News Portal

  • प्रजातान्त्रिक जनस्वास्थ्य संघमा श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति

    भक्तपुर पोष्ट संवाददाता काठमाडौं, १० पुस २०८०
    ७४९ पटक
    काठमाडौं, १० पुस २०८०

    नेपाली कांग्रेसका पूर्व महामन्त्री एवम् सांसद शशांक कोइरालाले कांग्रेसलाई अरुले नभई कांग्रेसले नै हराउने गरेको टिप्पणी गरेका छन् । मंगलवार प्रजातान्त्रिक जनस्वास्थ्य संघ नेपालको अधिवेशनलाई उद्घाटन गर्दै उनले सो टिप्पणी गरेका हुन् ।

    नेतृत्व सुध्रिनु पर्छ भन्ने जनताको मतलाई स्विकार गरेर अघि बढ्नुपर्ने उनले बताए । “सबैले सुध्रिनु पर्छ भनेपछि सुध्रिएर जानुपर्छ भन्ने मलाई पनि लागेको छ ।”उनले भने ।

    नेपालको भविष्य अत्यन्त राम्रो रहेको जिकिर गर्दै सांसद कोइरालाले कृषि क्षेत्रमा ठूलो अवसर सिर्जना गर्न सकिने उद्घोष गरेका छन् । सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन र योजना सञ्चालन गर्नुपर्ने सुझाव दिदै उनले स्वास्थ्य र शिक्षामा जनताको सहज पहुँच हुनुपर्नेमा जोड दिए । उनले प्रजातान्त्रिक जनस्वास्थ्य संघ नेपालमा आवद्ध हुनेहरुले जनताको स्वास्थ्य प्रति जिम्मेवार भई सेवा गर्ने र सो क्षेत्रलाई राम्रो बनाउन योगदान गर्नुपर्ने पनि निर्देशन दिएका छन् ।

    संघका अध्यक्ष महेश्वर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. अनिता शाह, संघका पूर्व अध्यक्षहरु, नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरे, महासचिव दिपक भट्टलगायतले धारणा राखेका थिए ।

    अधिवेशनको बन्द सत्रबाट अध्यक्षमा विन्जवला श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ ।

    संघको वरिष्ठ उपाध्यक्षमा नरेश बाबु श्रेष्ठ, उपाध्यक्षहरुमा वृज कुमार दास, दया कृष्ण पन्थ, तुलसी सुवेदी, महासचिवमा विनोद जोशी, उपमहासचिवमा श्रीकृष्ण बस्नेत, सचिवमा निराजन पोखरेल, कोषाध्यक्षमा रागी श्री कक्षपति र सहकोषाध्यक्षमा रणधिर कुमार यादव निर्विरोध निर्वाचित भएका छन् ।

    यसैगरी सदस्यहरुमा प्रकाश कुमार बिष्ट, धिरजंग शाह, डा. प्रकाश ज्ञवाली, ईन्द्र आचार्य, शिला शर्मा, जितनारायण यादव र किरण श्रेष्ठ निर्विरोध चयन भएको निवर्तमान अध्यक्ष महेश्वर श्रेष्ठले जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...