News Portal

  • समाजवाद र पुँजीवादबीचको भिन्नताबारे जनतालाई सचेत बनाउन पर्नेमा सांसद सुवालको जोड

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ७ माघ २०८०
    ६३४ पटक
    prem suwal bhaktapurभक्तपुर, ७ माघ २०८०

    नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले समाजवादी व्यवस्था कामदार वर्गको हित गर्ने व्यवस्था भएको र पुँजीवादी व्यवस्था सामूहिक हितभन्दा व्यक्तिगत हितलाई प्राथमिकतामा दिइने व्यवस्था भएको बताउँदै कामदार बर्ग समाजवादी व्यवस्थाका लागि एकजुट हुनुपर्ने बताएका छन् ।

    भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालित ४ महिने आधारभूत पाक शिक्षा तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै उनले समाजवाद निर्माणको निम्ति समाजवादी शिक्षाको व्यापक प्रचारप्रसारको आवश्यकता औल्याए । समाजवाद र पुँजीवादबीचको भिन्नताबारे व्यापक जनतालाई सचेत बनाउन उनीहरुबीच छलफल र अन्तरक्रियाहरु चलाउन आवश्यक भएको सांसद सुवालको भनाइ छ ।

    पाक शिक्षाबारे बोल्दै उनले यो सैद्धान्तिक शिक्षा मात्र नभई पूर्णतः स्वास्थ्य जीवनशैलीसँग जोडिएको विषय भएको बताए । उनले स्थानीय पक्वान्नको प्रवर्धनमा यसको महत्वपूर्ण भोमिका हुने श्प्सष्ट पारेका छन् । सांसद सुवालले युवाहरुले आफ्नो सोच फराकिलो बनाउन देश विदेशको इतिहास, भूगोल र राजनीतिक परिवेशबारे जानकार हुनुपर्ने तर मौलिकता बिर्सन नहुने सुझाव दिएका छन् ।

    कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पर्यटकीय गन्तव्यस्थल र साँस्कृतिक नगरको रुपमा विकास भइरहेको भक्तपुर अहिले जीवित संग्रहालयको रुपमा परिभाषित हुनु भक्तपुरबासीहरुको लागि गौरवको विषय भएको बताएका छन् ।

    जनसंख्या र क्षेत्रफलको हिसाबले सानो समाजवादी देश क्युवाको शिक्षा, स्वास्थ्य र पर्यटन विकासबाट नेपालले पनि सिक्नुपर्ने आवस्यकता औल्याउदै उनले भक्तपुर नपाले त्यसको सिको गरिरहेको उल्लेख गरे । नगरपालिकाले आफ़्बै शिक्षालय र अस्पताल सन्चाल गर्ने देखि युवाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले सीपमूलक तालिमका साथै भाषा, सिलाईलगायतका तालिमहरु सञ्चालनलाई जोड दिँदै आएको उनले स्पष्ट पारे ।

    रेमिट्यान्सको भरमा देश सञ्चालन गर्ने शासकहरुको सोच निन्दनीय भएको बताउँदै उनले युवालाई तालिम र बिउ पूजी दिएर विदेश पलायन रोक्नुपर्नेमा जोड दिए । कुनै पनि काम ठूलो वा सानो नहुने बताउँदै प्रमुख प्रजापतिले श्रमको सम्मान गर्ने बानी बिकास गर्नुपर्ने बताए ।

    त्यस्तै भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले भक्तपुर नगरपालिकाले जनताको चाहना र आवश्यकताअनुसार काम गर्दै आइरहेकोजिकिर गर्दै आफूसँग भएको सीपलाई उद्यम र व्यवसायमा परिणत गर्न प्रशिक्षार्थीहरुलाई मार्गनिर्देश गरेका थिए ।

    कात्यक्रमामा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, कार्यपालिका सदस्य रोशनमैंया सुवाल र तालिमका प्रशिक्षक विष्णु श्रेष्ठ लगायतले तालिमको औचित र महत्व माथि प्रकाश पारेका थिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...