News Portal

  • भक्तपुरमा जनतासंग माओवादी रुपान्तरण अभियानको समीक्षा, उत्साह कायम राख्नपर्नेमा जोड

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १४ पुस २०८०
    ४५६ पटक
    भक्तपुर, १४ पुस २०८०

    नेकपा (माओवादी केन्द्र) ले संचालन गरेको जनतासंग माओवादी विशेष रुपान्तरण अभियानको भक्तपुर जिल्लाले समीक्षा गरेको छ । पार्टीको विस्तारिक बैठक गरी अभियानको प्रभावकारिता बारे समीक्षा गरिएको हो ।

    शनिवार सानोठिमीमा सम्पन्न समीक्षात्मक बिस्तारित बैठकमा अभियानमा जिम्मेवारी लिएका नेताकार्यकर्ताको उपस्थिति रहेको थियो । करिब १ सय जनाको उपस्थिति रहेको बैठकमा ३ दर्जन नेताकार्यकर्ताले अभियानको प्रभावकारिताबारे रिपोर्टिंग गरेका थिए ।

    ३ महिना तोकेर गत भदौँ १६ गते देखि शुरु गरिएको ‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियान’ बीचमा दशैँतिहार जस्ता चाडपर्व परेपछि १ महिना थप गरिएको थियो । सो समयसीमा समेत सकिएकाले माओवादी केन्द्रले देशैभरी अभियानको समीक्षा गरिरहेको र सोहीबमोजिम भक्तपुरले पनि अभियानको समीक्षा गरेको पार्टीको भक्तपुर जिल्ला समन्वय समितिका संयोजक सुनिस गोठे बासुले बताएका छन् ।

    अभियानको भक्तपुर जिल्ला संयोजक रहेका पार्टीका केन्द्रीय सदस्य केशवप्रसाद नेपालको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा माओवादी केन्द्रका ४ वटै नगरसमितिको तर्फबाट अभियानको अघि र पछिको पार्टीको अवस्थाबारे जानकारी गराइएको थियो । त्यसैगरी नगरपालिका र वडामा केन्द्र, प्रदेश र जिल्ला समितिबाट जिम्मेवारी पाएर अभियानमा खटिएका नेताहरुले माओवादी केन्द्रलाई स्थानीयको घरघरमा पुर्याउन गरेको प्रयास र उपलब्धीबारे बताएका थिए ।

    उक्त अवसरमा बागमती प्रदेश सांसद समेत रहेकी पार्टीको केन्द्रीय सदस्य अमृता नेपालले चाँगुनारायणका घरहरुमा पुग्दा पार्टी प्रति सकारात्मक प्रतिक्रिया पाएको र यहाँ पार्टीले बिकास निर्माणमा समेत अरु पार्टीको भन्दा बढी योगदान गरेको देखिएको जानकारी गराउदै नेताकार्यकर्ताले पार्टीलाई समय दिनसके पार्टी बलियो बन्ने बताइन ।

    त्यस्तैगरी पूर्व प्रदेश सांसद एवं केन्द्रीय सदस्य प्रतिमा श्रेष्ठले पार्टीले गरेका कामको प्रचारप्रसार हुन नसक्दा काम गर्ने कालु मकै खाने भालु जस्तो भएको बताउदै नेताकार्यकर्ताहरुले पार्टी मार्फत गरिएको पहल र कामबारे प्रचारप्रसार गर्नुपर्नेमा जोड दिइन ।

    पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरमा जिम्मेवारी सम्हालेका दीर्घराज श्रेष्ठले भक्तपुरमा नेता धेरै भएका तर जनतामा नजाँदा पार्टी कमजोर बनेको बताउदै नेताहरुप्रति जनताले राखेका अपेक्षा पूरा गर्दै जनतालाई पार्टीमा गोलबन्द गर्नपर्ने आवश्यकता औल्याए । भक्तपुरका जनतामा मार्क्सबाद र कम्युनिष्ट स्कुलिङ राम्रो रहेकाले नेताहरुले सानो प्रयास गरे सजिलै उनीहरु आकर्षित हुने अवस्थाबारे अवगत गराए ।

    त्यस्तैगरी सूर्यविनायक नगरमा अभियानको जिम्मेवारी पाएकी सांसद एवं केन्द्रीय सदस्य बिमला सुवेदीले उक्त क्षेत्रमा कार्यकर्ताहरुको उपस्थिति राम्रो भएपनि जनतालाई आकर्षित गर्नेगरी नेतृत्व बिकास गर्नुपर्ने आवश्यकता औल्याइन ।

    बैठकमा वाइसिएल इन्चार्ज समेत रहेका अर्का केन्द्रीय सदस्य एवं मध्यपुर थिमीमा जिम्मेवारी पाएका नेता रामप्रसाद सापकोटा दीपशिखाले भक्तपुर जिल्लामै माओवादी केन्द्रको बलियो जनाधार रहेको जिकिर गर्दै नेताकार्यकर्ताले त्यसलाई जगाउन नसकेको टिप्पणी गरे । एकढिक्का भएर आत्मविश्वासका साथ् जनताको घरमा जाने हो भने जनता माओवादीलाई स्वागत गर्न आतुर रहेको अभियानको अनुभव उनले सुनाए ।

    उक्त अवसरमा अभियानका मुख्य संयोजक रहेका केन्द्रीय सदस्य केशवप्रसाद नेपालले जिल्लाका सबै पालिका, वडा, गाँउबस्तीहरुमा अभियानले माओवादी केन्द्रलाई थप उचाईमा उठाएको दावी गरे । अभियानले पार्टीलाई जिल्लामा पुनर्स्थापित गरेको बताउदै नेता नेपालले यसले कार्यकर्तामा उत्साह, उर्जा र प्रेरणा प्रदान गरेको तथा जनतामा माओवादीप्रति नयाँ आशा र बिश्वास बढेको बताए ।

    नेता नेपालले अभियानको प्रतिवेदन तयार पार्ने प्रष्ट पार्दै त्यसले माओवादी केन्द्रलाई जिल्ला, नगर, वडा र गाउँबस्तीमा कसरी अघि बढ्ने भन्नेबारे मार्गनिर्देश गर्ने खुलासा गरेका छन् । उक्त अवसरमा प्राय सबै बक्ताहरुले अभियानले जगाएको जागरलाई सेलाउन दिनुनहुने आवश्यकता औल्याउदैं अभियान सकिएपनि उत्तिकै सक्रियतापूर्वक जनताको घरघरमा र जनजनमा जोडिनुपर्नेमा जोड दिएका सहभागी नेता नरेश रन्जितले जानकारी गराए । उक्त अवसरमा केन्द्रीय सल्लाहकार शिवहरी खनाल र प्रेम ढकाल त्यसैगरी प्रदेश सदस्य एवं सांसद भुवनकेशरी श्रेष्ठ भावना,  सुरेश न्यौपाने, कृष्णलाल गोजा, सरिता श्रेष्ठ, युवराज आचार्य, डिल्लीप्रसाद थपलिया आक्रोश, बालकृष्ण दुगु, बाजुराम गिरी लगायतको समेत सहभागिता रहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...