News Portal

  • रोजगारी बढाएर समाजवादको आधार तयार गर्नुपर्छ : पूर्व सभामुख सापकोटा

    भक्तपुर पोष्ट संवाददाता सूर्यविनायक, २१ पुस २०८०
    ४४९ पटक
    सूर्यविनायक, २१ पुस २०८०

    पूर्व सभामुख तथा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले रोजगारीको बिकास बिना समाजवाद सम्भव नहुने बताएका छन् । रोजगारी बढाएर समाजवादको आधार तयार गर्नुपर्ने उनको भनाइ छ ।

    शनिवार प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको आयोजना, प्रेस सेन्टर भक्तपुरको समन्वय र सूर्यविनायक नगरपालिका एवं मध्यपुर थिमी नगरपालिकाको सहकार्यमा सम्पन्न ‘ब्यवस्था बलियो बनाउन पत्रकारको भूमिका” विषयक अन्तरक्रिया एवं प्रशिक्षण कार्यक्रमलाई भक्तपुरको सूर्यविनायक स्थित योयो पार्टी प्यालेसमा सम्बोधन गर्दै उनले भने, ” परिवारका सबै सदस्य बेरोजगार भएमा कम्तिमा एकजनालाई रोजगारी दिनुपर्छ ।” उनले सरकार रोजगारी सृजना गर्दै समाजवाद्को बाटोमा अघि बढ्नपर्ने बताएका छन् ।  बेरोजगारीका कारण राज्यप्रति नागरिकको असन्तुष्टि र आक्रोश बढेका को उनको निष्कर्ष रहेको छ ।

    सत्तारुढ दल नेकपा(माओवादी केन्द्र)को उपाध्यक्ष, प्रवक्ता एवं प्रचार बिभाग प्रमुख सापकोटाले आफ्नो पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिमा केन्द्रित रहेको दावी गरेका छन् । प्रेस सेन्टरमा आवद्ध पत्रकारले सोबारे जनतालाई बुझाउन नसकेको भन्दै उनले आधुनिक संचारको बिकास संगै प्रचारमा अनलाइन र सामाजिक संजालको सदुपयोग गर्न नसकिएको गुनासो गरे । यसले गर्दा जनताका पक्षधरको पहलबारे जनता अनभिज्ञ भएका र बिरोधीले फैलाएका अफवाहलाई साचो ठानेर भ्रमित भैरहेका उनको भनाइ छ ।

    माओवादी केन्द्रका प्रवक्ता सापकोटाले कम्युनिस्ट पार्टीमा बिचारको बिकास र रुपान्तरण हुनुपर्नेमा जोड दिदै समाज बदल्न हिड्ने नेता कार्यकर्ता पहिला आफू बदलिन पर्ने प्रष्ट पारे । प्रवक्ता सापकोटाले माओवादी केन्द्रको सास्कृतिक, राजनीतिक र साङ्गठनिक पुनर्गठन हुने खुलासा गर्दै नेपाली मौलिक बिज्ञान र दर्शन बिकास गर्ने र सामाजिक न्याय सहितको बैज्ञानिक समाजवादी बाटो तय गर्ने उद्घोष समेत गरेका छन् ।

    कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं भक्तपुरका नेता दिलिप प्रजापति भीष्मले जनतामा राजनीतिप्रति बितृष्णा बढेको  बताउदै पार्टीका नेताकार्यकर्ता नयाँ ढङ्गले अघि बढ्नुपर्ने बताए । माओवादीले ४ महिने रुपान्तरण अभियानमार्फत जनताको अपेक्षा अनुरुप पार्टी र कार्यकर्ताको रुपान्तरणमा जोड दिएको उनले जनाएका छन् ।

    त्यसैगरी प्रधानमन्त्रीका प्रमुख प्रेस सल्लाहकार गोबिन्द आचार्यले सरकारले उर्जा र कृषिलाई समृद्धिको आधार मानेर नयाँ नीति अपनाउने उल्लेख गरेका छन् । जलबिद्युत उत्पादन गर्दा प्रयोग हुने पानीलाई  अनिवार्य रुपमा सिचाइमा उपयोग गर्नुपर्ने सरकारी नीति बारे उनले जानकारी गराएका छन् । प्रधानमन्त्रीका प्रमुख प्रेस सल्लाहकार आचार्यले १० हजार मेगावाट बिद्युत भारतलाई बेचेर वार्षिक ९ खर्ब आम्दानी हुने बताउदै बजेटको आधा हिस्सा यसले पूर्ती गर्ने प्रष्ट पारे । २६ हजार बिद्युत बेच्न सक्ने गरि उत्पादनमा तीब्रता दिइएको उनले जानकारी गराएका छन् । घुमाउरो बाटोलाई  सुरुङ्ग मार्गले प्रतिस्थापन गर्दै सुरुङ युगको शुरूवात गरिने बताउदै उनले बैज्ञानिक भूमिसुधार मार्फत भूमिहिन लाई संविधान संसोधन गरेर भएपनि भूमिको अधिकार दिने तयारी गरिरहेको जानकारी गराए । सरकारले जनताको पक्षमा गरेको काम प्रचार हुन नसक्दा ब्यवस्था बिरोधीहरुले टाउको उठाउन खोजेको टिप्पणी गर्दै उनले प्रचारको मोर्चा प्रभावकारी बनाउन समाजवादका पक्षधर पत्रकारहरुले विशेष पहल गर्नुपर्नेमा जोड दिए ।

    त्यस्तैगरी माओवादी केन्द्रको स्कूल बिभागका सदस्य एवं प्रेस सेन्टरका पूर्व  नेता बलराम थापाले माओवादीहरुमा जनयुद्धको जस्तै उत्साह र त्याग नभएसम्म जनताले बिश्वास नगर्ने बताए । माओवादीसंग सक्किने कि सच्चिने भन्ने दुई बाटो मात्र बाकी भएको भन्दै उनले माओवादी सच्चिए मात्र देशमा समाजवाद आउने बिचार ब्यक्त गरे ।

    कार्यक्रममा प्रेस सेन्टर नेपालका उपाध्यक्ष निर्मल ज्ञवालीले प्रेस सेन्टरका पत्रकार सहिद कृष्ण सेन इच्छुकका सीपाही भएका भन्दै बिचार र राजनीतिका लागि बलिदानी दिनसक्ने सामर्थ्य प्रदर्शन गर्नुपर्ने बेला आइसकेको बताए भने अर्की उपाध्यक्ष गङ्गा बरालले प्रेस सेन्टरका पत्रकारले सामजवादी बिचार स्थापित गर्नुपर्ने बताइन् । महासचिव सन्तोष पौडेलले संगठनलाई चुस्तदुरुस्त बनाउने बताउदै यसले बिचार प्रवाहलाई ससक्त बनाइ ब्यवस्था बलियो बनाउन सहयोग पुर्याउने बिश्वास ब्यक्त गरे ।

    उपत्यकाका अध्यक्ष नवराज दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव रोजिना थापाले गरेकी थिइन भने उपाध्यक्ष  सागर पन्तले सहभागीलाई स्वागत गरेका थिए ।

    उक्त अवसरमा बागमती प्रदेश सभा सदस्य देवेन्द्र श्रेष्ठ, बागमती प्रदेश सरकारको मूख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकाल, प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष भवानी बराल, नेपाल पत्रकार महासंघका पूर्व सचिव प्रभात चलाउने, पत्रकार महासंघ काठमाडौका अध्यक्ष सूर्य सुवेदी, ललितपुर अध्यक्ष सागर न्यौपाने, प्रेस सेन्टरका भक्तपुर अध्यक्ष संजीप घिमिरे शुभचिन्तक, ललितपुर अध्यक्ष रामहरि कार्की, काठमाडौ अध्यक्ष अजित अधिकारी र काभ्रे अध्यक्ष रोजन तामाङ लगायतको उपस्थिति रहेको थियो । १ सय बढी पत्रकारको सहभागिता रहेको कार्यक्रममा सूचना प्रविधि बिज्ञ सुभम ढकालले डिजिटल साक्षरताबारे अभिमुखीकरण गर्दै सामाजिक संजालमार्फत संदेश प्रवाह गरी ब्यवस्था बिरोधीहरुको प्रतिरोध गर्न प्रेरित गरेका थिए ।

    उक्त अवसरमा प्रेस सेन्टर उपत्यका प्रदेश समितिले बिबिध निर्णय गर्दै आफ्नो बिस्तारित बैठक समेत सम्पन्न गरेको र अन्तरक्रियामा सहकार्य गरेकोमा सूर्यविनायक नगरपालिका र मध्यपुर थिमि नगरपालिकालाई धन्यवाद ज्ञापन गर्ने निर्णय समेत गरेको महासचिव रोजिना थापाले जनाएकी छन् ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...