News Portal

  • धानको बोराले छोपेर लुकाईछुपाई ल्याएको १ ट्रक चिनी बरामद

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २ कार्तिक २०७९
    ८६३ पटक
    भक्तपुर, २ कार्तिक २०७९

    काभ्रे प्रहरीले धानको बोरा मुनि लुकाईछुपाई ल्याएको ९२ बोरा चिनी बरामद गरेको छ । बिहीबार दिउँसो शंकास्पद देखिएको एक ट्रक चेकजाँच गर्नेक्रम्मा प्रहरीले उक्त चिनी बरामद गरेको हो ।

    बनेपा- ७ स्थित अरनिको राजमार्ग सडक खण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा पनौतीबाट बनेपा तर्फ आउदै गरेको  ना.६ ख.६२१९ नं. को ट्रक रोकी चेकजाँच गर्दा उक्त चिनी फेला परेको काभ्रे प्रहरीका सूचना अधिकारी समेत रहेका डिएसपी राजकुमार श्रेष्ठले जनाएका छन् । ट्रक भित्र राजश्‍व छली गरी धानको बोराले छोपी लुकाई छिपाई ल्याएको ५० किलोको ९२ बोरा चिनी बरामद भएको उनले बताएका हुन् ।

    करिब पाचँ लाख अन्ठानब्बे हजार मूल्यको चिनीको कुनै खरिद बीलबिजक तथा कागजात फेला नपरेको प्रहरीको भनाइ छ । २८ बोरा धान मुनि ९२ बोरा चिनी राखेर ल्याएका ट्रक चालक काभ्रेपलाञ्चोककै धुलिखेल न.पा.वडा नं.२ बस्ने बर्ष ३७ को राजु तिमल्सिना लाई  नियन्त्रणमा लिइएको  र ट्रक तथा सामान सहित आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाईएको डिएसपी श्रेष्ठले जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...