News Portal

  • वाइसीएल भक्तपुरको कार्यक्रममा ५३ जनाले गरे रक्तदान

    मदन ढुंगाना / भक्तपुर पोस्ट भक्तपुर, २० माघ २०८०
    ७८० पटक
    भक्तपुर, २० माघ २०८०

    योङ कम्युनिष्ट लिग, नेपाल(वाइसीएल, नेपाल) को भक्तपुर नगर समितिद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ‘रक्तदान गरि जीवनदान गरौं’ भन्ने अपिल सहित वाइसीएलले शनिवार बिहान त:मारीमा आयोजना गरेको खुला रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

    बिहान ७ बजे देखि ११ बजेसम्म संचालित खुला रक्तदान कार्यक्रममा युवाहरुको उत्साहप्रद सहभागिता रहेको आयोजक वाइसीएल भक्तपुर नगर समितिका अध्यक्ष राज वाङ्गयोले जनाएका छन् । उक्त अवसरमा ५३ जनाले आफ्नो अमूल्य रगत दान गरेका अध्यक्ष वाङ्गयोले जानकारी गराए । महिला ११ र पुरुष ४२ गरि ५३ जनाले रक्तदान गरेका उनले बताए ।

    युवाहरुलाई समाज र मानव सेवाप्रति समर्पित गराउने उदेश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको वाइसीएल क्षेत्र नम्बर १ का संयोजक समेत रहेका युवा नेता रोशन बासुकलाले बताएका छन् । राजनीति मानव सेवाकै लागि भएको भन्दै वाइसिएलका जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य नरेश रन्जितले नगर समितिको कार्यक्रमप्रति सन्तोष ब्यक्त गरेका छन् । जिल्ला इन्चार्ज रन्जितले सबै नगर र वडा समितिले यस्तै सृजनशील कार्यक्रम मार्फत युवा गतिविधिलाई मानव सेवासंग जोड्नपर्नेमा जोड दिएका छन् ।

    रक्तदानमा सहभागिहरुलाई प्रमाणपत्र प्रदान गर्न र आयोजकलाई उत्प्रेरित गर्न वाइसीएलका केन्द्रीय इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाको प्रमुख आतिथ्यता र माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु दिलिप प्रजापति, देवेन्द्र श्रेष्ठ, डिपी ढकाल र प्रतिमा श्रेष्ठको विशेष आतिथ्यता रहेको आयोजकले जनाएको छ । कार्यक्रममा पार्टीका जिल्ला संयोजक सुनिल बासु, प्रदेश सांसद भुवनकेशरी श्रेष्ठ भावना, भक्तपुर नगर अध्यक्ष राकेस सुवाल, चाँगुनारायण नगर अध्यक्ष नरेश खड्का लगायतको पनि आतिथ्यता रहेको बिकास लाखेले बताएका छन् ।

    उक्त रक्तदान कार्यक्रममा प्राविधिक सहयोग नेपाल रेड्क्रस सोसाइटीले गरेको थियो भने आवश्यक समन्वय सामाजिक अभियन्ता नवराज काफ्लेले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...