News Portal

  • मध्यपुर थिमिमा सिंहावलोकनको नयाँ शुरुवात

    भक्तपुर पोष्ट संवाददाता मध्यपुर थिमि, ११ असोज २०८०
    ४७९ पटक
    madhyapur thimi municipality thimiमध्यपुर थिमि, ११ असोज २०८०

    मध्यपुर थिमि नगरपालिकाले वार्षिक प्रगतीको समीक्षा गर्ने प्रचलन शुरु गरेको छ । नगरपालिकाले चागु आवको प्रभावकारिताको लागि गत आर्थिक वर्ष २०७९/०८० को सिंहावलोकन गरेको हो ।

    बिहीवार गत आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट, कार्य योजना र सेवा प्रवाहको बारेमा वार्षिक प्रगतीको समिक्षा सम्पन्न गरिएको प्रमुख प्रशासकीय अधिकृत विजयराज सुवेदीले बताए ।

    नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले शाखाहरुले एक वर्षमा गरेका काम, उपलब्धी, आइपरेका समस्या र सामाधानको बाटो पहिल्याउन समीक्षा कार्यक्रम प्रभावकारी देखिएको बाताए । वार्षिक रुपमा गरिने समीक्षाले गल्ती नदोरोहिने र बिगत बात पाठ सिकेर अघि बढ्न मार्गप्रसस्त हुने उनले प्रष्ट पारेका छन् ।

    त्यसैगरी नगर प्रमुख सुरेन्द्र श्रेष्ठले वार्षिक समिक्षाले नगरपालिकाको सेवा प्रवाहको स्तर मापन र आगामी वर्षको नीति निर्माण र योजना कार्यान्वयनका लागि पृष्ठपोषण प्राप्त हुने बिश्वास व्यक्त गरेका छन् ।

    कार्यक्रममा नगरपालिकाको वडा कार्यालय, २ वटा महाशाखा र १५ वटा विभिन्न विषयगत शाखाहरुले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगती प्रस्तुत गरेका थिए भने कार्यपालिका सदस्यहरुले त्यसमाथि टिप्पणी, जिज्ञासा र सुझाव राखेका थिए । वडा अध्यक्ष र वडा प्रशासकिय प्रमुखहरुले वार्षिकरुपमा गरेका सेवा प्रवाह अन्तर्गत राजश्व संकलन, सिफारिस, नाता प्रमाणित, बसाई सराई, घटना दर्ता र योजना कार्यान्वयनको अवस्था जानकारी दिएका थिए । साथै सेवा प्रवाहमा आईपरेका कठिनाई, समस्या र चुनौतीका बारेमा पनि जानकारी दिएका थिए ।

    शाखाहरुले प्रस्तुतीकरण गरेका थिए भने कार्यपालिका सदस्यहरुले त्यसमाथि टिप्पणी, जिज्ञासा र सुझाव राखेका थिए । सोही अवसरमा नगर प्रमुख र उपप्रमुखले संयुक्त रुपमा नगरसभाबाट पारित आर्थिक वर्ष २०८०/०८१ को विनियोजन ऐन २०८०, नीति तथा कार्यक्रम, बजेट र योजनासहितको पुस्तिका समेत सार्वजनिक गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...