News Portal

  • कानुनको अनभिज्ञता क्षम्य हुँदैन : प्रमुख प्रजापति

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २१ कार्तिक २०८०
    ७२४ पटक
    भक्तपुर, २१ कार्तिक २०८०

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कानुनको अनभिज्ञता क्षम्य नहुने बताउँदै कर्मचारीहरुले कसैको दबाबमा काम गर्न नहुने र कानुनबमोजिम काम गरे त्रुटी नहुने प्रष्ट पारेका छन् ।

    भक्तपुर नगरपालिकाको आयोजनामा भएको सहकारीका कर्मचारीहरुको भेलामा बोल्दै उनले समुदायमा आधारित बचत तथा ऋण सहकारी संस्थाप्रति जनताको विश्वास बढाउन समय समयमा शिक्षा र स्वास्थ्य शिविरहरु सञ्चालन गरी सहकारी क्षेत्रमा नमुनायोग्य बन्नु पर्ने आवश्यकात औल्याए । राजनैतिक रुपले सचेत व्यक्तिले समाजलाई सही दिशातिर डोहोर्याउने दावी गर्दै उनले सहकारीकर्मीआमा राजनीतिक चेत हुनुपर्ने बिचार व्यक्त गरे ।

    सहकारीहरुले उत्पादन र रोजगारी सिर्जनाका नयाँ नयाँ क्षेत्रमा काम गर्नपर्नेमा जोड दिंदै नगर प्रमुख प्रजापतिले संचालक र कर्मचारीले आफ्नो हित हेर्न थाले सहकारी धरासायी हुने र सर्वासाधरनको निक्षेप डुब्ने खतरा रहने भएकाले सामुहिक सहकार्यको मर्म अनुरुप सहकारी चल्नुपर्ने बताए ।

    एक फरक प्रसंगमा बोल्दै नगर प्रमुख प्रजापतिले युद्धको समर्थन गरेका संसारका शासकहरु एक्लिँदै जाने गरेका जिकिर गर्दै प्यालेष्टाइन स्वतन्त्र नभएसम्म इजरायली फासीवादविरुद्ध निरन्तर आवाज उठिरहनुपर्ने स्पष्ट पारे ।

    कार्यक्रममा भक्तपुर नपाकी उपप्रमुख रजनी जोशीले सहकारी संस्थाहरु जनताका सानातिना समस्याहरु समाधान गर्न निकै सहयोगी संस्थाको रुपमा विकास भइरहेको बताउँदै जनताको विश्वास कायम हुने ढंगले आफ्नो कार्य सञ्चालन गर्नुपर्नेमा जोड दिइन । जनताले खाइनखाइ सहकारीमा जम्मा गरिराखेको रकम लिएर भाग्ने क्रम बढेसँगै सहकारी संस्था र सञ्चालकहरुप्रति जनताले शंकाको दृष्टिले हेरिरहेको बताउँदै उपप्रमुख जोशीले जनसमुदायमा आधारित सहकारीप्रति जनतालाई आकर्षित गर्नुपर्ने बिचार व्यक्त गरिन ।
    त्यस्तै सहकारी समितिका संयोजक हरिप्रसाद बासुकलाले सहकारी संस्थाहरुमा सञ्चालक समितिभन्दा व्यवस्थापन हाबी हुनु, कर्मचारीहरुमा लेखासम्बन्धी ज्ञानको कमी हुनुजस्ता समस्याहरु रहेको बताउँदै भनपाको सहकारी अनुगमन समितिमार्फत भक्तपुर नपाभित्र सञ्चालित सहकारी संस्थाहरुलाई व्यवस्थित गर्ने प्रयासरत रहेको जानकारी गराए ।

    त्यस्तै भक्तपुर जिल्ला बचत संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले सहकारी अभियान अगाडि बढाउन सहकारीमा कार्यरत कर्मचारीहरुको ठूलो भूमिका रहने बताउँदै कर्मचारीहरुले आफ्नो काम, कर्तव्य र अधिकारबारे प्रष्ट हुनुपर्ने र सहकारीको मूलभूत सिद्धान्त, मूल्य मानयताबारे बुझ्न जरुरी रहेको बताए ।
    उक्त कार्यक्रममा सहकारी अनुगमन समितिका सदस्यद्वय हरिरत्न गोर्खाली र नारायणप्रसाद त्वानाबासुले पनि सहकारीको औचिव, महत्व र अवस्थाबारे विचार व्यक्त गरे ।

    प्रतिकृया दिनुहोस्

    यो सरकार काण्ड खोतल्न होइन, मिलाउन बनेको हो : पूर्व प्रधानमन्त्री प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भूटानी शरणार्थी लगायतका विभिन्न...

    काठमाडौंमा माओवादी केन्द्रको खबरदारी सभा

    नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा खबरदारी सभा गरिरहेको छ । सुन्धाराबाट जुलुससहित आएको र्याली प्रदर्शनी...

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान...

    भक्तपुरकी सिडिओ श्रेष्ठको सरुवा

    roshani shreshtha cdo

    भक्तपुरकी सिडिओ रोशनीकुमारी श्रेष्ठको सरुवा भएको छ । गृह मन्त्रालयले शुक्रवार उनको सरुवा गरेको हो...

    स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरमा पन्चाङ्ग निर्णय

    Tihar

    यस वर्षको स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरले पन्चाङ्ग निर्णय गरेको छ । भक्तपुर...