News Portal

  • राजनैतिक नेता कार्यकर्ताहरुले व्यक्तिगत स्वार्थ त्याग्नुपर्छ : प्रमुख प्रजापति

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १७ पुस २०८०
    ४८९ पटक
    sunil prajapati mayor bhaktapur municipalityभक्तपुर, १७ पुस २०८०

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राजनीतिमा लागेका नेता कार्यकर्ताले व्यक्तिगत स्वार्थ त्याग्नुपर्ने बताएका छन् । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य समेत रहेका प्रमुख प्रजापतिले राजनैतिक नेता कार्यकर्ताहरुले व्यक्तिगत स्वार्थलाई त्यागी समाज र देशको हितमा काम गर्नुपर्ने बताएका हुन् ।

    ‘बहाबही चिनौं, सम्पदा संरक्षण गरौं’ भन्ने नाराका साथ शनिबार सम्पन्न योमरी उत्सव तथा सांस्कृतिक सम्पदा पदयात्रामा सहभागी सरोकारवालाहरुलाई धन्यवादज्ञापन गर्न मंगलवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रजापतिले शासक दलका नेता कार्यकर्ता इमान्दार र देशभक्त नहुँदा राजनीतिप्रति बितृष्णा बढेको बताए । उनले राजनीति बिशुद्ध सेवा हुनुपर्नेमा जोड दिएका छन् ।

    कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुरका मूर्त अमूर्त सम्पदा संसार सामु चिनाउने अभियानस्वरुप भक्तपुर नपाले विभिन्न सांस्कृतिक गतिविधि गर्दै आएको र त्यसैको निरन्तरतामा पदयात्रा सम्पन्न गरिएको प्रष्ट पारे । पदयात्रामा भक्तपुरका बहाबहीबारे विस्तृत अध्ययन गर्ने अवसर मिलेको बताउँदै उनले प्राचिन सांस्कृतिक सम्पदाबारे नयाँ पुस्तालाई जानकारी दिलाउने र लगाव बढाउने उद्देश्यले भक्तपुर नगरपालिकाले काम गर्दै आएको जानकारी गराए । पदयात्रामा युवा पुस्ताको उल्लेखनीय सहभागिताले नगरपालिकालाई उत्साहित गरेको उनको भनाइ छ ।

    सन् २०२३ मा नेपालमा १० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा भएको बताउँदै उनले भक्तपुरमा पर्यटकहरुको उत्साहजनक आगमनसँगै पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव परेको जानकारी गराएका छन् ।

    कार्यक्रममा भक्तपुर ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले विभिन्न सरोकारवालाहरुसँग चरणबद्ध छलफलपश्चात सम्पदा पदयात्रा गरिएको बताउँदै सो कार्यक्रम सम्पूर्ण नगरबासीहरुको साझा कार्यक्रम र उत्सवको रुपमा सम्पन्न भएको जिकिर गरे । त्यस्तै भक्तपुर ७ का वडाध्यक्ष उकेश कवांले पदयात्रा कार्यक्रमले भक्तपुरमा रहेका बहाबही संरक्षणको लागि खाका प्राप्त भएको बताएका छन् ।

    बौद्ध दर्शनका अध्येता डा. पुष्परत्न शाक्यले बहाबहीको ऐतिहासिक पक्षमाथि प्रष्ट पार्दै नेवा सभ्यता बचाइराख्न भक्तपुर नपाले आयोजना गरेको सम्पदा पदयात्रा प्रशंसनीय कदम भएको भन्दै सन्तोष व्यक्त गरे । त्यस्तै भनपा पर्यटन सूचना केन्द्रका प्रमुख गौतमप्रसाद लासिवाले भक्तपुरमा रहेका २४ वटा बहाबहीमध्ये सम्पदा पदयात्राको क्रममा १९ वटा बहाबही अवलोकन गरिएको र तिनीहरुबारे परिचयात्मक र वास्तविक जानकारी पाउने अवसर प्राप्त भएको बताउँदै सम्पदा पदयात्राको आयोजनाले भक्तपुरमा रौनक थपिएको बताए ।

    कार्यक्रममा नगर उप प्रमुख रजनी जोशी त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराई, सूचना अधिकारी दामोदर सुवाल लगायतका कर्मचारी समेत उपस्थित रहेका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...