News Portal

  • माओवादी केन्द्रका नेता श्रेष्ठलाई मातृशोक

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १७ कार्तिक २०८०
    ६०४ पटक
    भक्तपुर, १७ कार्तिक २०८०

    ‘चाँगुनारायण सिटी एभोकाडो सिटी अभियान’का अभियन्ता एवं नेकपा (माओवादी केन्द्र)को चाँगुनारायण ८ का वडा अध्यक्ष मदन श्रेष्ठलाई मातृशोक परेको छ । उनको ममतामयी आमा काली श्रेष्ठको ७० वर्षको उमेरमा शुक्रवार निधन भएको हो ।

    भक्तपुर अस्पतालमा शुक्रवार बिहान उपचारका क्रममा काली श्रेष्ठको निधन भएको र दिउँसो नै नेवा परम्परा अनुसार स्थानीय घाटमा उनको पार्थिव शरीरको अन्त्येष्टि समेत गरिसकिएको पारिवारिक श्रोतले जनाएको छ । घाटमा अन्तिम श्रद्धान्जलीका लागि नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य डिपी ढकाल, चाँगुनारायण नगर अध्यक्ष नरेश खड्का लगायत नेताहरु पुगेका थिए ।

    दिवंगत काली श्रेष्ठ लामो समयदेखि दम रोगले ग्रसित थिइन् । उनका ३ छोरा छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...