News Portal

  • खानेपानी वितरण र शुल्क असुलीको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्ने सांसद सुवालको सुझाव

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २० मंसिर २०८०
    ४५३ पटक
    prem suwalभक्तपुर, २० मंसिर २०८०

    खानेपानी मन्त्री महिन्द्रराय यादवको अध्यक्षतामा काठमाडौं उपत्यकामा खानेपानीको समस्या र समाधानका बारे अन्तरक्रिया सम्पन्न भएको छ । खानेपानी व्यवस्थापन बोर्ड, काठमाडौं उपत्यका खानेपानी लिमिटेड र आयोजना कार्यान्वयन निर्देशनालयको पुनर्संरचनासम्बन्धी र मेलम्ची आयोजनाको दिगो समाधानका विषयमा पृष्ठपोषण संकलनको लागि काठमाडौं उपत्यकाका सांसद तथा नगर प्रमुखहरुबीच सिंहदरवारमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा बोल्दै खानेपानी मन्त्री यादवले काठमाडौं उपत्यकाको खानेपानी समस्या हल गर्न सरकार गम्भीर रहेको बताउँदै खानेपानीको समस्या समाधान संघ, प्रदेश र स्थानीय तहको साझा दायित्व भएको बताएका छन् ।

    काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, काठमाडौं उपत्यका खानेपानी लिमिटेड र आयोजना कार्यान्वयन निर्देशनालयको पुनर्संरचना बिना उपत्यकामा खानेपानी सरल रुपमा वितरण गर्न सम्भव नभएको बिचार व्यक्त गर्दै उनले आफू यस काममा लागेको स्पष्ट पारे ।

    उपत्यकाका प्राकृतिक खानेपानी स्रोतको संरक्षणमा स्थानीय तहको क्रियाशीलता आवश्यक भएको भन्दै यसका लागि आ–आफ्नो तर्फबाट पहल गर्न अपिल पनि गरे ।

    अन्तरक्रिया कार्यक्रममा नेमकिपाका सचिव एवम् संघीय सांसद प्रेम सुवालले खानेपानी स्रोत संरक्षण र पुर्वाधार निर्माणमा संघीय सरकारकै महत्वपूर्ण भूमिका रहेको बताउँदै खानेपानी वितरण र असुलको जिम्मेवारी स्थानीय तहलाई दिइनुपर्नेमा जोड दिए ।

    उपत्यकाभित्र स—साना खानेपानी आयोजनाहरु सञ्चालनको लागि पनि सरकारले पहल गर्नुपर्ने बताउँदै शासक दलहरुले आफ्नो घोषणापत्र कार्यान्वयन पक्षतिर गम्भीर भएर अगाडि बढे मात्र जनताको समस्या सम्बोधन हुने उनको भनाइ छ ।

    कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सरकारले उपत्यकाबासीहरुलाई खानेपानीको सुनिश्चितताको लागि मेलम्चीको विकल्पमा थप अध्ययन अनुसन्धान गर्नुपर्ने स्पष्ट पारेका छन् ।

    संविधानले मौलिक हकअन्तर्गत राखेको स्वच्छ पिउने पानीको अधिकारलाई सरकरले प्रत्याभूत गराउनुपर्ने बताउँदै उनले सरकारले खानेपानीको स्रोत संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव समेत दिए ।

    शिक्षा, स्वास्थ्य र खानेपानीलाई निजीकरण गर्न नहुनेमा जोड दिंदै उनले उपत्यकाका नदी, खोला र पोखरी संरक्षणमा ध्यान दिएको भए मेलम्ची आयोजनाको ठूलो लगानी जोगिने तर्क गर्दै भएका श्रोत संरक्षणको आवश्यकता औल्याए ।

    काठमाडौं क्षेत्र नं. १० का सांसद राजन केसीले खानेपानी वितरण प्रणाली कमजोर भएकै कारण खानेपानीको समस्या विकराल बन्दै गइरहेको बताउँदै खानेपानीका प्राकृतिक स्रोतहरुलाई पनि संरक्षण गर्नुपर्ने आवश्यकता रहेको बताए ।

    त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोबिता गौतमले खानेपानी अभावका कारण स्थानीयहरु समस्यामा परिरहेको बताउँदै सरकार जवाफदेही ढंगले उपत्यकाको खानेपानी समस्या समाधानमा अग्रसर हुनुपर्ने बिचार व्यक्त गरिन् ।

    कार्यक्रममा काठमाडौं उपत्यकाका संघीय सांसदहरुले उपत्यकाभित्रका खानेपानी तथा सरसफाइ सेवा प्रदायक पुनर्संरचनामाथि आ–आफ्नो धारणा राखेका थिए ।

    त्यस्तै ललितपुर महानपाका उपप्रमुख मन्जली शाक्य, चन्द्रागिरी नपाका प्रमुख घनश्याम गिरी, बुढानिलकण्ठ नपाका प्रमुख, कागेश्वरी मनोहरा नपाका प्रमुख उपेन्द्र कार्की, किर्तिपुर नपाका उपप्रमुख शुभलक्ष्मी शाक्य, हेलम्बु गा.पा. का अध्यक्ष निमा ग्याल्जेन ह्योल्मोलगायतले मेलम्ची खानेपानी आयोजना परिणाममुखी बनाउनुपर्ने, खानेपानीका नयाँ स्रोतहरुको सम्भावना अध्ययन गर्नुपर्ने, खानेपानीको प्राकृतिक मुहान संरक्षण गर्नुपर्ने लगायतका धारणा राखेका थिए ।

    उक्त कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव रामआधार साहले कार्यक्रमको उद्देश्यमाथि प्रष्ट प्रष्ट पारेका थिए भने सहसचिव तिरेशप्रसाद खत्रीले काठमाडौं उपत्यका खानेपानी लि. र आयोजना कार्यान्वयन निर्देशनालयको पुनर्संरचनासम्बन्धी र मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जङ्की अहमद् अन्सारीले मेलम्ची खानेपानी आयोजनाको दिगो समाधानका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...