News Portal

  • साधारण सभा र अधिवेशन नगर्ने समितिहरुको नेतृत्व खोस्ने नगर प्रमुख थापाको चेतावनी

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ७ पुस २०८०
    ५४० पटक
    basudev thapa mayor sarita timsina deputy mayorभक्तपुर, ७ पुस २०८०

    सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले समयमै साधारण सभा र अधिवेशन नगर्ने उपभोक्ता समितिहरु भंग गर्ने चेतावनी दिएका छन् । त्यस्ता समिति भंग गरी सम्बन्धित वडाको वडाध्यक्षलाई नै समितिको नेतृत्व दिने उनले चेतावनी दिएका हुन् ।

    कटुन्जे सुवर्णेश्वर खानेपानी व्यवस्थापन उपभोक्ता समितिको २२ औं साधारण सभालाई शनिवार कटुन्जेमा उद्घाटन गर्दै नगरपालिका प्रमुख थापाले कतिपय समितिलाई पेवा बनाइएको प्रति असन्तुष्टि पोखे । कतिपय समितिले समयमै साधारण सभा र अधिवेशन नगरेका गुनासो गर्दै उनले भने, ” यदि समितिहरुले बेलैमा अधिवेशन गर्दैन भने त्यही वडाको अध्यक्ष नै त्यसको अध्यक्ष हुन्छ, म त्यसरी नै कार्यविधि बनाएर अघि बढ्छु ।” उनले कटुन्जे सुवर्णेश्वर खानेपानी व्यवस्थापन उपभोक्ता समितिले नियमित साधारण सभा र अधिवेशन गर्नेगरेको प्रति भने सन्तुष्टि व्यक्त गरेका छन् ।

    उक्त अवसरमा प्रमुख थापाले कटुन्जे सुवर्णेश्वर खानेपानी व्यवस्थापन उपभोक्ता समितिलाई खर्च गर्न पछिल्लो समय नगरपालिकाले २० लाख उपलध गराएको जानकारी गराउदै यस वर्ष पनि आवश्यक रकम व्यवस्था गरिदिने बचन दिए । उनले नगरपालिका खानेपानीलाई  प्राथिमिकता दिएर एक घर एक धाराको लक्ष पूरा गर्न तर्फ अग्रसर रहेको दावी गरे । अघिल्लो पटक विद्यालय, अस्पताल र बाटोघाटो लगायत भौतिक संरचना निर्माणमा समय र बजेट खर्च भएको जिकिर गर्दै अब गुणस्तर र जनजीविकाको स्तरउन्नती गर्न लागिपर्ने प्रमुख थापाले प्रतिवद्धता प्रकट गरे । खानेपानीको लागि यो वर्ष नगरपालिकाले ८ करोडको डीपीआर तयार गरी ठेक्का समेत लगाइसकेको जानकारी गराउदै उनले नगरभित्रको खानेपानी समस्या चाडै हल हुने दावी गरेका छन् ।

    कार्यक्रममा नगरपालिकाकी उपप्रमुख सरिता तिम्सिना भट्टराईले कटुन्जे सुवर्णेश्वर खानेपानी व्यवस्थापन उपभोक्ता समितिले उपभोक्तालाई लक्षित गर्दै बनाएको ‘मोबाइल एप्स’ शुभारम्भ गरिन । सूचना प्रविधिको वर्तमान युगमा आफ्ना उपभोक्तालाई मोबाइल बाटै समितिको काम कारवाही जानकारी गराउने, मससूल बुझाउने र गुनासो गर्ने लगायतका सुविधायुक्त एप्सले उपभोक्ताको हित प्रवर्धनमा सहयोग पुग्ने उनले बिश्वास व्यक्त गरेकी छन् ।

    बृहत खानेपानी आयोजनाको संयोजक समेत रहेकी उपप्रमुख भट्टराईले मेलम्ची खानेपानी आयोजनाबाट प्राप्त पानीलाई वडा वडामा पुर्याउन लागि परेको बताइन । खानेपानी समितिहरु एक वडामा मात्र केन्द्रीत हुनु नहुने आवश्यकता औल्याउदै उनले अन्तर वडा र अन्तर समिति समन्वयका लागि नगरपालिकाले संयन्त्र र कार्यविधि व्यवस्थित बनाउने समेत खुलासा गरिन ।

    कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष राजकुमार जोशीले पाइप लाइन विस्तारका लागि कटुन्जे सुवर्णेश्वर खानेपानी व्यवस्थापन उपभोक्ता समितिलाई अघिल्लो पटक वडा कार्यालयले पनि १० लाख दिएको अवगत गराए । नगरपालिकाबाट प्राप्त बजेट विभिन्न शिर्षकको परिधिमा बसेर बनाउनुपर्ने भएकाले वडाले सोचेजस्तो रकम दिन नसकेको जानकारी गराउदै वडाध्यक्ष जोशीले वडाले यस पटक पनि सक्दो रकम उपलब्ध गराउने प्रतिवद्धता प्रकट गरेका छन् ।

    कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्ष ईश्वर थापा, ७ का वडाध्यक्ष रविन्द्र सापकोटा र ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले पनि कटुन्जे सुवर्णेश्वर खानेपानी व्यवस्थापन उपभोक्ता समितिका लागि आवश्यक सहयोग गर्ने आश्वासन दिएका छन् । खानेपानी समस्या समाधानका लागि नागरिक समाजको पहल सह्रानीय रहेको भन्दै उनीहरुले जनप्रतिनिधिहरु पनि उत्तिकै सक्रियताका साथ लागिरहेको जिकिर गरे ।

    कटुन्जे सुवर्णेश्वर खानेपानी व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष पूर्ण नेपाली बिसुंखेको अध्यक्षतामा सम्पन्न कार्यक्रमा सदस्य सीता उप्रेतीले स्वागत मन्तब्य राखेकी थिइन् भने सचिव भरत संग्रौलाले कार्यक्रम संचालन गरेका थिए । उक्त अवसरमा पूर्व अध्यक्ष मुकुन्दप्रसाद लुइँटेल, धर्मराज कार्की, पूर्व प्रशासक विद्याप्रसाद आचार्य, कटुन्जे घट्टेकुलो खानेपानीका अध्यक्ष प्रकाशराज ढुंगेल, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापति लगायतको आतिथ्यता रहेको सह सचिव दिपेश बिसुंखेले जानकारी दिए ।

    कटुन्जे सुवर्णेश्वर खानेपानी व्यवस्थापन उपभोक्ता समितिको स्थापना २०५८ सालको भदौमा तत्कालिन कटुन्जे गाविसका अध्यक्ष स्व. रामेश्वरप्रसाद ढुंगेलको नेतृत्वमा भएको हो । प्रारम्भमा १ सय ९८ घरधुरी उपभोक्ता रहेको यस समितिमा हाल १ हजार ७४ घरधुरी उपभोक्ता पुगेका छन् । समितिले आफ्ना उपभोक्तालाई धारामार्फत नियमित स्वच्छ पिउने पानी उपलब्ध गराइरहेको स्थानीय सामाजसेवी रमेश खड्काले जानकारी गराएका छन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...