News Portal

  • रोटरी क्लब अफ भक्तपुरको २० औँ पदस्थापना समारोह सम्पन्न

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १३ असोज २०८०
    २७१ पटक
    भक्तपुर, १३ असोज २०८०

    रोटरी क्लब अफ भक्तपुरको २० औँ पदस्थापना समारोह सम्पन्न भएको छ । शुक्रवार २० औँ पदस्थापना समारोह सम्पन्न भएको हो ।

    सम्पन्न २० औँ पदस्थापना समारोहका बीच वर्ष २०२३/२४ का लागि अध्यक्ष चयन भएकी गंगालक्ष्मी अवालले पदभार ग्रहण गरेकी छन् । शुक्रवार होटेल भादगाउँमा सम्पन्न २० औँ पदस्थापना समारोहका बीच उनले पदभार ग्रहण गरेकी हुन् ।

    समारोहमा निवर्तमान अध्यक्ष बिनिता हाडा प्रधानाङ्गले अवाललाई पद हस्तान्तरण गरेसंगै अवाल र उनको कार्यसमितिले पदभार ग्रहण गरेको हो । क्लबमा प्रत्येक कार्यसमितिको कार्यकाल १ वर्षको रहने गरेको छ । अध्यक्ष अवाल भक्तपुरको कमलविनायक निवासी हुन् भने उनी राष्ट्रिय महिला किसान महासंघकी केन्द्रीय अध्यक्ष समेत रहेकी छन् ।

    रोटरी क्लबका डिस्ट्रिक्ट गभर्नर(डिजी) राजेन्द्रप्रसाद धोजुको प्रमुख आतिथ्यता रहेको २० औँ पदस्थापना समारोहमा प्रथम महिला समिरा श्रेष्ठ धोजु, एरिया गभर्नर तुलाबहादुर कँडेल, डिस्ट्रिक्ट सेक्रेटरी दिनेश बहादुर मानन्धर लगायतको आतिथ्यता रहेको थियो ।

    उक्त अवसरमा क्लबको अध्यक्ष गङ्गालक्ष्मी अवालले आफ्नो एक वर्षे कार्ययोजना प्रस्तुत गर्दै आफ्नो कार्यकालमा क्लबको उचाइ अझ बढाउँन सामाजिक कार्यमा अग्रपंक्तिमा रही अघि बढ्ने बताइन् ।

    २० औँ पदस्थापना समारोहमा सचिव हरि श्याम श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रम संचालन रंजित मारिखुको रहेको थियो । उक्त अवसरमा क्लबका ३ दर्जन सदस्यहरु सहभागी रहेका थिए । (सच्याइएको : सचिव हरिश्याम हुनेपर्नेमा हरिशरण भएकोले सच्याइएको छ ।)

    के हो रोटरी क्लब
    आफ्ना साथीभाई बीच आत्मियता बढाउँने र दुखसुखमा साथ दिने उदेश्यले अमेरिकाको शिकागो शहरमा सन १९०५ केही मानिसहरु जम्मा भै रोटेसनमा सदस्यहरुको घर वा अफिसमा भेला भै गठन गरिएको क्लब रोटरी क्लब हो ।

    पछि यसका सदस्यहरुको क्षमता र योग्यतालाई समाजसेवामा जोड्ने नीति बन्यो र अहिले यसको प्रमुख लक्ष नै समाजसेवा रहेको छ । अहिले विश्वभर छयालीस हजार बढी रोटरी क्लब रहेका बताइन्छ ।

    नेपालमा रोटरी
    रोटरी स्थापनाको करिब पचास वर्षपछि १९५६ मा मात्र यो नेपाल भित्रिएको हो । डा जयन गिरी,किरण शमशेर लगायतको सक्रियतामा नेपालमा पहिलो रोटरी क्लब अफ काठमांडू गठन गरिएको थियो । त्यसको १८ वर्ष पछि मात्र रोटरी अन्य जिल्लामा बिस्तार हुँदै गयो । अहिले सय बढी रोटरी क्लब सक्रिय छन् ।

    रोटरी क्लब अफ भक्तपुर
    रोटरी क्लब अफ भक्तपुरको स्थापना भने सन् २००३ मा भएको हो । कृष्ण प्रसाद ताम्राकार यसको पहिलो अध्यक्ष हुन् । संस्था दर्ता ऐन अनुसार जिल्ला प्रशासन कार्यालयमा भने यसको दर्ता भएको पाँच वर्ष मात्र पुगेको छ । यो वर्ष रोटरी क्लब अफ भक्तपुरका पदाधिकारी देहायबमोजिम रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    शर्मा र सुवेदीलाई सम्मान

    २०८०।०८।१४ काठमाडौं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले अनेसास बिओटी सल्लाहकार रोहिणी शर्मा र अनेसासका...

    आयल निगम ऋण मुक्त भएसंगै घट्यो पेट्रोलियम पदार्थको मूल्य

    भारी ऋणमा रहेको नेपाल आयल निगम ऋण मुक्त भए संगै पेट्रोलियम पदार्थको मूल्य घटेको छ...

    इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट

    इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको...

    जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयास बारे विश्वलाई जानकारी गराइने

    युएई । प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ ले जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयास...

    पतिपत्नी सवार मोटरसाइकल पल्टदा पछाडीबाट आइरहेको बसको ठक्करबाट पत्नीको मृत्यु

    काभ्रेको रोशि ११ डालाबेशि स्थित बि.पि.राजमार्ग सडक खण्डमा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ...