News Portal

  • १३ जिल्लाका स्थानीय सरकार प्रमुखलाई भक्तपुरमा काँग्रेसको प्रशिक्षण

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ३० असोज २०८०
    ४५२ पटक
    भक्तपुर, ३० असोज २०८०

    उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिहरु हरण गर्न संविधानलाई हल्लाउने प्रयास भइरहेको खुलासा गरेका छन् । संविधान निर्माण पछि सम्पूर्ण राजनीतिक दलको ध्यान संघीय ऐन बनाउनेतर्फ केन्द्रित हुनुपर्नेमा त्यो हुन नसक्दा संविधान हल्लाउने प्रयास भइरहेको उनले खुलासा गरेका हुन् ।

    नेपाली काँग्रेसको बागमती प्रदेश प्रशिक्षण विभागको आयोजना र भक्तपुर शाखाको व्यवस्थापनमा भक्तपुरको राधेराधेमा आयोजित “स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र पार्टी संगठनबीचको अन्तरसम्बन्ध एवं वर्तमान राजनीतिक चूनौति र भविष्य विषयक अभिमुखिकरण कार्यक्रम”लाई मंगलवार संवोधन गर्दै उनले सो खुलासा गरेका हुन् ।

    बागमती प्रदेशका १३ जिल्लामा नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षित गर्दै पार्टीका उप सभापति समेत रहेका उपप्रधान एवं रक्षामन्त्री खड्काले जनतामा छाएको निराशालाई आशा र शंकालाई विश्वासमा परिणत गर्नेगरी जनप्रतिनिधिहरुले काम गर्नुपर्नेमा जोड दिए । पार्टी पंक्तिमा उत्साह र उभार नहुँदा सरकारले गरेका कामको प्रचार नहुने र यसले व्यवस्थामा प्रहार गर्न खोज्ने तत्वलाई बल पुग्ने प्रष्ट पार्दै उनले उनले जनप्रतिनिधिले कार्यकर्तालाई उत्साहित पारिराख्नुपर्ने आवश्यकता औल्याए ।

    सबै राजनीतिक दलहरु संविधान कार्यान्वयन एकतावद्ध भएर अघि बढ्नुपर्ने उनको भनाइ छ । संविधान कमजोर हुँदा जनतालाई गरिएका बाचा पुरा नहुने बताउदै उनले संविधानको पूर्ण कार्यान्वयनमा सबैको हातेमालो हुनुपर्ने बताए ।“हामीले संविधानसभामार्फत सिंगो नेपाली जनतालाई दिएको विश्वास र वचन पूरा गर्न बाँकी छ । सिंगो मुलुकलाई यो संविधानसँग जोड्न बाँकी छ,” उनले भने ।

    कांग्रेसप्रति जनताको गुनासो बढ्न नदिन प्रत्येक नेता र जनप्रतिनिधिको व्यवहार र बोलीबचनमा सुधार गर्दै जनताको घरदैलोमा गएर जनताको पीडामा मल्हम लगाउन उनले निर्देशन दिएका छन् । कांग्रेसले अरुलाई दोष दिएर भन्दा पनि आफ्नो स्वमूल्यांकन गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

    उक्त अवसरमा नेपाली कांग्रेसको बागमती प्रदेशका सभापति इन्द्र बानियाँले कांग्रेस देशकै पुरानो र एकमात्र प्रजातान्त्रिक पार्टी भएकोले कांग्रेस बलियो भए मात्र देश बलियो हुने दावी गरे । कांग्रेसलाई गाउँ तहदेखि नै बालियो बनाउदै जानुपर्नेमा उनको जोड रहेको छ ।

    त्यस्तै नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् भक्तपुर क्षेत्र नं. २ का सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले भेदभावरहित भावनाले जनसेवा गरे जनताको मन जित्न सकिने बिश्वास व्यक्त गरे । निर्वाचित भएपछि पार्टीलाई बिर्सने रोगले राम्रो नगर्ने भन्दै उनले पार्टीसंग जोडिएर जनप्रतिनिधिले काम गरे निर्वाचन जित्न कठिन नहुने निष्कर्ष सुनाए ।

    बागमती प्रदेश अन्तर्गत १३ जिल्लाका पार्टी सभापति, प्रदेश समितिका पदाधिकारी, प्रदेश सांसद, प्रदेश प्रतिनिधि र प्रदेश अन्तर्गतका स्थानीय पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख लगायतको सहभागिता रहेको अभिमुखीकरण कार्यक्रममा डा खिमलाल देवकोटा, डा बुद्धिमान श्रेष्ठ, प्रा. कृष्ण खनाल, डा सुरेश आचार्य लगायतले निर्वाचित जनप्रतिनिधि र पार्टी संगठनबीचको अन्तरसम्बन्ध एवं वर्तमान राजनीतिक चूनौति र भविष्यबारे प्रशिक्षित गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...