News Portal

  • उपभोक्ता हित संरक्षणमा चाँगुनारायण प्रतिवद्ध

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १७ मंसिर २०८०
    ५०४ पटक
    भक्तपुर, १७ मंसिर २०८०

    चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले उपभोक्ताको हित संरक्षणका लागि नगरपालिका दृढ रहेको दावी गरेका छन् । संविधान र कानुनले नै उपभोक्ताको अधिकार सुनिश्चित गरेकाले त्यसको कार्यान्वयनमा चाँगुनारायण नगरपालिका प्रतिवद्ध रहेको उनले प्रष्ट पारेका हुन् ।

    चाँगुनारायण नगरपालिकासँगको सहकार्यमा आइतवार राष्ट्रिय सञ्चार केन्द्रद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा मेयर खत्रीले उपभोक्ताको हित बिपरित हुने कार्य भ्रष्टाचार भएको बताए । तीनै तहका सरकारले उपभोक्ताको अधिकारका लागि काम गर्नुपर्नेमा जोड दिंदै उनले एउटा सरकारले अर्को सरकारलाई दोष दिएर उपभोक्ताको अधिकार हनन हुन दिनु नहुने बताए । जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बजार अनुगमन समिति रहेको र त्यसलाई आफ्नो नगरपालिकाले सदैव साथ् दिएको उनको दावी छ । त्यसैगरी नगरपालिका आफैले पनि बजार अनुगमन गरिरहेको बताउदै मेयर खत्रीले अनुगमन संगै कैफियत गर्नेलाई कारवाहीको दायरामा ल्याइएको जानकारी गराएका छन् ।

    अन्तरक्रिया कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जिल्लामा उपभोक्ता अधिकार कार्यान्वयन गर्न स्थानीय सरकार, उद्योग बाणिज्य संघ, अधिकारकर्मी र संचार जगतको ठुलो सहयोग रहेको भन्दै सबैको सहयोग बाट नै बजार अनुशासन कायम गर्न सकिने बिश्वास व्यक्त गरेका छन् । उपभोक्ता र व्यवसायी दुवै पक्षलाई सचेत पार्दै उपभोक्ता अधिकारको कार्यान्वयन पक्षलाई थप बलियो बनाउदै जानुपर्ने उनको भनाइ छ ।

    त्यस्तैगरी चाँगुनारायणका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले आफूहरुले सेवा प्रवाहमा असर नपर्ने गरी बजार अनुगमनका लागि जनशक्ति परिचालन गर्ने गरेको जानकारी गराए । कार्यालय समय भन्दा अघि र पछि तथा बिदाको दिन पनि आफूहरु अनुगमनमा खटिने गरेको उनले बताएका छन् । उपभोक्ता बाट गुनासो आएमा अथवा बिश्वस्त सूचना प्राप्त भएमा तत्काल अनुगमन र कारवाहीका लागि संयन्त्र निर्माण गरिएको उनले जिकिर गरेका छन्।

    आयोजक संस्था राष्ट्रिय सञ्चार केन्द्र नेपालका अध्यक्ष पेशल आचार्यको अध्यक्षतामा सम्पन्न गरिएको कार्यक्रमको संचालन सचिव हेमराज ढकालले गरेका थिए । कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्ता अधिकारको विषयमा प्रस्तुतिकरण दिएका थिए ।

    उक्त अवसरमा चाँगुनारायणका अधिकृत सुरज पौडेल र निला घिमिरेको समेत उपस्थिति रहेको थियो भने अन्तरक्रियामा जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी, व्यवसायी र संचारकर्मीको सक्रिय सहभागीता रहेको संस्थाकी कर्मचारी पूजा बस्नेतले जानकारी गराएकी छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...