News Portal

  • शिक्षाले विभेदको अन्त्य गर्न सक्नुपर्छ : पूर्व सभामुख श्रेष्ठ

    भक्तपुरपोष्ट संवाददाताकाठमाडौ, २० असोज २०८०
    ६८१ पटक
    काठमाडौ, २० असोज २०८०

    बागमती प्रदेश सभाका पूर्व सभामुख सानुकुमार श्रेष्ठले शिक्षाले विभेदको अन्त्य गर्नसक्नुपर्ने बताएका छन् । आफूलाई शिक्षित भन्ने तर जात, धर्म, वर्ग, लिङ्ग लगायतका आधारमा मानिस बीच विभेद गर्ने कुराको बिरोध गर्दै उनले शिक्षाले विभेदको अन्त्य गर्न गर्नसक्नुपर्ने बताएका हुन् ।

    शनिवार कोटेश्वरस्थित कलेज अफ नेशनल एकेडेमिक स्क्वायर(सिनास, कजेल)को नयाँ विद्यार्थीलाई स्वागत र दीक्षान्त समारोहलाई सम्बोधन गर्दै पूर्व सभामुख श्रेष्ठले सिकाइलाइ व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिए । मानिसले आफ्नो जीवनलाई ध्वस्त पार्ने कि श्रेष्ठ बनाउने भन्ने कुरा जीवन व्यवहारमा भर पर्ने प्रष्ट पार्दै उनले व्यवहारलाई सभ्य र बैज्ञानिक सोच विचारयुक्त बनाउनुपर्ने आवश्यकता औल्याएका छन् । ‘मानिस सफल हुन चेतनास्तर उन्नत हुनैपर्छ ।’ उनले भने ।

    प्रदेश सभाका पूर्व सभामुख श्रेष्ठले सिनास, कजेल सामुदायिक भएको प्रति सन्तोष व्यक्त गरे । आफूले मच्छेनारायणमा निजी विद्यालय शुरु गरेको स्मरण गर्दै उनले पछिल्लो समय आफ्नो लगानीको वास्ता नगरी त्यसलाई गुठी अन्तर्गत लगी सामुदायिक बनाएको बताउदै उनले शिक्षालाई व्यवसाय बनानु नहुनेमा जोड दिए । शिक्षामा भएको निजी लगानीलाई निरुत्साहित गर्दै स्थानीय समुदायलाई यसप्रति आकर्षित गर्दै लानुपर्ने उनले बिचार व्यक्त गरेका छन् । ” शिक्षामा व्यवसाय होइन, समाजप्रतिको सेवा र समर्पण आवश्यक छ ।” उनले भने ।

    विद्यालय र कलेजहरुले मात्रामा भन्दा गुणस्तरमा वृद्धि गर्दै जानुपर्नेमा जोड दिंदै पूर्व सभामुख श्रेष्ठले विद्यार्थीहरुमा सकारात्मकता, समाजसेवा र राष्ट्रप्रेम जगाउन नसके र उनीहरुलाई चरित्रवान बनाउन नसके शिक्षा लिनु र दिनुको अर्थ नहुने प्रष्ट पारेका छन् । सरकारले ल्याएको शिक्षा विधेयकमा ब्यापक बहस र छलफल गरी सरोकारवालाको अपनत्व सृजना गर्नुपर्ने एवं सुखी नेपाली र सम्बृद्ध नेपालको सपना साकार पार्न सक्ने शिक्षा ऐनको आवश्यकता समेत उनले औल्याएका छन् ।

    कार्यक्रममा स्थानीय जनप्रतिनिधि हिरादेवी पोखरेलेले विद्यालय शिक्षा स्थानीय सरकार मातहत आएपछि विद्यालयलाई व्यवस्थित गर्न र शिक्षामा पहुँच अभिवृद्धि गर्न र गुरस्तर बढाउँन आफूहरु लागिरहेको जिकिर गरिन् ।

    उक्त अवसरमा कलेजका अध्यक्ष एवं शिक्षासेवी जगन्नाथ डुम्रेले सिनास कजेल सामुदायिक कलेज भएको र नाफाको पछाडी नदौडिएको दावी गरे । सामाजिक उत्तरदायित्व पूरा गर्दै सर्वसुलभ र गुणस्तरीय शिक्षा सिनासले प्रदान गरिएरहेको उनले बताए । त्यसैगरी प्राचार्य प्रेमबहादुर शाहीले कलेजको बिगत स्मरण गर्दै वर्तमान अवस्था र भावी योजना बारे अवगत गराएका थिए ।

    कार्यक्रममा शिक्षासेवी राम दुवाल, शिक्षा पत्रकार संजीप घिमिरे शुभचिन्तक पूर्व प्राचार्य परशुराम राइ, दुर्गाबहादुर आले त्यस्तैगरी संचालक समितिका सदस्यहरु चन्द्रमणी काफ्ले, दुर्गाबहादुर आले, नरेन्द्र खनाल, निराजन सिलवाल, सुमन धिताल, कृष्णप्रसाद भट्टराई बिकास तामाङ्ग लगायतको आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा कक्षा १२ उतीर्ण विद्यार्थीहरुलाई दीक्षित गरिएको थियो भने विद्यार्थीहरुले गायन, नृत्य लगायत विविध प्रतिभाको प्रदर्शन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...