News Portal

  • पूर्वमन्त्री बस्नेतलाई ५०औं जन्मदिनमा बिरुवा उपहार

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ११ माघ २०८०
    १०२३ पटक
     भक्तपुर, ११ माघ २०८०

    पूर्व मन्त्री एवं पूर्व सांंसद महेश बस्नेतले जन्मदिनमा बिरुवा उपहार पाएका छन् । राष्ट्रका लागि दुई घण्टा अभियानले उनलाई जन्मदिनमा बिरुवा उपहार दिएको हो ।

    राधेराधेस्थित चिकेन स्टेसनमा आयोजित कार्यक्रममा प्रमुख सल्लाहकार समेत रहेका बस्नेतलाई बिरुवा उपहार दिइएपछि उनी दङ्ग परेका छन् । जन्मदिन मनाउन उनी पत्नी अम्बिका सहित चिकेन स्टेसन आएका थिए । वातावरण संरक्षणमा बस्नेतको सहयोग स्मरण गर्दै बिरुवा उपहार दिइएको अभियानका उपाध्यक्ष नरेश रन्जितले जनाएका छन् ।

    सरसफाइ, वातावरण संरक्षण र स्वच्छ वायू प्रवर्द्धनमा अभियानको भूमिकाको प्रशंसा गर्दै प्रमुख सल्लाहकार बस्नेतले अभियानलाई आफ्नो तर्फबाट सक्दो सहयोग रहने प्रतिवद्धता पनि प्रकट गरेका छन् । हनुमन्ते नदी सरसफाइ अभियानको स्मरण गर्दै उनले राजनीतिक नेता कार्यकर्ता संलग्न अभियानलाई राजनीतिसंग जोडेर मात्र हेर्नू नहुनेमा जोड दिए । सामाजिक अभियानमा समर्पित अभियन्तालाई प्रोत्साहित गर्नुपर्नेमा समाजका केही मानिसले उनीहरुको योगदानको अवमूल्यन गरि निरुत्साहित गर्नखोज्ने प्रवित्ती रहेको प्रष्ट पार्दै त्यसबाट बिचलित नभई अभियानमा थप सक्रिय रहन उनले प्रेरित समेत गरेका अभियानका उपाध्यक्ष नरेश रन्जितले जनाएका छन् ।

    पूर्व मन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका पोलिट्ब्युरो सदस्य समेत रहेका बस्नेत ५० वर्ष पुगेका छन् । जीवनको आधा भन्दा बढी उमेर राजनीतिमा समर्पण गरेका बस्नेतले बाकी जीवन पनि समाज, देश र जनताको हितका लागि समर्पित गर्ने बताएका छन् ।                                                           

    उक्त अवसरमा अभियानका अध्यक्ष मधु ढुङ्गेल, सल्लाहकार अन्जनादेवी मधिकर्मी लगायत अभियानका पदाधिकारी एवं अभियन्ताहरुको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...