News Portal

  • सानोठिमीमा टिपरको ठक्करबाट गयो २३ वर्षीय युवकको ज्यान

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ३० मंसिर २०८०
    ३६३ पटक
    भक्तपुर, ३० मंसिर २०८०

    गएराति सानोठिमीमा दुर्घटनामा परेका युवकको ज्यान गएको छ । ज्यान गुमाउनेमा काभ्रेपलान्चोक रोशी गाँउपालिका १० घर भई गठ्ठाघर बस्ने २३ वर्षीय बिशाल मैनाली रहेका छन् ।

    गएराति २२:४७ बजेको समयमा सानोठिमी स्थित जनक शिक्षा सामाग्री केन्द्र अगाडी बहाखा बजारबाट सानोठिमी तर्फ आउदै गरेको बा. ४ ख. २३४७ नम्बरको ट्रिपर र सानोठिमी बाट जादै गरेको बा. ९२ प. ५५३१ नम्बरको स्कुटी एक आफसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटी चालक मैनाली गम्भीर घाइते भएका थिए ।

    उपचारको लागि नागरीक अस्पताल गठ्ठाघर पुर्याइएका मैनालीको करिब साढे ११ बजे ज्यान गएको प्रहरीले जनाएको हो । टिपर चालक जिल्ला धादिङ थाक्रे गाँउपालिका वडा नं. ७ घर भई हाल जिल्ला सूर्यविनायक ८ सिपाडोल बस्ने बर्ष ४२ को सुरेश तामाङलाई प्रहरी वृत्त थिमिको नियन्त्रणमा राखि घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरी निरीक्षक किसोर ढुंगानाले बताएका छन ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...