News Portal

  • सूर्यविनायक नगर अस्पतालमा स्वास्थ्य सेवा लिदैं पूर्व प्रधानमन्त्री डा. भट्टराई

    भक्तपुर पोष्ट संवाददाता सूर्यविनायक, ८ माघ २०८०
    ८७३ पटक
    सूर्यविनायक, ८ माघ २०८०

    पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सूर्यविनायक नगर अस्पताल आएर आफ्नो स्वास्थ्य परीक्षण गराएका छन् । आफ्नो स्वास्थ्य परीक्षण गर्न उनी सोमबार जगातीस्थित सूर्यविनायक नगर अस्पताल आएका हुन् ।

    सूर्यविनायक नगर अस्पतालका मेडिकल सुपरिण्टेण्डेण्ट डा. राकेश बर्माबाट प्रोस्टेटको परीक्षण गराइरहेका उनी डा बर्माकै आग्रहमा सूर्यविनायक नगर अस्पतालमा आएका उनको सचिवालयले जनाएको छ । डा भट्टराईले अस्पतालमा प्रोस्टेटको परीक्षण गराएका छन् ।

    पूर्व मन्त्रीसमेत रहेकी पत्नी हिसिला यमीसहित अस्पतालमा सेवा लिन आएका पूर्व प्रधानमन्त्री डा भट्टराईलाई अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले स्वागत गरेका थिए । उनले भक्तपुरको प्रसिद्ध जुजु धौ खुवाएर स्वागत सत्कार गरेका थिए ।

    उक्त अवसरमा पूर्व प्रधानमन्त्री भट्टराई दम्पतीलाई अस्पतालको भौतिक अवस्था र सेवा प्रवाहको अवस्था अवलोकन गराउदै नगर प्रमुख बासुदेव थापाले अस्पताल स्थापना गर्दाको अप्ठ्यारो बिगतबारे बताए । उनले नगर अस्पताल बिकासको बर्तमान अवस्था र भावी योजना बारे पनि जानकारी गराएका छन् ।  पूर्वप्रधानमन्त्री डा. भट्टराईको सादगी र स्थानीय अस्पतालप्रतिको स्नेह देखेर मेयर थापा र अस्पताल नेतृत्व मात्र होइन, अस्पतालका स्टाफ र सेवाग्राही समेत दङ्ग परेका छन् ।

    सूर्यविनायक नगर अस्पतालको सेवा र अवस्थाबाट पूर्व प्रधानमन्त्री भट्टराई सन्तुष्ट बनेका छन् । अस्पतालको सेवाप्रति सन्तुष्टि जनाउदै उनले नियमित स्वास्थ्य परीक्षणका लागि सूर्यविनायक नगर अस्पताल आउने बताएका अस्पतालकी निर्देशक डा मोनिषा कार्कीले जानकारी गराएकी छन् । स्थानीय तहहरूले सूर्यविनायकले जसरी नै आफ्नो क्षेत्रमा शिक्षा र स्वास्थ्य लगायतका गुणस्तरीय सेवा जनतालाई उपलब्ध गराउॅदै गए देशबाट नागरिक पलायन हुने प्रवृत्ति अवश्य रोकिन सक्ने पूर्वप्रधानमन्त्री डा. भट्टराईले प्रतिक्रिया दिएका छन् । ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...