News Portal

  • भक्तपुरमा शहिद बैकुण्ठहरीको सम्झना

    निशा कुस्मामध्यपुर थिमि, १२ पुस २०८०
    ६१० पटक
    मध्यपुर थिमि, १२ पुस २०८०

    भक्तपुरमा दुई छुट्टाछुट्टै कार्यक्रममा शहिद बैकुण्ठहरी श्रेष्ठको सम्झना गरिएको छ । शहिद बैकुण्ठहरी स्मृती दिवसको दिन बिहीवार  उनको सम्झना र सम्मानमा कार्यक्रम सम्पन्न गरिएको हो ।

    भक्तपुरको नपलीस्थित नेकपा(माओवादी केन्द्र) को पार्टी कार्यालयमा दिउँसो उनको तस्विरमा माल्यार्पण गर्दै श्रद्धान्जली व्यक्त गरिएको थियो भने मध्यपुर थिमिको दुई पोखरीस्थित शहिद बैकुण्ठहरीको सालिकमा माल्यार्पण गर्दै श्रद्धान्जली सभाको आयोजना गरियो ।

    माओवादी जनयुद्धको समर्थन गरेकै कारण बैकुण्ठहरीलाई तत्कालिन राज्यसत्ताले मध्यपुर थिमिस्थित निवासबाटै पक्राउ गरी भद्रगोल कारागार चलान गरेको थियो । दम र मुटुका रोगी श्रेष्ठलाई उपचार पाउने अधिकारबाट समेत बन्चित गराउदै तत्कालिन राज्यसत्ताले बर्बरतापूर्वक हत्या गरेको उनीसंगै जेल जीवन बिताएका नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक सुनिल गोठे बासुले बताएका छन् ।

    उपचार पाउन नसकी कारागारमै सहिद बैकुण्ठहरीले ६९ वर्षको उमेरमा बिक्रम संम्बत २०५९ साल पुस १२ गते शहादत प्राप्त गरेका थिए ।

    श्रद्धान्जली कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक बासुले देशमा परिवर्तन ल्याउन बैकुण्ठहरी जस्ता गणतन्त्रबादीहरुले ज्यानको आहुती दिएको स्मरण गर्दै नयाँ पुस्ताका केहि युवाहरुले परिवर्तन सजिलै आएको ठान्ने गरेको र व्यवस्थाको अवमूल्यन गर्ने गरेकोप्रति चिन्ता व्यक्त गरे । शहिद बैकुण्ठहरीले देखाएको बाटो हिड्न र नयाँ पुस्तालाई सो बाटोमा हिडाउन सक्नुपर्नेमा उनले जोड दिएका छन् ।

    त्यस्तैगरी भूमि आयोगका जिल्ला सदस्य एवं माओवादी केन्द्रका नेता कृष्णलाल गोजाले बैकुण्ठहरीको व्यक्तित्वबारे बताए । बैकुण्ठहरी मध्यपुरमा पुस्तकालय स्थापना देखि आदर्श स्कूलको समेत संस्थापक रहेका उल्लेख गर्दै गोजाले शहिद बैकुण्ठहरीले प्रजातन्त्र र गणतन्त्रको लागि गरेको योगदानको स्मरण गरेका थिए ।

    नेकपा(माओवादी केन्द्र)की केन्द्रीय सदस्य एवं पूर्व प्रदेश सांसद प्रतिमा श्रेष्ठले शहिद बैकुण्ठहरी माओवादीको मात्र नभई मध्यपुर थिमिमा तत्कालिन सर्वमान्य नेता रहेका बताइन । मध्यपुरमा अहिलेका प्राय सबै बामपन्थी नेता बैकुण्ठहरीलाई आदर्श मानेर राजनीतिमा लागेका उनको भनाइ छ ।

    कार्यक्रममा माओवादी केन्द्रका अर्का केन्द्रीय सदस्य एवं जनतासंग माओवादी विशेष रुपान्तरण अभियानका भक्तपुर इन्चार्ज केशवप्रसाद नेपालले सहिद बैकुण्ठहरी अग्रगामी सोचका क्रान्तिकारी योद्धा भएको स्मरण गरे । उमेरले बृद्ध भएपनि बिचारले युवा बैकुण्ठहरी मध्यपुर थिमि र भक्तपुरको मात्र नभई देशकै धरोहर भएको उनको भनाइ छ । बैकुण्ठहरी सदैव परिवर्तनको पक्षमा रहेको उल्लेख गर्दै नेपालले उनको अनुसरण गर्नु नै उनीप्रति सच्चा श्रद्धान्जली हुने बिचार व्यक्त गरे ।

    कार्यक्रम नेकपा (माओवादी केन्द्र) को मध्यपुर थिमि नगर अध्यक्ष विजय कृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । सो अवसरमा अध्यक्ष श्रेष्ठले जोसुकै शहिद हुन नसक्ने जिकिर गर्दै शहिद बैकुण्ठहरीले मध्यपुर थिमिको शान बढाएका बताए ।

    मध्यपुर थिमि नगरपालिकाका उप प्रमुख समेत रहेका विजय कृष्ण श्रेष्ठले राजाको पालामा मन्दिर भित्रका मुर्तीसमेत असुरक्षित रहेकाले जन्जिरले घेरेर स्थानीयले सुरक्षा गर्नुपरेको उदाहरण दिंदै अहिले धर्म बचाउने नाममा राजाको चर्चा गर्नेहरु बेबकुफ भएका बताए । आफूहरु अहिले मध्यपुर थिमिका मन्दिरहरुलाई जन्जिर मुक्त गर्ने काममा लागिरहेको जानकारी गराउदै उनले नयाँ पुस्तालाई इतिहास राम्ररी पढाउनुपर्ने प्रष्ट पारे ।

    मध्यपुर थिमिका बैकुण्ठहरी र सविन श्रेष्ठले गणतन्त्रका लागि शहादत प्राप्त गरेको उल्लेख गर्दै नगरपालिकाका उपप्रमुख श्रेष्ठले जनताको लागि ज्यान समेत दिन सक्नुपर्ने कुरा शहिदले सिकाएर गएका र आफूले त्यसलाई मूलमन्त्रको रुपमा लिएर अघि बढिरहेको दावी गरे । राजनीति लिनको लागि नभई दिनको लागि भएको भन्दै उनले आफ्नो तर्फबाट जनताको सेवामा कुनै कमी हुन नदिने समेत प्रतिवद्धता प्रकट गरेका छन् ।

    पार्टीका नगर सचिव शिवसुन्दर श्रेष्ठले संचालन गरेको कार्यक्रममा बागमती प्रदेश सभा सदस्य भुवनकेशरी श्रेष्ठ, बैकुण्ठहरी स्मृती प्रतिष्ठानका सचिव कृष्णमोहन श्रेष्ठ, नगरपालिकाको न्यायिक समिति सदस्य, सहिद बैकुण्ठहरीकी छोरी चण्डिका श्रेष्ठ त्यस्तैगरी पार्टीका प्रदेश समिति सदस्य बालकृष्ण दुगु, महिला नेत्री सरिता श्रेष्ठ, रत्नकेशरी प्रजापति, वाइसिएलका केन्द्रीय सदस्य नरेश रंजित, नेपाल पत्रकार महासंघका जिल्ला सचिव संजीप घिमिरे शुभचिन्तक लगायतको आतिथ्यता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...