News Portal

  • बजारको मूल्य र गुणस्तरमा शंका लागे स्थानीय सरकारलाई जानकारी गराउन उपमेयरको आग्रह

    भक्तपुरपोष्ट संवाददातासूर्यविनायक, १८ असोज २०८०
    ९४९ पटक
    सूर्यविनायक, १८ असोज २०८०

    सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिम्सिना भट्टराईले उपभोक्ता हित संरक्षणका लागि आफूहरुले बजार अनुगमन र कारवाहीलाई प्राथमिकतापूर्वक अघि बढाइरहेको बताएकी छन् । बस्तु र सेवा वापतको मूल्य र त्यसको गुणस्तरमा शंका लागे सूचना दिन आग्रह गर्दै उनले नगरपालिकाले त्यस्ता सूचनाको आधारमा बजार अनुगमन गर्ने समेत बताइन् ।

    सूर्यविनायक नगरपालिका अन्तर्गत बजार अनुगमन समितिको संयोजक समेत रहेकी उपप्रमुख भट्टराईले दशैं तिहार जस्ता चाडपर्वको अवसर पारेर हुनसक्ने सम्भावित अनियमितता, ठगी र कालोबजारी रोक्न बजार अनुगमनको विशेष योजना बनाइएको समेत खुलासा गरेकी छन् । कार्यालय समय अघि र पछि पनि अनुगमन हुने तथा प्रत्येक वडाका पसल र बजार अनुगमन गरिने उनले जिकिर गरिन् ।

    उपभोक्ताको आवश्यकताको फाइदा उठाएर चर्को मूल्य असुली गर्ने र गुणस्तरहीन बस्तु तथा सेवाको बिक्रीवितरण गर्ने व्यवसायीलाई कडा कारवाही गर्ने समेत उनको दावी छ । बजार अनुगमनको उदेश्य व्यवसायीलाई कारवाही गर्नु नभई बजारलाई व्यवस्थित बनाउने र उपभोक्ताको हित संरक्षण गर्ने भएको उनको भनाइ छ । जानेर अथवा नजानेर उपभोक्ता ठगीमा संलग्न व्यावसायीलाई उन्मुक्ति हुँदा समाजमा कानुनी सुशासन नहुने भएकोले पनि कारवाही गर्नुपरेको उनले प्रष्ट पारेकी छन् ।

    व्यवसायी आफू पनि कुनै न कुनै रुपमा उपभोक्ता नै भएकोले उपभोक्ताको अधिकार हनन गर्न नहुनेमा उनले जोड दिएकी छन् । बजारमा उपभोक्ताले बस्तु तथा सेवा खरिद गर्दा सावधानी अपनाउनु पर्ने र व्यवसायीले पनि बिक्रीवितरण गर्दा पेशागत दायित्व पूरा गर्नुपर्ने उपप्रमुख भट्टराईको भनाइ छ ।

    बिहीवार नगर उपप्रमुख सरिता तिम्सिना भट्टराईको अध्यक्षतामा बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको बैठक बसेको र उक्त बैठकले कसरी अनुगमनलाई व्यवस्थित र परिणाममुखी बनाउने भन्ने विषयमा निर्णयहरु गरेको नगरपालिकाका अधिकृत कपिल अधिकारीले जानकारी गराएका छन् ।

    बैठकमा प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, सूचना अधिकारी अनिरुद्र नेपाल, जिल्ला प्रशासन कार्यालयका अधिकृत यादवप्रसाद मिश्र, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख आशिष दाहाल, उपभोक्ता हित संरक्षण मन्च भक्तपुरका अध्यक्ष मनोज थापा, नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव संजीप घिमिरे शुभचिन्तक, सूर्यविनायक उद्योग वाणिज्य संघका प्रतिनिधि, नगर प्रहरी प्रमुख लगायतको उपस्थिति रहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...