News Portal

  • कान्तिपुर बिरुद्धको आन्दोलनमा पत्रकार महासंघ भक्तपुरको ऐक्यवद्धता

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २२ कार्तिक २०८०
    ५१२ पटक
    भक्तपुर, २२ कार्तिक २०८०

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले कान्तिपुर मिडिया ग्रुपबिरुद्ध श्रमजीवीको पक्षमा ऐक्यवद्धता प्रकट गरेको छ । कान्तिपुर मिडिया ग्रुपले कर्मचारी नियमावली र श्रमजीवी पत्रकार ऐन बिपरित बलजफ्ती पत्रकार निष्कासन गरेको बिरोधमा जारी आन्दोलनप्रति भक्तपुर शाखाले ऐक्यवद्धता प्रकट गरेको हो ।

    कान्तिपुर मिडिया ग्रुपको थापाथलीस्थित मुलगेट अघि धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै भक्तपुर शाखाका सचिव संजीप शुभचिन्तकले भक्तपुरका पत्रकारहरु न्यायको पक्षमा रहेकाले कान्तिपुरबाट बलपूर्वक निकालिएका पत्रकारले न्याय पाउनुपर्ने प्रष्ट पारे । कान्तिपुरलाई बलियो बनाउन पत्रकारको हात रहेको नभुल्न आग्रह गर्दै सचिव शुभचिन्तकले अन्यथा भक्तपुरमा कान्तिपुर बहिस्कारको लागि शाखाले अपिल गर्नुपर्ने अवस्था आउने चेतावनी समेत दिएका छन् ।

    श्रमजीवीको रगत र पसिना खाएर कान्तिपुरलाई भलो नहुने भन्दै उनले कान्तिपुरका पिडित पत्रकारको पक्षमा केन्द्र र प्रदेशसंगै भक्तपुर जिल्ला शाखा काधमा काध मिलाएर आन्दोलनमा होमिने प्रतिवद्धता समेत प्रकट गरेका छन् । आन्दोलनमा ऐक्यवद्धता प्रकट गर्न जिल्ला शाखाका अध्यक्ष जगतकृष्ण प्रजापति पनि पुगेका थिए ।

    उक्त अवसरमा केन्द्रीय अध्यक्ष बिपुल पोख्रेल र महासचिव रोशन पुरीले कान्तिपुर विरुद्ध जारी आन्दोलन श्रम अधिकार, न्याय र सत्यको लागि भएको भन्दै न्याय प्रप्ति नहुँदासम्म आन्दोलन जारी रहने उद्घोष गरे । महासंघ उपत्यका प्रदेशका अध्यक्ष श्रीजन झाको नेतृत्वमा धर्ना कार्यक्रम गरिएको थियो ।

    कान्तिपुर मिडिया ग्रुपले ८२ जना पत्रकारलाई गैरकानुनी ढंगले निष्काशन गरेपछि महासंघ केन्द्रीय समितिको निर्णय अनुसार कान्तिपुर बिरुद्ध पत्रकार आन्दोलित छन् ।

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...