News Portal

  • दुर्गा प्रसाईलाई नजरबन्दमा राखिएको छैन : जिप्रका भक्तपुर (बिज्ञप्तीसहित)

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ९ मंसिर २०८०
    ५८५ पटक
    bhaktapur cdoभक्तपुर, ९ मंसिर २०८०

    गणतन्त्र बिरोधी अभियानमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई प्रहरी प्रशासनले नजरबन्दमा राखेको हल्लापछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रसाईंलाई नजरबन्दमा नराखिएको प्रष्ट पारेको छ । सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र प्रसाद निरौलाले शुक्रवार साँझ एक प्रेस विज्ञप्ती जारी गर्दै प्रसाईलाई नजरबन्दमा नराखिएको प्रष्ट पारेका हुन् ।

    शुक्रवार साँझ जिल्ला प्रशासन कार्यालय भक्तपुर द्वारा जारी प्रेस विज्ञप्तीमा प्रसाईंले आफ्नो इच्छा अनुसार पत्रकार सम्मेलन गर्ने, आवतजावत गर्ने, मानव अधिकारकर्मीहरु एवम् शुभेच्छुकहरुसँग भेटघाट गर्ने जस्ता कार्य नियमित रुपमा गरिरहेको जनाउँदैं निषेधित क्षेत्रमा सभा जुलुश गर्ने लगायतका प्रचलित कानुनले रोक लगायका कार्यहरु बाहेक प्रसाईंले गर्न चाहेका अन्य कार्यमा सुरक्षाकर्मीहरुबाट कुनै रोक नलगाएको उल्लेख गरिएको छ ।

    पछिल्लो समय बढ्दो सुरक्षा चुनौतीका कारण सुरक्षा जोखिमको आंकलन र परिस्थितीको गाम्भीर्यतालाई मध्यनजर गरी प्रसाईं र प्रसाईंको निवासमा सुरक्षा मात्र प्रदान गरिएको बिज्ञप्तीमा बताइएको छ ।

    “स्थानीय प्रशासन ऐन बमोजिम नेपाल सरकारले कुनै स्थानमा भेला भई धर्ना, अनसन, घेराउ र विरोध प्रदर्शन लगायतका गतिविधि गर्दा आपसी विवाद, झै–झगडा, मुठभेड तथा भिडन्त भई शान्ति सुरक्षा भंग हुनसक्ने स्थानहरुमा निषेधाज्ञा लगाईएको बाहेक अन्य अवस्थामा स्थानीय प्रशासनको पुर्व स्वीकृति लिई सार्वजनिक स्थालहरुमा शान्तिपूर्ण रुपमा कार्यक्रम गर्न छुट रहेको र सो अधिकारको प्रयोगमा जिल्ला प्रशासन कार्यालय, भक्तपुरबाट कहिकतै कुनै तवरमा अवरोध गरिएको छैन,” विज्ञप्तीमा भनिएको छ ।

    जिल्ला प्रशासन कार्यालय भक्तपुरले शान्ति सुरक्षामा खटिएका सुरक्षाकर्मीले इमान्दार रुपमा गरेका कार्यको अपव्याख्या नगर्न र शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने कार्यमा आवश्यक सहयोग पु¥याउन समेत सम्बन्धित सबैमा अनुरोध छ ।

    बि एण्ड सी अस्पतालका संचालक  झापा स्थायी घर भएका प्रसाई भक्तपुरको मध्यपुर थिमि–६ स्थित आफ्नै निजी निवासमा बस्दै आएका छन् । बिहीवार बल्खुमा शक्ति प्रदर्शन गरेका प्रसाईले आफ्ना समर्थकलाई ३ दिन प्रदर्शन गर्न उर्दी जारी गरेका भएपनि शुक्रवार उनी आफै घर बाहिर निस्किएनन । उनले निवासमै भेटघाट र पत्रकार सम्मेलन समेत गरेका छन् । तर, प्रसाइलाई प्रहरीले निवासमै नजरबन्दमा राखेको भन्दै उनका तर्फबाट डा सुरेन्द्र भण्डारीले सर्वोच्च अदालता बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका छन् ।

    प्रचार फंडा गर्न मन पराउने प्रसाई आफ्ना अभिव्यक्ति र व्यवहारका कारण बिबादित छवी बनाएका व्यवसायी हुन् । यस अघि प्रसाई बिरुद्ध मानहानीको मुद्दा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा दर्ता भएको थियो । चिकित्सा शिक्षा आयोगका तत्कालिन उपाध्यक्ष श्री कृष्ण गिरीले दर्ता गराएको उक्त मुद्दा सिडिओ प्रेमप्रसाद भट्टराईको पालामा गुपचुपमा रफादफा गरिएको थियो ।

     

    हेर्नुस् जिल्ला प्रशासन कार्यालय बाट जारी बिज्ञप्ती

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...