News Portal

  • सुरक्षा निकायलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ८ माघ २०८०
    ४६१ पटक
    surendra and bijay shreshthaभक्तपुर, ८ माघ २०८०

    मध्यपुर थिमि नगरपालिकाले सशस्त्र प्रहरी बलको दुवाकोटस्थित २२ नं. गण गुहेश्वरी र नेपाली सेनाको सानोथिमिस्थित भैरव वाहन गुल्मलाई विपद् व्यवस्थापन सम्बन्धी सामग्री हस्तान्तरण गरेको छ । नगरपालिकाको प्राङ्गणमा आयोजित कार्यक्रममा नगरप्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख विजयकृष्ण श्रेष्ठले सोमबार सो सामग्री हस्तान्तरण गरेका हुन् ।

    हस्तान्तरण गरिएको सामग्रीहरुमा बेल्चा, गाढा, सेफ्टी उपकरण, फायर फाइटिङ् सुट, हेल्मेट, बुट, टर्च, मास्क, सेफ्टी ग्लास, फायर स्ट्रिङ्रिसर्ट, फायर व्लांकेट, ज्याकेटफायर बल, माइक, रेनकोट, हेडलाईट लगायत छन ।

    सामग्री हस्तान्तरण गर्दै नगरप्रमुख सुरेन्द्र श्रेष्ठले सम्भावित विपद्लाई रोक्न नसकेपनि विपद्बाट हुने क्षती न्यूनीकरणका लागि सम्भव सबै उपाय अपनाउन नगरपालिका सदैव तयार रहने बताउनुभयो । उनले नगरपालिकाले हस्तान्तरण गरेका सामग्री मध्यपुर थिमिमा मात्र नभई जिल्लाका अन्य पालिकामा हुने विपद्का घटनाको न्यूनिकरणमा समेत उपयोग हुने र त्यसले क्षती न्यूनिकरणमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भविष्यमा आवश्यक सामग्री उपलब्ध गराउँदैं जाने प्रतिवद्धता समेत प्रकट गरेका छन् ।

    नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले विपदका घटनामा खोज तथा उद्धारका लागि सबैभन्दा पहिले सुरक्षा निकाय पुग्ने भएकाले यी सामग्री हस्तान्तरण गरिएको बताए । हस्तान्तरण गरिएका सामग्रीबाट सम्भावित विपद्को व्यवस्थापन गर्न मद्दत मिल्ने उनले बिश्वास व्यक्त गरेका छन् ।

    खोज तथा उद्धार सामग्री बुझ्दै सशस्त्र प्रहरी बल २२ नं. गण गुहेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक दिनेश महतले दक्ष जनशक्तिसँगै आवश्यक उपकरण भए मात्र विपदका बेला खोज तथा उद्धारको कार्य सहज हुने र विपद्का घटनाबाट हुने क्षती न्यूनिकरण गर्न सकिने बताए ।

    कार्यक्रममा भैरव वाहन गुल्मका प्रमुखले नगरपालिकाले प्रदान गरेका सामाग्रीको संरक्षणसँगै सही सदुपयोग हुने बताएका छन् भने मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत वियराज सुवेदी र वडा नं. ३ का वडाअध्यक्ष एवम् नगर प्रवक्ता कृष्णहरी आचार्यले सुरक्षा निकायसंगको सहकार्य र सहयोगलाई नगरपालिकाले निरन्तरता दिने बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...