News Portal

  • पूर्वराजा शाहलाई भक्तपुरमा भब्य स्वागत

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, ७ असोज २०८०
    ११०६ पटक
    भक्तपुर, ७ असोज २०८०

    पूर्वराजा ज्ञानेन्द्र शाहलाई भक्तपुरमा भब्य स्वागत भएको छ । आइतवार दरवार स्क्वायरस्थित प्रसिद्ध तलेजु भवानी र टौमढी स्थित भैरवनाथ मन्दिरको दर्शन गर्न आएका उनलाई स्थानीय राजावादीहरुले भब्य स्वागत गरेका हुन् ।                                 

    दिउँसो करिब ३ बजे दरवार स्क्वायर आइपुगेका उनलाई राजावादीहरुले जयजयकार गर्दै स्वागत गरेका थिए । उनको स्वागतमा स्थानीय बाजा, नाँच र सांस्कृतिक झाकीहरुको प्रदर्शनी आयोजना गरिएको थियो । ठुलो भिडलाई पन्छ्याउदै उनले तजेजु भवानी र भैरवनाथको दर्शन गरे ।

    भिड व्यवस्थापन गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो भने पूर्वराजाको एक झलक पाउन मानिसहरु भिडमा च्यापिएर कुरिरहेका थिए । संचार माध्यमबाट आइतवार राजा आउने सूचना पाएपनि समय थाहा नहुँदा कतिपय जेष्ठ नागरिक राजालाई हेर्न घरबाट पोल्टामा बोकेर ल्याएको खाजा खाँदै बिहानैदेखि पाटीमा बसेर कुरिरहेका थिए । युवा विद्यार्थीहरु समेत हातमा देशको झण्डा बोकेर कलेज पोसाकमै पूर्वराजालाई कौतुहलतापूर्वक कुरिरहेका देखिन्थे । बरिष्ठ पत्रकार विकल श्रेष्ठले स्थानीयले राजाप्रति देखाएको श्रद्धा र उनको एक झलक पाउन गरेको संघर्षको तुलनामा समकालीन राजनीतिज्ञप्रति जनतामा त्यस्तो उत्साह नरहेको बताए ।

    आफ्ना समर्थकरुको जयजयकार र आयोजकको व्यवस्थापनले पूर्वराजा पनि उत्साहित देखिए । शक्ति पिठ दर्शंनपछि सल्लाघारीमा पत्रकारसंग कुराकानी गर्दै पूर्वराजा शाहले भक्तपुर भ्रमण र स्थानीयको स्वागतले आफूलाई जनताप्रति थप दायित्वबोध गराएको प्रतिक्रिया दिए । नेपाल पत्रकार महासंघका अध्यक्ष जगतकृष्ण प्रजापतिले जनताले पूर्व राजाबाट गरेका अपेक्षा के रहेछन भन्ने प्रश्न राखेका थिए भने सचिव संजीप घिमिरे शुभचिन्तकले राजनीतिक आस्था र बिचार बेग्लाबेग्लै भएका दलहरु बिभिन्न कालखण्डमा संगै मिलेका जस्तै दलहरु र राजा मिल्ने सम्भावना बारे सोधेका थिए । पूर्व राजा शाहले सबै कुरा समयको हातमा रहेको बताए ।

    पूर्वराजाको भक्तपुर भ्रमण र स्वागत सत्कारका लागि राजसंस्थावादी समेत रहेका समाजसेवी अनन्तप्रसाद धौभडेलको संयोजकत्वमा एक समिति गठन गरिएको थियो । आइतवार पूर्व राजाको भेटघाट र सुरक्षाका लागि राप्रपाका केन्द्रीय नेता रविन्द्रप्रताप शाह, पूर्व रथी समेत रहेका अर्का नेता भरतबहादुर खड्का लगायतका स्थानीय खटेका थिए भने सयौं स्वयंसेवक परिचालन गरिएको थियो ।                                   

    गणतन्त्रवादी स्थानीय नेताहरुले भने शक्ति पिठ दर्शनको बहानामा पूर्वराजाले आफ्नो शक्ति प्रदर्शन गरेको प्रतिक्रिया दिएका छन् । मुठ्ठीभर राजावादी उफारेर गणतन्त्रको रौँ पनि नहल्लने उनीहरुले जिकिर गरे ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...