News Portal

  • रगत दिँदै रुपान्तरण अभियानमा चाँगुनारायणका माओवादी

    भक्तपुर पोष्ट संवाददाता चाँगुनारायण, ६ असोज २०८०
    ६४५ पटक
    चाँगुनारायण, ६ असोज २०८०

    जनतासंग माओवादी विशेष रुपान्तरण अभियानमा रहेको सत्तारुढ दल नेकपा(माओवादी केन्द्र)का नेताकार्यकर्ताहरु जनता केन्द्रीत भएका छन् । भक्तपुरमा पनि माओवादीहरु अचेल आफ्नो र सरकारको बारेमा भन्दा पार्टी र जनताकै बारेमा चिन्तन गरिरहेका भेटिन्छन् ।

    जनतासंग माओवादी रुपान्तरण अभियान अन्तर्गत नै शनिवार चाँगुनारायणका माओवादीहरुले आफ्नो रगत आवश्यक बिरामीका लागि दान गरेका छन् । पार्टीको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग नेपाल (वाइसिएल,नेपाल)को चाँगुनारायण नगर समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा माओवादीका युवाहरूले आफ्नो रगत दान गरेका वाइसिएलका नगर अध्यक्ष लक्ष्मण दुलालले जानकारी दिए ।

    चाँगुनारायण ८ सुडालस्थित सरस्वतीस्थानमा आयोजित रक्तदानमा नेपाल रेडक्रस सोसाइटी सुडाल उपशाखाले प्राविधिक सहयोग गरेको थियो । उक्त अवसरमा स्थानीय र सुरक्षाकर्मीले समेत रक्तदानमा सहभागी भई कार्यक्रममा साथ् दिएका अध्यक्ष दुलालले जनाएका छन् । कार्यक्रममा करिब ३ दर्जन स्थानीय युवा नेताकार्यकर्ताले रक्तदान गरेका बताइएको छ ।

    आफ्नो जीवन नै जनताको लागि सुम्पेको माओवादी प्रति पछिल्लो समय अनेक भ्रम फ़ैलाइएकोले आफूहरु जनताको सेवक भएको संदेश स्वरुप रक्तदान कार्यक्रम आयोजना गरिएको वाइसिएल नगर इन्चार्ज दिपेश लामिछानेले बताए ।

    कार्यक्रमले स्थानीय नेताकार्यकर्तालाई पार्टी अभियानप्रति उत्साहित पारेको चाँगुनारायण नगरमा माओवादी केन्द्रको अभियान इन्चार्ज भएर आएकी पार्टी केन्द्रीय सदस्य अमृता नेपालले बताएकी छन् । बागमती प्रदेश सांसद समेत रहेकी नेतृ नेपालले नेताकार्यकर्ता जनतासंग जोडिंदै गएका जिकिर गर्दै ३ महिना पछि चाँगुनारायणमा माओवादी केन्द्रको पुरानो बिरासत फर्कने बिश्वास व्यक्त गरिन ।

    त्यस्तै भक्तपुरबाट बागमती प्रदेशमा सांसद रहेकी नेतृ भुवनकेशरी श्रेष्ठ भावनाले चाँगुनारायण क्षेत्रका लागि प्रदेश सरकारको तर्फबाट सहयोग गर्ने तत्परता प्रकट गर्दै नेताकार्यकर्ताले बजेटलाई आफ्नो स्वार्थमा नभई जनताको आवश्यकताको आधारमा माग र परिचालन गर्नुपर्ने प्रष्ट पारिन । माओवादी मात्र इमान्दार हुन्छन भन्ने मानक बनाउन उनले कार्यकर्तालाई निर्देशन समेत दिएकी छन् ।

    कार्यक्रममा चाँगुनारायण क्षेत्रका लोकप्रिय बौद्धिक नेता समेत रहेका पार्टीका केन्द्रीय सदस्य डिपी ढकालले जनताको घरमा गएर यहाँको लागि गरिएको योगदान, पहलकदमीका बारेमा बताउनपर्ने आवश्यकता औल्याए । बागमती प्रदेश सरकारको मूख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका नेता ढकालले यो आर्थिक वर्षमा पनि प्रत्येक वडामा चार पाँच वटा बिकाशनिर्माणमा बजेट राखिएको बताउँदै जनताले माओवादीले गरेको भन्ने थाहै नपाउँदा पार्टीप्रति निराशा बढेको बताए । ‘अभियानमा जनतालाई हामीले गरेका काम मात्र बुझाउन सकेपनि हामी सफल हुन्छौं ।” उनले भने ।

    उक्त अवसरमा अभियान अन्तर्गत नगरमा जिम्मेवारी पाएका प्रदेश सदस्यद्वय युवराज आचार्य र दिनेश थपलिया आक्रोश, जिल्ला संयोजक सुनिल गोठे बासु त्यसैगरी पार्टीका नगर अध्यक्ष नरेश खड्का, उपाध्यक्ष सुमन दाहाल, बिनोद लामिछाने सचिव चण्डिका लामिछाने लगायतको आतिथ्यता रहेको थियो । त्यस्तै वाइसीएल जिल्ला इन्चार्ज नरेश रन्जित, केन्द्रीय सदस्य राजु कुटु, बेद खरेल, जिल्ला अध्यक्ष सरराज उप्रेती, सचिव सुरेन्द्र सुवाल लगायत सहभागी भएका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...