७ महिनामै सरुवा हुनुपर्यो । गृह मन्त्रालयले अनपेक्षित रुपमा मन्त्रालय तानेपछि कतिपयले उनको सरुवालाई सानोठिमीको बालसुधार गृहका बिज्याइकर्ताको विद्रोह कारण भएको आशंका समेत गरेका छन् । गृहमन्त्रीकी उपस्वकीय सचिव एवं भक्तपुरकी नेतृ इन्दिरा अधिकारीले सिडिओ रिजालको सरुवासंग बिज्याइकर्ता विद्रोहको कुनै साइनो नरहेको प्रष्ट पारेकी छन् । प्रजिअ रिजाललाई बाग्लुङ्ग जिल्लामा प्रजिअकै जिम्मेवारी दिने मन्त्रालयले निर्णय गरेको उनले बताइन । छानविन समितिले उक्त घटनामा प्रहरी प्रशासनको नभई सुधार गृह प्रशासनको व्यवस्थापन कमजोरी भएको निष्कर्ष निकालेको बताइएको छ ।

    प्रजिअ रिजालको सुझबुझका कारण सो घटनामा बाल अधिकार र मानव अधिकार उल्लङ्घन नभएको तथा बिद्रोही बालबिज्याइकर्तालाई बिना मानवीय क्षती फर्काउन सफलता मिलेको थियो ।

    भक्तपुरको प्रसिद्ध बिस्का जात्रा र गाईजात्रा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न समेत उनले विशेष पहल गरेका थिए । बिस्का जात्रालाई शान्तिपूर्ण सम्पन्न गर्न ३ महिना अघि देखि प्रहरी परिचालन गरिएपछि अघिल्लो बिस्कामा ढुंगा हान्नेहरु भागेर पोखरा पुगेका थिए । त्यस्तै अपराध र सवारी दुर्घटना न्यूनीकरणका लागि सीसीक्यामेरा जडान देखि जिप्रकामै सचेतना कक्षा समेत संचालन गरिएको थियो ।

    प्रजिअ रिजालको पहलमा दुधपाटीस्थित जुद्ध बारुण यन्त्र परिसरको बाटो खोल्ने वर्षौदेखिको प्रयास सफल भएको थियो । उनले जुद्ध बारुण यन्त्र कार्यालयका प्रमुख लोकबहादुर कार्की र गृहमन्त्रालयसँग समन्वय गरी बाटो खोल्ने काम सम्पन्न भएपछि सयौं घरपरिवार लाभान्वित भएका छन् । चाँगुनारायण-५ को वडा कार्यालय जोड्ने बाटो विस्तारका लागि समेत उनले नेपाली सेनासंग समन्वय गरिरहेका थिए ।

    त्यसैगरी सूर्यविनायक-साँगा-धुलिखेल ६ लेन सडकलाई ढल, बत्ती, हरियाली र सुरक्षा मापदण्ड लगायतमा थप व्यवस्थित बनाउन उनले विशेष चासो राखेका थिए । सडक निर्माणलाई सहजीकरण र समन्वय गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा स्थानीय सरकारका प्रमुख प्रशासकीय अधिकृत र सम्बन्धित वडाध्यक्षका साथै योजना, ठेकेदार कम्पनी, नागरिक समाज, पत्रकार सहित सरोकार वाला सम्मिलित एक निर्माण सहजीकरण एवं समन्वय समिति समेत गठन गर्न उनले अगुवाई गरेका थिए । साथै, ९ वर्षदेखि निर्माण सम्पन्न हुन नसकी थला परेको कमलविनायकको भत्केकोपाटी (लाञ्चा फल्चा) देखि नगरकोट जोड्ने सडकको निर्माण सम्पन्न गराउन पनि पहल गरेका उनले सम्पन्न भएपश्चात सबै प्रमुख राजनीतिक दल र सरोकारवाला सम्मिलित टोलीबाट अनुगमन समेत गराएका थिए ।

    सार्वजनिक प्रशासनलाई पारदर्शी र सेवाग्राही मैत्री बनाउन उनले जिल्लास्थित सरकारी कार्यालयमा प्रभावकारी पहल गरेका थिए भने नियमित बजार अनुगमन र कालोबजारी नियन्त्रणलाई प्राथमिकता पूर्वक अघि बढाएका थिए । उनले सरकारले महत्वका साथ् कामगरिरहेको मिटर ब्याज पिडितको न्यायको लागि उजुरीउपर प्राथमिकता पूर्वक सुनुवाई गरिरहेका थिए ।

    गृह मन्त्रालयले रिजालको ठाउँमा सहसचिव रोशनीकुमारी श्रेष्ठलाई भक्तपुरको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको छ । श्रेष्ठले बिहिबार नै पद बहाली गरेकी प्रशासकीय अधिकृत उर्मिला खतिवडाले बताएकी छन् ।

     

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...