News Portal

  • पूर्वमन्त्री बस्नेतलाई सुरक्षा थ्रेट : पाए पिएसओ सुविधा

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १३ मंसिर २०८०
    ९७३ पटक
    भक्तपुर, १३ मंसिर २०८०

    पूर्व मन्त्री समेत रहेका भक्तपुरका नेता एवं नेकपा(एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले व्यक्तिगत सुरक्षा अधिकारी (पिएसओ) पाएका छन् । सरकारले पिएसओ फिर्ता लगेको एक सातामै पूर्वमन्त्री बस्नेतले पुन: सो सुविधा पाएका हुन् ।

    संसदको राज्य व्यवस्था तथा सुशासन समिति र उपप्रधान एवं ग्रहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले केही पूर्व उपप्रधान मन्त्री र मन्त्रीहरु लगायतका ४५ जनाको सुरक्षामा खटिएका ५८ सुरक्षाकर्मी फिर्ता लगेको थियो । विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ विपरीत रहेको र सुरक्षा जोखिम नरहेको निष्कर्षका आधारमा ती सुरक्षाकर्मी फिर्ता लगिएका थिए ।

    सुरक्षाकर्मी फिर्ता गरेकामा नेताहरु असन्तुष्ट रहँदै आएका थिए । यसैबीच २१ नेताले आफूलाई सुरक्षा थ्रेट रहेको जिकिर गर्दै पिएसओ माग गरेपछि उनीहरुलाई साविककै पिएसओ पाउने गरी फिर्ता गरिएको गृह मन्त्रालय श्रोतले जनाएको हो ।

    पूर्व उपप्रधानमन्त्रीहरू ईश्वर पोखरेल, गोपालमान श्रेष्ठ, उपेन्द्र यादव, रघुवीर महासेठ र राजेन्द्र महतोले पिएसओ फिर्ता लगेका छन् भने पूर्वमन्त्रीहरूमा बस्नेत संगै गगन थापा, गिरिराजमणि पोखरेल, खड्गबहादुर विश्वकर्मा, प्रभु साह, लेखराज भट्ट, सुरेन्द्र पाण्डे, पार्वत गुरुङ, प्रदीप ज्ञवाली, अनिलकुमार झा, लीलानाथ श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, अग्नि खरेल, ल्यारक्याल लामाको पनि पिएसओ फिर्ता गरिएको बताइएको छ । राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज समेत रहेका भक्तपुरका नेता बस्नेत पछिल्लो समय मेडिकल व्यवसायी दुर्गा प्रसाई र उनको अभियानका कारण सुरक्षा जोखिममा रहेका छन् ।

    त्यस्तै सर्लाहीका स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले आफूलाई नेपाली कांग्रेस सर्लाहीका नेताले हातपात गरेकाले सुरक्षा चुनौती देखिएको दावी गर्दै र अख्तियारका पूर्वआयुक्त गणेशराज जोशीले पनि तत्कालिन मुद्दाका कारण सुरक्षा चुनौती देखाउदै पिएसओ फिर्ता लगेका छन् ।

    नेताहरुको साथमा रहेर सबै मनपेट पाएका केही पिएसओहरुले पुन सोही जिम्मेवारी पाउन दौडधुप गरेकाले पनि कतिपय नेताहरुले उनीहरुको मन राख्न राजनीतिक दबाब दिएर पुन: ती पिएसओलाई ल्याएका श्रोतले दावी गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...