News Portal

  • आर्थिक वर्षको चौमासिक सकिँदा समेत आएन नीति तथा कार्यक्रम र बजेट

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १० मंसिर २०८०
    १५९ पटक
    भक्तपुर, १० मंसिर २०८०

    सर्लाहीको चन्द्रनगर गाउँपालिकाले चालु आर्थिक वर्षको ४ महिना पुरा हुँदा समेत वार्षिक बजेट, नीति तथा कार्यक्रम ल्याउन सकेको छैन ।चालु आर्थिक वर्षको पहिलो चौमासिक पुरा हुँदा समेत गाउँपालिका अध्यक्ष र उपाध्यक्ष एवं गाउँपालिकाका जनप्रतिनिधिहरुको विवादका कारण वार्षिक बजेट,नीति तथा कार्यक्रम आउन नसकेको हो ।

    चन्द्रनगर गाउँपालिका,गाउँकार्यापालिकामा १५ जना जनप्रतिनिधिहरु रहेका भएपनि १२ जना जनप्रतिनिधिहरु गाउँपालिका उपा अध्यक्ष गीता देवी महतोको पक्षमा छन् भने अध्यक्ष राज कुमार महतो सहित ३ जना जनप्रतिनिधिहरु गाउँपालिका उपा अध्यक्ष गीतादेवीको विपक्षमा रहेका छन् ।त्यस्तै,३९ जना गाउँ सभा सदस्यहरु मध्य ३० जना गाउँ सभा सदस्यहरु गाउँपालिका उपा अध्यक्ष गीतादेवीको पक्षमा छन् भने ९ जना गाउँ सभा सदस्यहरु गाउँपालिका अध्यक्ष महतोको पक्षमा रहेका छन् ।

    ३ जना कार्यपालिका सदस्य र ९ जना गाउँ सभाका सदस्यहरुको साथमा रहेका गाउँपालिका अध्यक्ष महतोले बहुमतलाई बेवास्ता गर्दै आफूखुसी निर्णयहरु गर्दै भ्रष्टाचार गर्ने र आफूखुसी निर्णय गर्न नपाए कार्यक्रमहरु गर्न नदिने र त्यसको आरोप चाहि गाउँपालिका उपाध्यक्ष गीतादेवी लगायतका बहुमत जनप्रतिनिधिहरुलाई लगाउने गरेका चन्द्रनगर गाउँपालिका ३ का वडा अध्यक्ष सिताराम महतोले बताए । उनले आफूहरुले रहरले नभई बाध्य भएर गाउँपालिका अध्यक्ष महतोको विपक्षमा बोल्नु परेको जिकिर गरेका छन् ।

    चालु आर्थिक वर्षको वार्षिक बजेट,नीति तथा कार्यक्रमहरु असार १० गते नै गाउँसभा गरेर ल्याउनुपर्नेमा अध्यक्ष महतोले गाउँपालिकालाई कब्जा गरी आफ्नो स्वार्थ शिद्ध नहुँदा सम्म गाउँ सभा हुन नदिएका उपा अध्यक्ष गीतादेवीले बताईन् । उनका अनुसार गाउँपालिका अध्यक्ष महतोले आफुहरु बहुमतमा रहेको भएपनि कुनै सल्लाह नगरी आफुखुुसी काम गर्ने गरेका कारण विरोध गर्नु परेको हो ।
    गाउँ सभा नहुँदा गाउँपालिकाका सबै कर्माचारीहरु एवम शिक्षकहरुले तलब भत्ता खान नपाएका,सामाजिक सुरक्षा भत्ता लिन नपाएका,उपभोक्ताहरुको करिब ६ करोड भुक्तानी गर्न बाँकी रहेको साथै गाउँपालिकाको सबै विकास निर्माणका कामहरु ठप्प भएको अवस्थामा आफुहरुले पटक पटक गाउँ सभा गर्न आग्रह गरेको भएपनि गाउँपालिका अध्यक्ष महतोले अनाकानी गरि रहेका उपा अध्यक्ष महतोले बताईन् ।

    उनका अनुसार गाउँ सभा गर्न बहुमत जनप्रतिनिधिहरुले ४ पटक निवेदन दर्ता गराएको भएपनि अध्यक्ष महतोले गाउँपालिकालाई बन्धी बनाएका छन् ।जसका कारण चालु आर्थिक वर्षको ४ महिना बिति सक्दा पनि गाउँ सभा हुन नसकेको साथै बहुमत गाउँपालिका सदस्यहरुले आर्थिक वर्ष २०७९/८० को हिसाब माग्दा असार २७ गते दिने बताएका गाउँपालिका अध्यक्ष महतोले हाल सम्म पनि हर हिसाब नदिएका, गाउँपालिका भित्रका विकास निर्माणका कामको कार्यदेश गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले दिनु पर्ने प्रावधान भएपनि गाउँपालिका अध्यक्षले आफुले दिनुपर्ने भन्दै प्रमुख प्रशासकीय अधिकृतलाई पनि दवाव दिएका, आर्थिक वर्ष २०७९÷०८० को गाउँ सभा गर्न सहजता प्रदान गरी दिँदा गाउँपालिका अध्यक्ष महतोले आफ्ना आसेपासे,नातागोता र घरपरिवारको विकासमा लागेका कारण त्यो हर हिसाब राम्रोसंग जनताको माझमा प्रस्तुत गर्न आग्रह गरेको उपा अध्यक्ष गीतादेवीले बताईन् । आर्थिक वर्ष २०७९÷०८० को वार्षिक बजेटमा कुन योजनाका लागि कति रकम छ ?भन्ने कुरा गाउँपालिका उपाअध्यक्ष गीतादेवी सहित कुनैपनि वडा अध्यक्षहरुलाई जानकारी नै नगराई आफुखुसी गरेका,आर्थिक वर्ष २०७९÷०८० को गाउँपालिकाको वार्षिक बजेट,नीति तथा योजना समेटिएको पुस्तक हाल सम्म पनि प्रकाशन नगरिएको,वडा अध्यक्षहरुको अधिकार हनन् गर्न लागि परेका,संघिय कानुनसंग बाँझिने गरी ऐन नियमावाली कार्यविधि तथा संघिय सरकारले विकास निर्माणको काम गर्दा गाउँपालिका अध्यक्ष महतोसंग पुर्व स्विकृत लिनु पर्ने बाध्यकारी कानुन बनाएको,गाउँपालिकामा स्थायी कर्माचारीहरु हुँदा हुँदै आसेपासेलाई पोस्न करारका कर्माचारीलाई योजना शाखाको जिम्मा दिएका,गाउँपालिका अध्यक्ष महतोले आफ्नो स्वमीत्वमा राखेको रकम कुन कुन शिर्षकमा खर्च गरे भन्ने हर हिसाब देखाउन नसकेका तर आफुलाई अनावश्यक आरोपहरु लगाएका,गाउँपालिका अध्यक्ष महतोले आफ्नो स्वामीत्वमा राखेको करोडौँ बजेटबाट शिक्षा,स्वास्थ्य,कृषि एवम नगरिकहरुका प्रत्यक्ष सरोकारका कामहरुमा कहाँ खर्च गरे ? भन्दै चन्द्रनगर गाउँपालिका ३ का वडा अध्यक्ष सिताराम महतोले प्रश्न गरे ।

    गाउँपालिकालाई गैर सरकारीकरण गर्न लागेका गाउँपालिका अध्यक्ष महतोले ८ करोड भन्दा बढी बजेट कुनुकुन काममा खर्च गरे,जनतासंग कुरा नामक कार्यक्रममा ७ लाख,धामी सम्मेलनमा १० लाख,सोहजन वितरणमा २२ लाख,पत्रपत्रिका खर्च ५७ लाख तथा १ वर्षमा ४ सय ७२ वटा कार्यक्रमहरु सञ्चालन गरेको भन्दै रकम सकाउने र भ्रष्टाचार गर्ने काम गरेका सो रकमको हर हिसाब जनतालाई स्पष्ट रुपमा देखाउन आफुहरुले माग गर्दा आफुले भ्रष्टाचार गरेको फर्दाफाँस हुने भएपछि अध्यक्ष महतो अतालिएका वडा अध्यक्ष सितारामले बताए ।उनले एक वर्षमा गाउँपालिका अध्यक्ष महतोले गरेको इन्धन खर्च नै भ्रष्टाचारको प्रमाण रहेको बताएका छन् ।

    राष्ट्रिय योजना आयोगबाट आएको रु १ करोड र गाउँपालिकाको विकासको लागि आएको रकमबाट रु २२ लाख गरी गाउँपालिका अध्यक्ष महतोले “सोहजन आन्दोलन”को नाममा १ करोड २२ लाख अनियमितता गर्न खोजेका चन्द्रनगर गाउँपालिका ७ का वडा अध्यक्ष दिपेन्द्र कुमार चौधरीको भनाई छ ।
    आफूहरु चन्द्रनगर गाउँपालिकाको विकास गर्न निर्वाचित भएको र सबैको ध्यान तेता तिर जानुको सट्टा गाउँपालिका अध्यक्ष महतोको ध्यान अनियमितता तिर गएका कारण आफुहरुले विरोध गर्नु परेको चन्द्रनगर गाउंपालिका ४ का वडा अध्यक्ष राजिव सिंह दनुवारले बताए ।

    गाउँपालिका उपाध्यक्ष गीतादेवी सहित बहुमत कार्यपालिका सदस्यहरु एकातिर भएपनि गाउँपालिका अध्यक्ष महतोले सामाजिक सञ्जाल मार्फत वा विभिन्न माध्यामहरु मार्फत आफुलाई राम्रो र अरुलाई नराम्रो देखाउने खेलमा लागेका कारण चन्द्रनगर गाउँपालिकाको नगर सभा हुन नसकेको चन्द्रनगर गाउँपालिका ६ का वडा अध्यक्ष राम स्वरुप राउतले बताए ।उनले भने कार्यपालिकाको बैठकमा गाउँपालिका अध्यक्ष महतोले आफुहरुलाई उपस्थितिमा मात्र हस्ताक्षर गराउने र समापनमा हस्ताक्षर नगराई विचमा आफुखुसी निर्णयहरु गर्ने गरेका पाइएको समेत बताए ।

    चन्द्रनगर गाउँपालिकामा कुनै पार्टी विशेष राजनीतिक द्वन्द्व नभई भ्रष्ट गाउँपालिका अध्यक्ष महतोको कार्यशैलीको विरुद्धमा आफूहरु बोलेको चन्द्रनगर गाउँपालिका ५ का वडा अध्यक्ष सूर्य वंश राय यादवले बताए । ”हामी जनताको काम गर्न,जनताको सेवा गर्न निर्वाचित भएका हौँ तर गाउँपालिका अध्यक्ष महतो भ्रष्टाचार गर् भन्छन् हामी कसरी मान्ने ? उनले भने ।

    गाउँपालिका अध्यक्ष महतोले कार्यपालिका गाउँपालिकाको सभाहल भन्दा बाहिर बोलाउनु नै शंकास्पद गतिविधि भएको र आफुहरुले गाउँपालिकाको हलमा कार्यपालिका बैठक गरौँ बाहिरको बैठकको औचित्य छैन् भनेर गाउँपालिकाको हल भन्दा बाहिर बोलाइएका बैठकहरुमा आफूहरु नगएको चन्द्रनगर गाउँपालिका ३ का वडा अध्यक्ष सितारामले बताए । ”कार्यपालिका बैठक गर्न गाउँपालिकाको आफ्नै हल हुँदाहुँदै अध्यक्ष महतोले आफूखुसी जहाँ पायो त्यँही बोलाएका बैठकमा किन जानु ?” उनले भने ।

    गाउँपालिकाकी उपाध्यक्ष गीतादेवीसहितका बहुमत सदस्यहरुले गत आर्थिक वर्षको हिसाब पाएपछि मात्र गाउँसभामा सहभागी हुने जनाएपनि गाउँपालिका अध्यक्ष महतोले हिसाब दिनुको सट्टा आफुहरुको विरुद्धमा सामाजिक सञ्जालहरुका साथै बाहिर गएर गरेका गतिविधिहरु र आफुहरुलाई लगाएका अर्नगल आरोपहरुको पछि नलाग्न चन्द्रनगर गाउँपालिका ७ का वडा अध्यक्ष चौधरीले आग्रह गरे ।उनले गाउँपालिका अध्यक्ष महतोले लगाएका आरोपहरु प्रमाणीत गर्न पनि चुनौती दिए ।

    अध्यक्ष महतोले गत वर्षको हिसाब नै नदिएका कारण गाउँसभा हुन नसकेको गाउँपालिका उपाध्यक्ष गीतादेवीले बताइन् । उनले अध्यक्ष महतोले बसेर सबै खर्चको हिसाब दिनुपर्ने तर्क राखिन् । “हिसाब दिएर मात्र हुँदैन,उहाँ पनि बसेर हरेक हिसावको बारेमा जानकारी पनि दिनुप¥यो,चित्त बुझ्दो जवाफ चाहियो ।”उनले भनिन् । अध्यक्ष महतो हिसाब किताबको लागि हुने बैठकमा केही समय बसेर भाग्ने गरेका कारण समस्या थप जटिल भएको र आफूहरुको चित्त नबुझेको उपाध्यक्ष गीतादेवीको भनाई छ । उनले थपिन आफुहरुले मागेको हिसाब स्पष्ट रुपमा अध्यक्ष महतोले दिए अरु केही समस्या छैन् तर हिसाब पनि नदिने र उल्टै अनावश्यक आरोपहरु लगाउने छुट गाउँपालिका अध्यक्ष महतोलाई नरहेको उपाध्यक्ष गीतादेवीले बताइन् ।

    यता, आफूसंग बहुमत नपुगेकाले गाउँ सभा गर्न नसकेको अध्यक्ष महतोले बताए । गाउँसभा गर्नका लागि आफूले प्रयास गरेको तर सानातिना कुरामा उपाध्यक्ष गीतादेवी सहितका बहुमत सदस्यहरु अल्झीएका कारण समस्या सृजना भएको अध्यक्षले महतोले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...