News Portal

  • सल्लाघारीमा मौलिक नेवारी स्वादको नेवा: ननी शुरु

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २२ मंसिर २०८०
    ४३०७ पटक
    भक्तपुर, २२ मंसिर २०८०

    भक्तपुरमा मौलिक नेवारी खाजा र खानाको स्वाद पस्कने नेवाः ननी शुभारम्भ भएको छ । भक्तपुर नगरपालिकाको वडा नम्बर १ च्वंगा गणेशस्थित मन्दिर प्रवेशमार्गको उत्तरतर्फ रहेको नेवाः ननीले बिहीवारबाट सेवा शुरु गरेको हो ।

    नेवारी स्वादका पारखीहरुलाई लक्षित गरी बनाइएको नेवा: ननी परम्परागत शैलीको साजसज्जाले आकर्षक देखिन्छ । शुरुमा ‘पिकनिक स्पट’ बनाउने योजना रहेकामा काम गर्दै जाँदा डेढ करोड बढीको लागतमा पिकनिक स्पटलाई नेवा: ननीमा पणिणत गरिएको संचालक लक्ष्मीप्रसाद ख्याजूले जानकारी गराएका छन् ।

    नेवा: ननीलाई पारिवारिक माहोल दिइने उनले दावी गरे । विशेषगरी पारिवारिक र साथीभाइको जमघट गर्न र भोज खुवाउन यो अत्यन्त उपयोगी रहने संचालकहरुले बिश्वास व्यक्त गरेका छन् । एकै पटक २ सय जनाले मौलिक एवं परम्परागत नेवारी खाजा तथा भोजको आनन्द लिन सक्ने नेवाः ननीका अर्का सञ्चालक आशाराम फाँजू बताउँछन् । उनका अनुसार ननीमा विवाह, व्रतवन्धलगायतका शुभकार्यअन्तर्गत नेवारी झ्वः भ्वयः (सुकुल भोज) खुवाउने व्यवस्थासमेत छ ।

    करिब ३ रोपनी क्षेत्रफलमा फैलिएको ननीमा प्रवेश गर्न परम्परागत शैलीको प्रवेशद्वार बनाइएको छ । परम्परागत फल्चा र गजुर मात्र होइन, भगवान भैरवको आकर्षक प्रतिमा समेत संचालकहरुले आफ्नै लगानीमा ननीमा स्थापना गरेका छन् । नेवारी खाजा संगै नेवारी वातावरण झल्काउने माहौल बनाइएको संचालक रोशन खर्बुजाले बताए ।

    नेवा: ननीमा आधा दर्जन युवाहरुले लगानी गरेका छन् । दयाराम खर्बुजा, राजेश गारु, लक्ष्मीप्रसाद ख्याजू, राकेश सिन्ताकल र रोशन खर्बुजाले स्वदेशमै बसेर व्यवसायमार्फत सेवाको बाटो रोजेका हुन् । नेवारी स्वादको उत्कृष्ट गन्तब्य, सुविधासम्पन्न पिकनिक स्पट, सभास्थल र पारिवारिक रमाइलोका लागि नेवा: ननीले बेग्लै पहिचान बनाउने उनीहरुले बिश्वास व्यक्त गरेका छन् ।

    नेवा: ननीका हरेक फल्चामा ग्राहकको रुचिअनुसार सुकुल वा टेबलमा बसेर खान सकिने व्यवस्था मिलाइको छ भने मूल्य पनि सस्तो रहेको संचालकको दावी छ । स्वाद र गुणस्तर संगै ग्राहकको स्वास्थ्य र सन्तुष्टि पनि आफूहरुको सरोकारको विषय भएको भन्दै संचालकहरुले एक पटक आउने ग्राहक पटक पटक आउने जिकिर गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...