News Portal

  • एनसेलको शेयर खरिद बिक्री छानविन गर्न उच्चस्तरीय समिति

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २१ मंसिर २०८०
    ३३४ पटक
    भक्तपुर, २१ मंसिर २०८०

    दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानविन गर्न सरकारले एक समिति गठन गरेको छ । बिहीवार बसेको मन्त्रीपरिषद बैठकले उच्चस्तरीय अध्ययन तथा छानविन समिति गठन गरेको हो ।

    पूर्व महालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानविन समिति गठन गरिएको सरकारकी प्रवक्ता रहेकी मन्त्री रेखा शर्माले जनाएकी हुन् । उक्त समितिका सदस्यहरुमाफणिन्द्र गौतम, सचिव– नेपाल सरकार, रितेशकुमार शाक्य, सहसचिव– अर्थमन्त्रालय, बाबुराम भण्डारी, सहसचिव– सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहेका उनले जानकारी गराएकी छन् ।

    उक्त समितिलाई एक महिनाभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिईएको सरकारकी प्रवक्ता मन्त्री रेखा शर्माले प्रष्ट पारेकी छन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...