News Portal

  • राष्ट्रको लागि २ घन्टा अभियानको कार्यवाहक अध्यक्षमा रन्जित

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २४ असोज २०८०
    ६१४ पटक
    भक्तपुर, २४ असोज २०८०

    राष्ट्रको लागि २ घन्टा अभियानका उपाध्यक्ष नरेश रन्जितलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ । अध्यक्ष मधु ढुङ्गेल  बिदेश यात्रामा निस्किएपछि उपाध्यक्ष रन्जितलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो ।

    रन्जितले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका महासचिव नवराज काफ्लेले जनाएका हुन् । अध्यक्ष ढुङ्गेलको न्युजिल्यान्डमा कार्यक्रम रहेकाले रन्जितलाई कार्यवाहक अध्यक्ष तोकिएको उनले जानकारी गराए ।                                                                                                                      राष्ट्रका लागि २ घण्टा अभियान भक्तपुर बाट शुरु भएको मौलिक अभियान हो । विशेषत: हरियाली प्रवर्द्धन र वातावरण सरसफाइमा यो अभियान केन्द्रीत छ । प्रत्येक हप्ता कम्तिमा २ घण्टा समाज र देशको लागि दिन प्रेरित गर्ने यो अभियानका अभियन्ताहरु भने धेरैजसो समय समाज र देशकै सेवामा तल्लीन देखिन्छन् । भक्तपुरमा अभियानले प्रत्येक शनिवार बिहान २ घण्टा राष्ट्रका नाममा सेवा पुर्याइरहेको छ । ३२ हप्ता पार गरेको अभियानमा सयौं सक्रिय अभियन्ता छन् भने हजार बढी स्वयंसेवक जोडिएका छन् । यस अघि यसका अभियन्ताहरु हनुमन्ते नदी सरसफाइ अभियानमा समेत सक्रिय रहेका थिए जुन एक सय हप्ता सम्म सफलतापूर्वक संचालन भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...