News Portal

  • मानव अधिकार दिगो बनाउदै लैजान दरवार स्क्वायरमा दीप प्रज्वलन

    राजेशमान मानन्धर भक्तपुर, २४ मङ्सिर २०८०
    ७७५ पटक
    human right bhaktapurभक्तपुर, २४ मङ्सिर २०८०

    ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर नेपाल मानव अधिकार संगठन भक्तपुरको आयोजनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । आइतवार साँझ दरवार स्क्वायरमा दीप प्रज्वलन गरिएको हो ।

    ‘भविष्यमा मानव अधिकार संस्कृतिलाई एकीकृत र दिगो बनाउदै लैजाऔं’ भन्ने मुल नाराका साथ दरवार स्क्वायरमा दीप प्रज्वलन गरिएको संगठनका अध्यक्ष राम कृष्ण मानन्धरले बताएका छन् ।

    नेपाल मानव अधिकार संगठन भक्तपुरका उपाध्यक्ष पशुपतिभक्त रायको नेतृत्वमा उक्त दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा उपाध्यक्ष रायले आजकै दिन सन् १९४८ मा डिसेम्बर महिनाको १० तारिखका दिन विश्वव्यापी मानव अधिकारहरूको घोषणा भएको स्मरण गर्दै विश्वभरी नै मानव अधिकार रक्षाको पक्षमा आफूहरु रहेको प्रष्ट पारे । नेपाल र भक्तपुरमा मानव अधिकारको अवस्थाबारे उल्लेख गर्दै उपाध्यक्ष रायले मानव अधिकार सुनिश्चित नभई कुनै पनि समाज र देश सुखी, खुशी र सम्बृद्ध बन्न नसक्ने बताए ।

    कार्यक्रममा संगठनका कार्यसमिति सदस्यहरु राम प्रसाद प्रजापति, राजेश मान मानन्धर, सरोज खोतेजा, राजेस भोखाध्यो, प्रविन त्वाती लगायतको सक्रियता रहेको थियो । उनीहरुले स्पिकरको प्रयोग गरी मानव अधिकार सम्बन्धि कुराहरुको प्रचारप्रसार गरेका थिए । कार्यक्रममा आफ्नो मानव अधिकारका विषयहरु थाहा पाउन र त्यसको उपभोगमा सचेत रहनपर्नेमा जोड दिइएको थियो भने आफ्नो अधिकारको प्रयोग गर्दा अरुको मानव अधिकार हनन गर्न नहुने विषयमा समेत सजग गराइएको थियो ।

    उक्त दीप प्रज्वलन कार्यक्रममा प्रहरी प्रभाग दरवार स्क्वायरका प्रहरी नायव निरीक्षक खिल बहादुर दुलालको नेतृत्वमा प्रहरीहरु समेत सामेल भएका थिए । युवा, विद्यार्थी, स्थानीय र बटुवाहरुले कार्यक्रमको अभिरुचीपूर्वक अवलोकन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...