News Portal

  • २७ वर्षमा पत्रकार महासंघ भक्तपुर

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २३ पुस २०८०
    ५८० पटक
    sanjeep ghimire fnj bhaktapurभक्तपुर, २३ पुस २०८०

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुर स्थापनाको २७ औं वर्षमा प्रवेश गरेको छ । २७ वर्ष अघि पुस २३ गतेका दिन संस्थापक अध्यक्ष रमेश खड्का नेतृत्वको १३ सदस्यीय तदर्थ कार्यसमितिले जिल्ला शाखाको मान्यता पाएको हो ।

    सोमबार २७ औं स्थापना दिवसको अवसरमा महासंघ भक्तपुर शाखाले सल्लाघारीस्थित कार्यालयमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको सचिव संजीप घिमिरे शुभचिन्तकले जनाएका छन् ।

    नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका अध्यक्ष श्रीजन झाको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा प्रदेश अध्यक्ष झाले पत्रकारहरुका साझा मुद्दामा संगठित भएर लाग्नुपर्ने आवश्यकता औल्याएका छन् । पत्रकारहरु आफैंमा एकतावद्ध हुन नसक्दा पत्रकारहरुका श्रमका मुद्दा, व्यवसायिक ऐजेण्डा कमजोर बन्ने उनको भनाइ छ ।

    सिंगो कार्यसमिति नै निर्विरोध निर्वाचित भक्तपुर शाखाले आफ्नो भवन बनाउन नसकेको प्रति दुख व्यक्त गर्दै अध्यक्ष झाले महासंघको हित अघि व्यक्तिगत स्वार्थ त्याग्न र महासंघको हित प्रवर्द्धनमा जिम्मेवार बन्न कार्यसमितिलाई आग्रह गरेका छन् ।

    उक्त अवसरमा नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका सचिव एवम् भक्तपुर शाखाका संस्थापक सदस्य एवं सल्लाहकार अमर भुजुले शाखा गठनका घटनाक्रमबारे प्रकाश पार्दै २७ वर्ष प्रवेश संगै शाखामा जिम्मेवारी पनि थापिदै गएको उल्लेख गरे । भवन निर्माण गर्न सबै एकजुट भएर लाग्नुपर्नेमा उनले पनि जोड दिएका छन् ।

    कार्यक्रममा उपत्यकाका अन्य दुई जिल्ला काठमाडौंका अध्यक्ष सूर्य सुवेदी र ललितपुरका अध्यक्ष सागर न्यौपानेको पनि आतिथ्यता रहेको थियो । उनीहरुले शुभकामना प्रदान गर्दै भक्तपुर शाखा सङ्ख्यामा सानो भएपनि गतिविधि लोभलाग्दो भएको बताएका छन् ।

    स्थापना दिवसको अवसरमा शाखाका अध्यक्ष जगतकृष्ण प्रजापतिले २७ वर्षिय महासंघ भक्तपुर शाखाले धेरै आवरोह अवरोह पार गर्दै यहाँसम्म आइपुगेको ईतिहास स्मरण गर्दै महासंघको साझा लक्ष्य प्राप्तीका लागि सबैले आ–आफ्नो गल्ती कमजोरी मनन गरेर एकतावद्ध भएर अघि बढ्न आह्वान गरेका छन् ।

    शाखाका सचिव संजीप घिमिरे शुभचिन्तकले संचालन गरेको उक्त कार्यक्रममा प्रेस चौतारी नेपालका भक्तपुर जिल्ला सचिव आशिष पौडेलले संघसंगठनको तर्फबाट शुभकामना प्रदान गरेका थिए भने सो अवसरमा महासंघ भक्तपुरका पूर्व अध्यक्ष एवम् सल्लाहकार पुष्करराज बुढाथोकी, सल्लाहकार रमेश गिरी, वरिष्ठ पत्रकार केदार कोइराला, केन्द्रीय परिषद सदस्यहरु पेशल आचार्य, पूर्णभक्त दुवाल, नविना खर्बुजा लगायतको समेत सहभागिता रहेको थियो । औपचारिक कार्यक्रम पश्चात सोमबार दिनैभरी शाखा कार्यालयमा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम चलेको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...