News Portal

  • आदर्श मावि लायकुमा २ लाख ५० हजार रुपैयाँको अक्षय कोष

    भक्तपुर पोष्ट संवाददाता मध्यपुर थिमि, १५ पुस २०८०
    ४३२ पटक
    bijaya krishna shreshthaमध्यपुर थिमि, १५ पुस २०८०

    मध्यपुर थिमिको लायकुस्थित आदर्श माध्यमिक विद्यालयमा २ लाख ५० हजार रुपैयाँको अक्षय कोष स्थापना भएको छ । २०२८ सालमा सोहि विद्यालयबाट एसएलसी उतीर्ण गरेका प्रा.डा शिव कुमार भिदुवा श्रेष्ठले आफ्नो आमाबुबाको नाममा २ लाख ५० हजार रुपैयाँको अक्षय कोष स्थापना गरेका हुन् ।

    प्रा.डा श्रेष्ठले आफू अध्यनरत विद्यालयलाई सम्झिएर आदर्श माविमा पढ्ने विद्यार्थीहरुको छात्रवृत्तिको लागि सो कोषको स्थापना गरेको बताएका छन् । २०२१ सालमा स्थापित आदर्श माध्यमिक विद्यालय आजसम्म पनि निरन्तर अगाडी बढ्दै शिक्षाको ज्योतिबाट छरिरहेको प्रति उनले सन्तोष व्यक्त गरेका छन् । शिक्षाको मन्दिरको रुपमा पवित्र विद्यालयबाट विभुषित भएका धेरै बिद्यार्थीहरु आज समाजको विभिन्न क्षेत्रमा नेतृत्व गरिरहेको स्मरण गर्दै उनले कोषले पैसाको अभावमा पढ्न बाट बन्चित हुन नदिने बिश्वास व्यक्त गरे ।

    मध्यपुर थिमिको लायकुस्तिथ आदर्श माध्यमिक विद्यालयमा २ लाख ५० हजार रुपैयाँको अक्षय कोष स्थापना भएको छ । २०२८ सालमा सोहि विद्यालयबाट एसएलसी उतीर्ण गरेका प्रा.डा शिव कुमार भिदुवा श्रेष्ठले आफ्नो आमाबुबाको नाममा २ लाख ५० हजार रुपैयाँको अक्षय कोष स्थापना गरेका हुन् ।

    प्रा.डा श्रेष्ठले आफू अध्यनरत विद्यालयलाई सम्झिएर आदर्श माविमा पढ्ने विद्यार्थीहरुको छात्रवृत्तिको लागि सो कोषको स्थापना गरेको बताएका छन् । २०२१ सालमा स्थापित आदर्श माध्यमिक विद्यालय आजसम्म पनि निरन्तर अगाडी बढ्दै शिक्षाको ज्योतिबाट छरिरहेको प्रति उनले सन्तोष व्यक्त गरेका छन् । शिक्षाको मन्दिरको रुपमा पवित्र विद्यालयबाट विभुषित भएका धेरै बिद्यार्थीहरु आज समाजको विभिन्न क्षेत्रमा नेतृत्व गरिरहेको स्मरण गर्दै उनले कोषले पैसाको अभावमा पढ्न बाट बन्चित हुन नदिने बिश्वास व्यक्त गरे ।

    अक्षय कोषबाट हरेक बर्ष एसएलसी उतिर्ण गरेकामध्येबाट जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने र यसले विद्यार्थीमा पढाइमा प्रतिष्पर्धाको भावना पैदा हुने विद्यालयले बिश्वास लिएको छ ।

    विद्यालयका प्रधानाध्यापक बुद्धिकुमार घो को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बागमती प्रदेश सभा सदस्य भावना श्रेष्ठले सामुदायिक विद्यालयहरु सबै जनताको पहुँचमा हुने भएकोले सार्वजनिक विद्यालय लाई अब्बल बनाउदै जानुपर्नेमा जोड दिएकी थिइन् ।

    विशेष अतिथिका रुपमा बोल्दै मध्यपुर थिमि नगरपालिकाको उपप्रमुख बिजय कृष्ण श्रेष्ठले नगरपालिकाले शिक्षालाई महत्व दिएर अघि बढेको जानकारी गराउदै शिक्षाको बिकास भए मात्र अन्य क्षेत्रको विकास सम्भव हुने बताए ।

    उक्त अवसरमा आदर्श मावि लायकु थिमिको कक्षा ११ र १२ का विद्यार्थीहरुलाई स्वागत तथा बिदाई कार्यक्रम समेत सम्पन्न भएको थियो । सो अबसरमा १ सय २० जना विद्यार्थीहरुलाई बिदाई गरिएको थियो भने सोही संख्यामा नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत पनि गरिएको विद्यालयले जनाएको छ । सो अवसरमा विद्यार्थीहरुले संस्कृतिक प्रस्तुति समेत प्रदर्शन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...