News Portal

  • मध्यपुर थिमिमा रेडक्रस भवन बनाउन नगरपालिकाले सहयोग गर्ने

    प्रदिप श्रेष्ठ मध्यपुर थिमि, २७ मंसिर २०८०
    ३३२ पटक
    मध्यपुर थिमि, २७ मंसिर २०८०

    प्रदिप श्रेष्ठ, मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख विजय कृष्ण श्रेष्ठले नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाको आफ्नै भवन बनाउन सहयोग गर्ने प्रतिवद्धता प्रकट गरेका छन् । बुधवार २१ औं उपशाखा सभालाई सम्बोधन गर्दै उनीहरुले सो प्रतिवद्धता प्रकट गरेका हुन् ।

    सभामा प्रमुख अतिथि रहेका मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले वन उपभोक्ता समितिसंग समन्वय गरी जग्गा उपलब्ध गराइदिने र भवन निर्माणमा सहयोग गर्ने बताएका हुन् । ”जग्गा अवलोकन पनि गरिसकिएको छ, आवश्यक प्रक्रिया अगाडि बढाउछौं ।” उनले भने । मध्यपुर थिमि नगरपालिकालाई दिगो रुपमा स्वास्थ्य, शिक्षा, रोजगार र पर्यटन विकासमा ठोस योजनाका साथ लागिरहेको समेत उनले जानकारी गराएका छन् ।

    त्यस्तै कार्यक्रमका विशेष अतिथि मध्यपुर थिमि नगरपालिकाका उप्रमुख विजयकृष्ण श्रेष्ठले रेडक्रसले गर्दै आइरहेको सेवाहरु प्रशंसनीय रहेको र मध्यपुर थिमि नगरपालिकाले पनि भक्तपुर शाखाको सहकार्यमा नगरबासीहरुलाई निःशुल्क रगत उपलब्ध गराउदै आएको बताउदै सामाजिक सेवामा सक्रिय यस संस्थालाई आवश्यक हरेक सहयोगका लागि नगरपालिका तत्पर रहेको बताएका छन् ।

    उक्त अवसरमा वडा नं. ४ का वडाध्यक्ष बालकुष्ण पात्या श्रेष्ठ, बालकुमारी विष्णुवीर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कृष्णलाल गोजा श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरका कार्यबाहक सभापति कृष्णेश्वरी हाडा लगायतका अतिथिहरुले नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाको योगदानको स्मरण गर्दै सहयोगको आश्वासन दिएका छन् ।

    उपशाखाका सभापति बाबुकाजी श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा उपशाखाका उपसभापति सविना श्रेष्ठले स्वागत मन्तब्य राखेकी थिइन् भने सचिव जीवन श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए ।

    उक्त सभामा “उत्कृष्ट स्वयंसेवक पुरस्कार”को लागि समाजसेवी सूर्यकृष्ण थापा श्रेष्ठले रू. १ लाख ११ हजार १ सय ११ रुपैयाको धनराशी अक्षयकोष स्थापना गर्न चेक हस्तान्तरण गरेका अध्यक्ष बाबुकाजी श्रेष्ठले जनाएका छन् । कार्यक्रममा अर्को वर्षदेखि लागु हुनेगरी “उत्कृष्ट स्वयंसेवक पुरस्कार” नियमावली – २०८० पारित गरिएको पनि उनले जानकारी गराए ।

    उपशाखालाई अगाडि बढाउनका लागि विपद् व्यवस्थापन कोष, शवबाहन व्यवस्थापन कोष, स्वास्थ्य उपचार कोष, कर्मचारी उपदान कोष स्थापना गरिएको उपशाखाका सभापति श्रेष्ठले बताए ।त्यस्तैगरी आजीवन सदस्य सुरज श्रेष्ठले उपशाखालाई विपी सेट हस्तान्तरण गरेका छन् भने पूर्वसभापति भुवनचरण श्रेष्ठले विपद् व्यवस्थापन कोषका लागि १२ हजारको चेक हस्तान्तरण गरे । रेडक्रसका सदस्यहरुको स्वास्थ्यलाई ध्यानमा राखी सहुलियत उपचारको लागि भक्तपुर इन्टरनेशनल अस्पतालसंग उपशाखाले “सहुलियत उपचार सेवा” सम्झौता समेत गरेको छ ।

     

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...