
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आजै राति देखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ घटाइएको जानकारी दिएको छ ।
घटाइएको नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १ सय ६७, डिजेल र मट्टितेल १ सय ५७ रुपैयाँ पर्ने सूचनामा उल्लेख छ।