News Portal

  • अपराध न्यूनीकरणमा नागरिक सहयोग अपरिहार्य : एआइजी दिपक थापा

    राजेशमान मानन्धर भक्तपुर, २८ मंसिर २०८०
    ३३३ पटक
    dipak thapa policeभक्तपुर, २८ मंसिर २०८०

    काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख रहेका प्रहरी अतिरिक्त महानिरिक्ष(एआइजी) दिपक थापाले नागरिकको सहयोग बिना प्रहरी अधुरो हुने बताएका छन् । प्रहरी एक्लैले अपराध न्यूनीकरण गर्न नसक्ने उल्लेख गर्दै उनले नागरिक सहयोग अपरिहार्य रहेको बताएका हुन् ।

    बिहीवार सूर्यविनायक–८ डोलेश्वरमा नवनिर्मित प्रहरी चौकी भवनको उद्घाटन गर्दै एआईजी थापाले प्रहरीको सहयोगले समाज सुरक्षित हुने र समाजको सहयोगले प्रहरी बलियो बन्ने बताए । ”प्रहरीको काम अपराधी समाउने हो, नागरिकले चाहि सघाउने हो ।” उनले भने । उपत्यकामा प्रहरीको कमाण्ड सम्हालिरहेका थापाले अपराध न्यूनीकरणका लागि नागरिक प्रहरी हातेमालोको रणनीति र कार्ययोजना अनुसार काम गर्नुपर्नेमा जोड दिएका छन् ।

    आफू सेवा निवृत्त भएपछि गाउँमै बस्ने खुलासा गर्दै स्थानीय समेत रहेका एआइजी थापाले डोलेश्वर प्रहरी चौकी स्थापनाले आफूलाई सन्तोष मिलेको बताए । यस चौकीको आफू पनि एक सेवाग्राही भएको भन्दै उनले नागरिक मैत्री भएर प्रहरी चौकीले शान्ति सुरक्षा लगायतका सेवा प्रवाह गर्ने विश्वास व्यक्त गरेका छन् । उक्त अवसरमा उनले प्रहरीलाई निन्द्रामा पनि तन्द्रामै रहन निर्देशन दिंदै नागरिकको शान्ति सुरक्षालाई केन्द्रमा राखेर काम गर्न मार्गनिर्देश गरेका थिए ।

    कार्यक्रममा उक्त क्षेत्रका बागमति प्रदेश सभा सदस्य किरण थापाले भवन निर्माण सन्तोषजनक रहेको भन्दै अन्य आवश्यक निर्माण कार्यमा सरकारको सहयोगका लागि आफूले समन्वय गर्ने आश्वासन दिए । प्रदेश सांसद थापाले घ्याम्पे डाँडा क्षेत्रमा चोरी र लागू औषधको कारोवार बढेको जनगुनासो आएको बताउँदैं त्यस्ता गतिविधि नियन्त्रणका लागि प्रहरी युनिट परिचालन गर्न सुझाव समेत दिएका छन् ।

    त्यस्तै, प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले सरकारको प्रमुख काम शान्ति सुरक्षा कायम गर्न भक्तपुर प्रहरीले पुर्याइरहेको योगदानप्रति सन्तोष व्यक्त गरिन । उनले प्रहरीलाई बस्न भवन निर्माणसँगै सेवाको प्रभावकारिता पनि बढ्नुपर्ने बताइन । प्रहरीलाई नागरिक मैत्री बन्न प्रोत्साहित गर्दै उनले आफ्नो सेवा भाव र व्यवहारबाट स्थानीय जनताको मन जित्नपर्नेमा जोड दिएकी छन् ।

    सूर्यविनायक नगरपालिका वडा नं. ८ का अध्यक्ष पुष्पराज बस्नेतले प्रहरी चौकी भवन निर्माणसँगै डोलेश्वर क्षेत्रमा शान्ति सुरक्षाको व्यवस्था थप मजबुद भई अपराध न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

    उक्त अवसरमा भवन निर्माणमा सहयोग गर्नेहरुलाई सम्मानित समेत गरिएको थियो । स्थानीय समेत रहेका जसपाका केन्द्रीय नेता दिल कुमार तामाङ्गले प्रहरी जनताको साथी भएकाले स्थानीय जनताले आवश्यक सहायोगका लागि कुनै कन्जुस्याई नगर्ने बताए ।

    जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी बेद बिष्टको अध्यक्षतामा सम्पन्न उक्त उद्घाटन कार्यक्रमको संचालन प्रहरी वृत्त जगातीकी प्रमुख रहेकी डिएसपी दिप्ती कार्कीले गरेकी थिइन् । उक्त अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालयका डिआइजी लालमणी आचार्य, जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठक, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापति, नेपाली सेना, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रतिनिधिहरु त्यसैगरी स्थानीय जनप्रतिनिधिहरु, पूर्व प्रहरी उपरीक्षक ध्रुबरत्न हाडा लगायत पूर्व प्रहरी कर्मचारीहरु, पत्रकार र स्थानीय भद्रभलाद्मीहरुको उपस्थिति रहेको थियो ।

    साढे दुई तल्ला रहेको डोलेश्वर प्रहरी चौकीको भवन १ करोड १२ लाख ५६ हजारमा तयार भएको चौकीका इन्चार्ज शिवशरण लुबंजारले जनाएका छन् । करिब ४ रोपनी क्षेत्रफलमा रहेको चौकीमा कार्यालय, व्यारेक, थुनुवा कक्ष, मेसलगायतको सूविधा रहेको छ । १५ जनाको दरवन्दी रहेको उक्त प्रहरी चौकीमा हाल ७ प्रहरी तैनाथ रहेका बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...