News Portal

  • चाँगुनारायण सिटी एभोकाडो सिटीका अभियन्ता उत्साहित,थप सामाजिक अभियान चलाउने उद्घोष

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १८ कार्तिक २०८०
    ६५७ पटक
    भक्तपुर, १८ कार्तिक २०८०

    ‘चाँगुनारायण सिटी एभोकाडो सिटी अभियान’ को समिक्षा र भावी कार्ययोजना बारे बिचार बिमर्स गरिएको छ । शुक्रवार अभियानका परिकल्पनाकार एवं बागमती प्रदेश सरकारको मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालको प्रमुख उपस्थितिमा बसेको बैठकमा अभियानको समिक्षा र भावी कार्ययोजना बारे बिचार बिमर्स गरिएको हो ।

    बैठकमा अभियन्ता दिनेश खनालले एभोकाडोको नकारात्मक पाटोको समेत विश्लेषण गरेर अघि बढ्नुपर्ने आवश्यकता औल्याउदै बजारलाई अनुकुल बनाउन भण्डारणको व्यवस्था मिलाउनुपर्नेमा जोड दिएका छन् । चाँगुनारायण उद्योग बाणिज्य संघको सचिव समेत रहेकी अभियन्ता चण्डिका लामिछानेले एभोकाडोलाई प्रशोधन गरेर अथवा यसको प्रयोग हुने साना उद्योग संचालन गरेर भविष्यमा चाँगु नारायणमा उत्पादन हुने एभोकाडोको बजार सुनिश्चित गर्नुपर्ने र यसबाट रोजगारीको समेत सिर्जना गर्नसक्नुपर्ने बिचार व्यक्त गरिन् ।

    त्यसैगरी अर्का अभियन्ता रामकुमार तामांगले एभोकाडोको शहर धनकुटाको अध्ययन भ्रमण गरी हेरेर सिक्नुपर्ने प्रस्ताव पेश गरेका छन् भने अभियन्ता रामकुमार बुढाथोकीले अभियानमा सबैको अपनत्व हुँदै गएकाले यसलाई अझ बृहतरुपमा लैजानुपर्ने बताए ।

    पत्रकारसमेत रहेका ‘चाँगुनारायण सिटी एभोकाडो सिटी अभियान’ का अभियन्ता मदन ढुंगानाले यस अभियानलाई अझ प्रभावकारी बनाउन एभोकाडोको बिरुवाले वातावरणमा पार्ने सकारात्मक प्रभाव र यसको फलले स्वास्थ्यमा पुर्याउने फाइदाबारे जनमानसमा जनचेतना जगाउनुपर्ने प्रष्ट पारे ।

    अभियन्ता बिनोद लामिछानेले घरघरमा रोपिएका बिरुवाको संरक्षणमा सचेत रहनुपर्ने बताए भने अभियन्ता दिपेश लामिछानेले सार्वजनिक स्थलमा रोपिएका विरुवाको अवस्थाबारे जानकारी दिए । वाइसिएल जिल्ला अध्यक्ष समेत रहेका अर्का अभियन्ता सरराज उप्रेतीले युवाहरुलाई स्वयम्सेवकका रुपमा परिचालन गरी अभियानले सामाजिक उत्तरदायित्व बोध गराएको बताए भने निर्माण व्यवसायी समेत रहेका अभियन्ता लक्ष्मण दुलालले सामाजिक अभियानमा सहभागी हुँदा गर्व बोध हुनेगरी अभियान अघि बढेकामा सन्तोष व्यक्त गरे ।

    त्यसैगरी नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव समेत रहेका चाँगुनारायण सिटी एभोकाडो सिटी अभियानका प्रचार संयोजक रहेका अभियन्ता संजीप घिमिरे शुभचिन्तकले जनस्तरमा संचालित यो अभियान सफल भैरहेकोले शुरुवाती अवस्थादेखिका प्रयास र गतिविधिको अभिलेखीकरण गर्नुपर्ने र भविष्यमा यस्तै सामाजिक अभियान संचालन गर्न खोच्ने जोकोहीको सम्पत्ती हुनेगरी त्यस्ता उपयोगी सामाग्रीहरु सार्वजनिक गरिनुपर्ने बिचार व्यक्त गरे ।

    बैठकमा अभियानका संयोजक नरेश खड्काले अभियानमा सामुहिक एकता लोभलाग्दो रहेको र नगरका सबै तहतप्का र सर्वसाधारणको बिश्वास प्राप्त भएको बताए । स्थानीयले एभोकाडोको बिरुवा संगै अभियन्ताहरुको माया र भरोषा रोपेकाले त्यसलाई बचाउने, फूलाउने र फलाउने जिम्मा आफूहरुकै भएको उनको भनाइ छ ।

    उक्त अवसरमा अभियन्ताहरुलाई प्रेरित गर्दै अभियानका परिकल्पनाकार डिपी ढकालले आर्थिक वा प्राविधिक कारणले अभियानमा अवरोध आउँन नदिने प्रतिवद्धता प्रकट गरे । सहयोगी हातहरु नै समाजका सम्पत्ती भएका भन्दै उनले अभियानमा उनीहरु मार्फत आर्थिक र प्राविधिक सहयोग जुटाउन कुनै समस्या नहुने आश्वासन दिएका छन् । ” तपाइँहामीले भौतिक, आर्थिक, प्राविधिक लगायतका सबै काम गर्दै आएका छौं, अब अरु धेरैजनालाई जोडेर यसलाई थप प्रभावकारी बनाऔं ।” उनले भने ।

    मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार एवं सत्तारुढ दल नेकपा(माओवादी केन्द्र) का केन्द्रीय सदस्य समेत रहेका परिकल्पनाकार ढकालले चाँगुनारायण सिटी एभोकाडो सिटी अभियानले चाँगुबासीमा सम्वृद्धिको नयाँ आशा पलाएको प्रष्ट पारेका छन् । एभोकाडोले परम्परागत रुपमा रहँदै आएका फलफूलको तुलनामा बढी उत्पादन र आम्दानी दिने भएकाले यसलाई रोप्ने र संरक्षण गर्न सचेत वर्गले समाजलाई प्रेरित गर्नुपर्ने उनले प्रष्ट पारे । ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियान पर्यावरणलाई स्वच्छ र सुन्दर बनाउन तथा स्थानीयको स्वास्थ्य र आयश्रोत अभिवृद्धि गर्न शुरु गरिएको सामाजिक अभियान भएको र यसले अभियन्तालाई मात्र नभई सबै चाँगुबासीलाई उत्साहित बनाएको उनले बताए ।

    अर्थ राजनीतिका विश्लेषक समेत रहेका बौद्धिक नेता ढकालले चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियान जस्तैगरी महिला शसक्तिकरण, शिक्षा सुधार, स्वास्थ्यउपचार सेवा र कृषी,पर्यटन तथा रोजगारी प्रवर्द्धन अभियानबारे आफूसंग भएको परिकल्पना प्रस्तुत गर्दै निकट भविष्यमै बृहत अभियान संचालन गरी बिकसित, सुन्दर र सम्बृद्ध चाँगुनारायण बनाउन सहयोग पुर्याउने योजना अघि सारेका छन् ।

    उक्त अवसरमा सुन्दर खनाल, अमृता संजेल,दिलकुमार बाला लगायतका अभियन्ताहरु समेत उपस्थित रहेका थिए ।

    के हो ‘चाँगुनारायण सिटी एभोकाडो सिटी’ अभियान

    पर्यावरण, स्वास्थ्य, उत्पादन र आयआर्जनको दृष्टिले बहुगुणी घिउफल एभोकाडोलाई चाँगुनारायण नगरपालिकाका प्रत्येक घरमा रोप्ने र फलाउने अभियान नै ‘चाँगुनारायण सिटी एभोकाडो सिटी’ अभियान हो । अभियान अन्तर्गत ३ वर्षभित्र चाँगुनारायणका १७ हजार घरमा कम्तिमा २ बोट एभोकाड़ो रोप्ने र फलाउने उदेश्य राखिएको छ ।

    यस अभियानका परिकल्पनाकार एवं मुख्य संरक्षक बौद्धिक नेता डिपी ढकाल हुन् । उनी बागमती प्रदेश सरकारको मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका छन् । नरेश खड्काको संयोजकत्वमा यस अभियानमा सयौं अभियन्ता स्वत:स्फूर्त जोडिएका छन् भने हजारौ परिवार सामेल भएका छन् । ३१ असार २०८० बाट शुरु भएको अभियानले साउनभरमा चाँगुनारायणको सबै वडामा बिरुवा पुर्याएको छ । चाँगुनारायणका सबै घरमा दुई बोट एभोकाड़ो रोप्ने र फलाउने उदेश्यले कम्तिमा ३ वर्षसम्म संचालन हुने यस अभियान अन्तर्गत यो वर्ष करिब ८ हजार बिरुवा रोप्ने कार्य सम्पन्न गरिएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    यो सरकार काण्ड खोतल्न होइन, मिलाउन बनेको हो : पूर्व प्रधानमन्त्री प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भूटानी शरणार्थी लगायतका विभिन्न...

    काठमाडौंमा माओवादी केन्द्रको खबरदारी सभा

    नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा खबरदारी सभा गरिरहेको छ । सुन्धाराबाट जुलुससहित आएको र्याली प्रदर्शनी...

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान...

    भक्तपुरकी सिडिओ श्रेष्ठको सरुवा

    roshani shreshtha cdo

    भक्तपुरकी सिडिओ रोशनीकुमारी श्रेष्ठको सरुवा भएको छ । गृह मन्त्रालयले शुक्रवार उनको सरुवा गरेको हो...

    स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरमा पन्चाङ्ग निर्णय

    Tihar

    यस वर्षको स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरले पन्चाङ्ग निर्णय गरेको छ । भक्तपुर...