News Portal

  • १५ लाख घुससहित काभ्रेका वडाध्यक्ष भक्तपुरमा रङ्गेहात पक्राउ

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ३ माघ २०८०
    ६३६ पटक
    भक्तपुर, ३ माघ २०८०

    घुस रकम सहित छिमेकी जिल्ला काभ्रेपलान्चोकका एक वडाध्यक्ष भक्तपुरमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार उनलाई मध्यपुर ठिमीबाट पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा बनेपा नगरपालिका-९ का वडाध्यक्ष नृपेश बादे रहेका छन् । अख्तियारले स्टिङ अपरेसन गरी उनलाई १५ लाख रुपैयाँ घुस रकम सहित रङ्गेहात पक्राउ गरेको हो । उनी सवार कार र कार चालक समेत अख्तियारको नियन्त्रणमा रहेका छन् । अख्तियारले मुचुल्का उठाइ उनीहरुलाई घुस रकम सहित नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको बताइएको छ ।

    वडाध्यक्ष वादेले घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि रु १५ लाख घुस लिएको अख्तियारको आरोप छ ।

    प्रतिकृया दिनुहोस्

    वातावरण विद खनाललाई पितृशोक

    बागमती सभ्यता एकीकृत विकास समितिको पूर्व कार्यकारी समिति सदस्य समेत रहेका वातावरणविद मौसम खनाललाई पितृशोक...

    सञ्चारकर्मीलाई भक्तपुर सिडिओको सुझाव- समाजलाई सकारात्मक बनाऔं

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले समाजलाई सकारात्मक बनाउन सञ्चारकर्मीलाई सुझाव दिएका छन् । सकारात्मक...

    चिनियाँ सरकार र चिनियाँ जनतालाई असल र भरपर्दो मित्र मानेका छौं : नगर प्रमुख प्रजापति

    नाँचगानको राजधानी, साँस्कृतिक नगर र जीवित सङ्ग्रहालयको उपमा पाएको भक्तपुर नगरपालिकाको यस दरबार क्षेत्रमा नेपाल...

    नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल हो : राजदूत छन सङ

    नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल भएको बताएका छन् । यहाँका...

    समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्

    नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी बिमसु नै एमाले निकट प्रेस चौतारीमा...